×

NMB BANK
NIC ASIA

जान्नुहोस् कागती पानीका १२ फाइदा

जेठ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू :

Sagarmatha Cement
Muktinath Bank

अपच र कब्जियत :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु-याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।


Advertisment
Nabil box
Kumari

कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ । पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।

Vianet communication
Laxmi Bank

ज्वरो :

नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर सत्य भने अकै छ । रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् , कारण, सर्व पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।

दाँतको सुरक्षा :

कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर ख्याल गर्नुस् , कागतीमा धेरै अम्लतत्व हुने भएकाले कागतीको धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ । यस्तोमा तत्कालै सफा पानीले मुख कुल्ला गर्नुहोस् ।

कपालको सुरक्षाः

कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

पोलेको घाउमा:

पोलेको घाउमा कागती र कागतीजन्य जुनसुकै अमिलो पनि रामवाण हुन्छ । पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र विना दाग घाउ निको भएर जान्छ ।

नाथ्री फुट्दा :

पडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पु-याउँछ ।

शरीरको अनावश्यक वृद्धिमा:

यदि तपाईँको शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा सखर हालेर खानुस् । यसले तपाईँको बजन अवश्य पनि हटाउनेछ ।

हैजामा :

हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वत अत्यन्त हितकारी छ किनभने यसले रगत शुद्धिकरणमा भूमिका खेल्छ ।

पाइताला र खुट्टाको दुखाईमा

तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पु¥याउँछ ।

शरीरका गिर्खा हटाउनमा:

शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

घाँटीको खरावीमाः

कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

उच्च रक्तचापः

टुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x