×

NMB BANK
NIC ASIA

करको दर चुहिएको आरोपमा छानबिन गर्न अर्थमन्त्रीको चुनौती - 'राजनीति निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ'

जेठ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बजेट अगाडि कुनै व्यापारिक घरानालाई विद्युतीय सवारी साधनको कर बढाउने सूचना चुहाएको आरोप लागेपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समिति बनाएर परीक्षण गर्न चुनौती दिएका छन् । उनले व्यक्तिको निष्ठा, अर्थमन्त्रालयको व्यवसायिकता र व्यक्तिको चरित्रसँग जोडेर प्रचार गर्दा अन्याय हुने गुनासो गरे ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभामा आर्थिक विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफका क्रममा सांसदहरुले विद्युतीय गाडीमा करवृद्धिको सूचना चुहाएको आरोप लगाएपछि मन्त्री खतिवडाले समिति बनाएर छानविन गर्न चुनौती दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजनीति अलि क्रुर र निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ । संभवत इमान्दारीको परीक्षा पनि हुँदैछ, छिटा लगाउन खोजिदै छ, हाम्रो इमान्दारीमाथि । लामो सार्वजनिक जीवनमा देशको हितबाट विमुख हुने छैन,’ खतिवडाले भने ।


Advertisment
Nabil box
Kumari

केही सदस्यले आफूलाई केही व्यावसायिक घरनासँग जोडेर कुरा उठाएकोमा उनले गुनासो गरे । ‘मेरो जीवनबारे थाहा हुने साथीले पनि प्रश्न उठाउनु भयो, सायद राजनीतिक रुपमा फरक धारमा रहेर हो भन्ने ठानेको छु । म के विश्वास जनाउन चाहन्छु भने २ दशक भन्दा लामो राजनीतिक जीवनमा मुलुकको आर्थिक हितको लागि काम गर्ने हो, यो कुरा मेरो जीवनपर्यन्त रहने कुरा हो । सदनमा यो विश्वास दिलाउन चाहन्छु,’ खतिवडाले भने ।

Vianet communication
Laxmi Bank

उनले राजनीतिमा कसैले इमान्दारिता प्रदर्शन गरेर बस्न नपाउने हो भनी प्रश्न गरे । ‘करका दरबारे बहस गर्न सकिन्छ, कुन बढाउन ठीक थियो कुन थिएन भनेर । प्रत्येक करका दर समायोजन गरिँदा एउटा एउटा घरनालाई जोड्ने प्रवृत्तिले के राजनीतिमा कोही पनि स्वच्छ हुन सक्दैन ? कसैले इमान्दारीता प्रदर्शन गरेर बस्न गरेर बन पाउँदैन ?’ खतिवडाले प्रश्न गरे, ‘परीक्षा गरियोस, परीक्षण गरियोस् समिति बनाइयोस्, जाँच गरेर । विगतको इतिहास थियो, करका विवरण बाहिर जान्थे ।’

बजेटमा करको दरबारे जेठ १४ गते मात्र निर्णय हुनेबारे बुझ्न उनले आग्रह गरे । खतिवडाले जेठ १ देखि ७ गतेबीचका ७५ वटा विद्युतीय गाडी आएको र जेठ १४ गते दुईवटा मात्र गाडी नेपाल भित्रिएको बताए । ‘यसलाई व्यक्तिको निष्ठासँग, अर्थमन्त्रालयको व्यावसायिक र व्यक्तिको चरित्रसँग जोडेर व्यक्त गर्दा अन्याय होला नि,’ उनले भने ।

त्यसअघि नेमकिपा सांसद प्रेम सुवालले विद्युतीय गाडीमा भन्सार महसुल बढाउने नीति चुहिएको र अर्बौ रुपैयाँ घोटाला भएको भन्दै छानबिन हुनुपर्ने बताएका थिए । मंगलवारको बैठकमा उनले यही विषयमा अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने समेत माग गरेका थिए ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद एवं संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले बजेट अगाडी विद्युतीय गाडी भित्र्याउँदा सूचना लीक भएको बताएका आरोप लगाएका थिए ।

‘अर्थमन्त्रीको इमान्दारितामाथि प्रश्न छैन, तर प्रश्न त उठेका छन नि ! जेठअघि भन्सारबाट पेट्रोलियमका गाडी छुटेनन्, विद्युतीय गाडी छुटे । कहीं न कहींबाट लीक भएको छ,’ शाहले भने ।

कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री खतिवडाको नियतमा शंका उठेको बताएका थिए । सांसद थापाले करको विषयमा सोध्नेलाई हप्काएर नपुग्ने भन्दै चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका थिए । ‘अर्थमन्त्रीले ध्यानपूर्वक सुन्नुपर्छ, विगतमा क्षमतामा मात्र प्रश्न उठेको थियो, यो पटक नियतमा पनि प्रश्न उठेको छ । हप्काउने होइन उत्तर चाहिन्छ, चित्तबुझ्दो उत्तर चाहिन्छ,’ थापा सदनमा कड्किएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x