×

NMB BANK
NIC ASIA

सरकारलाई डा. कोइरालाको प्रश्न : नागरिकमाथि शोषण कहिलेसम्म ?

जेठ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारको चाङमाथि उभिएको आरोप लगाएका छन् । उनले सरकारले नागरिकलाई शोषण गरिरहेको आरोप समेत लगाएका छन् । 

Muktinath Bank

शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा. कोइरालाले  सरकारले कोरोना भाइरसको परीक्षणमा प्रयोग गरिने आरडीटी र पीसीआरमा समेत भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारको चाङमाथि उभिएको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारले क्वारेन्टीनमा समेत भ्रष्टाचार गरेको भन्दै हर क्षेत्रमा भ्रष्टाचार गरेको सरकारले चार्टर फ्लाईटमा समेत भ्रष्टाचार गरेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनले पछिल्ला केही दिनमा बालुवाटार लगायत देशका मुख्य शहरहरूमा भइरहेको सरकारविरुद्धको प्रदर्शन सरकारले भ्रष्टाचार गर्दाको परिणाम भएको बताएका छन् । उनले स्वस्फूर्त आन्दोलनमा उत्रिएका युवाहरूलाई उनले बधाई समेत दिएका छन् ।

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘आरडीटी र पीसीआरमा भ्रष्टाचार, राहतमा भ्रष्टाचार, क्वारेन्टीनमा भ्रष्टाचार, चार्टर्ड फ्लाईटमा भ्रष्टाचार । यो सरकार भ्रष्टाचारको चाङमाथि उभिएको छ । त्यसैको परिणाम हो काठमाडौंको बालुवाटार लगायत देशका विभिन्न शहरमा भएको युवाहरूको प्रदर्शन । बधाई स्वतस्फूर्त प्रदर्शनमा उचिएका ती युवाहरूलाई ।’

उनले बिहीवार राती अर्को ट्वीट गरेका थिए । अर्को ट्वीटमा उनले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने बाहनामा सरकारले उनीहरूबाट दोब्बर भाडा असुली गरेको आरोप लगाए । सरकारले होटल, घरसम्म जाने र क्वारेन्टीनमा खर्च पनि नागरिक आफैंले तिर्नुपरेको भन्दै सरकारले आफ्नै नागरिकको शोषण गरेको उल्लेख गरे । 

उनले ट्वीटरमा लेखेका छन्,‘विदेशमा परिश्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने नागरिकहरूलाई चार्टड फ्लाईटमार्फत स्वदेश ल्याउने बाहनामा सरकारले उनीहरूबाट दोब्बर हवाई भाडा असुलिरहेको छ । होटल, घरसम्म जाने र क्वारेन्टीनमा खर्च पनि उनीहरूले नै तिर्नुपर्ने । आफ्नै नागरिकको चरम शोषण कहिलेसम्म सरकार ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x