×

NMB BANK
NIC ASIA

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूलाई जनस्वास्थ्य विज्ञले दिए यस्तो सुझाव

जेठ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना महामारीका बीचमा प्रदर्शनमा उत्रँदा महामारी झनै फैलन सक्ने चिन्ता व्यक्त गरेका छन् । 

Muktinath Bank

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक लेख लेख्दै उनले प्रदर्शनका कारण झन् महामारी निम्तनसक्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेरौं डा. पाण्डेको लेख:


Advertisment
Nabil box
Kumari

केहीदिन यता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

Vianet communication
Laxmi Bank

कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने आरडीटी कीट को ब्यापक दुरुपयोग गरेको तथा केही मन्त्रीको कारण कोरोना नियन्त्रण एवम्आर्थिक सुशासन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एकपटक पनि सिमाबर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एवम्अनुगमन नगरेको, जनतालाई ठोस राहत एवम्सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै बिषयमा हामी सबै असन्तुष्ट छौं ।

महामारीको बेलामा नेपालजस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा भोलेन्टियर भएर देशको लागि योगदान गर्ने बेलामा केहीव्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य छ ।

अहिले कोरोना संक्रमणको महामारी चलेको छ ।

यो समयमा निम्न लिखित कुरामा हामीले ध्यान दिएनौं भने महामारी झनै बढ्ने खतरा रहन्छ: 

– भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए ।अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ ।जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ । महाराष्ट्रमा हिजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो ।त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन् ।

– स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहीहप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो ।

– ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ ।ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।

– जुलुसमा सामाजिक दुरी कायम नहुने, मास्कको प्रयोग सहि तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने / स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ ।

– अध्ययनले देखाएको छ कि बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ ।

– त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ ।

– सहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समुहमा संक्रमण सर्यो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ ।

– यो महामारीको समयमा गर्ने बिरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं । सामाजिक संजाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामुहिक बिरोध हुँदा बिगतमा धेरै मन्त्रीले राजीनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ ।

– सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्यब्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाइ इमान्दरपूर्वक ब्यबहारमा देखाउन सक्नु पर्दछ । कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ ।

– यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मिडिया एकताबद्ध भएर महामारीसंग जुध्नुको बिकल्प छैन ।

देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरी सम्बोधन गरोस् । सरकारले सबै नागरिकको अभिभावक भएको कर्तब्य पालना गरोस् । त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ ।
संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x