×

NMB BANK
NIC ASIA

क्वारेन्टीनबाट डिस्चार्ज भएर घर फर्किएका धनुषाका ७ जनामा कोरोना संक्रमण

गाउँ घरमा समेत घुलमिल भएका कारण गाउँमा त्रास

जेठ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

क्वारेन्टीनमा लामो समय  बसेर डिस्चार्ज गरेर घर पठाइएका ब्यक्तिहरूमा कोरोना पोजेटिभ पाइएको छ । धनुषाको बिदेहनगर नगरपालिकाको क्वारेन्टीनमा २६ दिन सम्म बसेका ब्यक्तिलाई घर पठाएको दुई दिन नबित्दै ७ जना ब्यक्तिहरूमा कोरोना पोजेटिभ पाइए पछि गाउँभरी त्रास फैलिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

धनुषाको बिदेहनगरपालिकाको वडा नम्बर १ ठाढी गाउँका ४ जना पुरुषहरू, वडा नम्बर ५ एकराही गाउँका १ जना पुरुष, वडा नम्बर ६ गिद्धा गाउँका १ जना पुरुष र वडा नम्बर ७ लबटोलीका १ जनामा कोरोना संक्रमण पाइएको छ । उनीहरू उक्त नगरपालिकाको वडा नम्बर ६ को तिनकौरिया चौकमा एउटा माध्यमिक बिद्यालयमा संचालित क्वारेन्टीनमा २४ देखि २६ दिन सम्म बसेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उक्त क्वारेन्टीनका संयोजक समेत रहेका स्वास्थ्यकर्मी राम सुन्दर साहका अनुसार संक्रमित ७ जना मध्ये ६ जना २६ दिन सम्म र १ जना २४ दिन सम्म क्वारेन्टीनमा बसेका थिए । भारतको दिल्ली, मुम्बई, अहमदाबाद सहित बिभिन्न शहरबाट आएकाहरू क्वारेन्टीनमा बसेका थिए । जेठ १९ गते उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । 


Advertisment
Nabil box
Kumari

‘कोरोना रोगको लक्षण नदेखिएका तथा १४ दिन भन्दा बढी समय क्वारेन्टीनमा बसेका मानिसहरूलाई डिस्चार्ज गरेर घर पठाउन संघीय सरकारको स्वास्थ्य मन्त्रालयले नै परिपत्र जारी गरेका कारण उनीहरूलाई हामीले जेठ २६ गते डिस्चार्ज गरेका थियौं,’ क्वारेन्टीन संयोजक साहले लोकान्तर सँग भने,‘तर, जेठ २८ गते उनीहरूको स्वाबको रिपोर्ट पोजेटिभ आयो । ’

Vianet communication
Laxmi Bank

उनीहरूको रिपोर्ट पोजेटिभ आए पछि जेठ २८ गते राती नै सातै जनालाई उनीहरूको घर बाट फिर्ता बोलाएर क्वारेन्टीनमा राखिएको छ । संक्रमित सातै जनालाई आइसोलेसनमा भर्ना गर्नका लागि सवारी साधन उपलब्ध नभएका कारण क्वारेन्टीनमा नै राख्नु परेको साहले बताए ।

‘हाम्रो नगरपालिकासँग एम्बुलेन्स छैन, बाहिरका कतिपय एम्बुलेन्स तथा निजी गाडीमा समेत आइसोलेसनमा पठाउनका लागि गाडी खोज्दा गाडी नै उपलब्ध हुन सकेको छैन,’ साहले भने,‘आज बिहीवार नभए नगरपालिकाको ट्याक्टरमा नै भए पनि धनुषाको सपही स्थित आइसोलेसनमा पठाउनेछौं । ’

संक्रमित भएका सातै जना डिस्चार्ज भएर गए पछि आफ्नो घर परिवारमा घुलमिल हुनुका साथै गाउँ भरी घुमफिर गर्दा धेरै मानिसहरूको सम्पर्कमा आएका कारण गाउँमा रहेका स्थानीयहरूमा त्रास बढेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x