गृह मन्त्रालयको चेतावनीका बीच काठमाडौंमा शुक्रवार पनि युवाहरूको प्रदर्शन

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न सरकारले गरेको आग्रहविपरीत काठमाडौंमा युवाहरूले शुक्रवार पनि प्रदर्शन गरेका छन् ।

कोरोना रोगथाम प्रयासमा सरकारले गरेका काम प्रभावकारी नभएको भन्दै काठमाडौंमा युवाहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् । 


Advertisement

शुक्रवार युवाहरूले काठमाडौंको वसन्तपुरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले कोरोना रोग नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने, आरडीटी टेष्ट बन्द गरी पीसीआर गर्नुपर्ने, बन्दाबन्दीमा सरकारले राहत दिनुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 


Advertisement

स्वतस्फुर्त रूपमा युवा भेला भएर गरिएको प्रदर्शन शुक्रवार काठमाडौंका अन्य स्थान र देशका विभिन्न ठाउँमा पनि हुने युवाहरूले बताएका छन् ।

लकडाउन उल्लंघन गर्दै सरकारविरुद्ध प्रदर्शन भएपछि गृह मन्त्रालयले बिहीवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन शान्तिपूर्ण धर्नामा धेरै व्यक्तिलाई सहभागी गराउने, ज्ञापनपत्र दिन जाने जस्ता कामको नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रूपमा बन्दाबन्दीको आदेशको अवहेलना हुनेगरी देखिएको प्रवृत्तिप्रति मन्त्रालययको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्