पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपालका भूभागहरूमा कब्जा जमाएको भारत आफैंले चाहिँ लद्दाख क्षेत्रका भूभागहरू चीनसमक्ष गुमाएको देखिएको छ ।
एक महिनाअघि (मे ५ र ६ को रात) चीन र भारतका सैनिकहरूबीच लद्दाखको पांगोङ त्सो (ताल) क्षेत्रमा झडप भएको खबर आएदेखि नै दुई देशको ताजा सीमाविवादका विषयमा संसारले थाहा पाएको हो । पांगोङ त्सोलाई बलिउडको सर्वाधिक सफल फिल्म थ्री इडियट्सले संसारभरि चिनाएको हो ।
फिल्मको अन्तिम सिक्वेन्समा तालको पश्चिम कुना देखिएको छ । उक्त ताल सुन्दर मात्र नभई रणनीतिक रुपमा पनि महत्त्वपूर्ण क्षेत्र हो । भारतीय सेनाले मे १० मा आधिकारिक बयान प्रकाशन गरेर दुई देशका सैनिकबीच त्यहाँ भिडन्त भएको स्वीकार गरेको थियो ।
चिनियाँ सैनिकहरू लद्दाखका दौलत बेग ओल्डी, गलवान उपत्यका, पांगोङ ताल (, र सिक्किमको नाकु ला भन्ने ठाउँमा भारतीय सैनिकहरूसँग भिडेका छन् । तीमध्ये गलवान उपत्यकामा चिनियाँ सेनाको उपस्थिति भारतका लागि टाउकोदुखाइ साबित भएको छ ।
यससँगै दुवै देशले भारी संख्यामा सैनिक तथा हातहतियार पनि सीमामा तैनाथ गरेका छन् । भारतसँगको सम्भावित युद्धलाई मद्देनजर गर्दै चिनियाँ सेनाले कठोर युद्धाभ्यास समेत गरेको छ ।
भारत र चीनबीच रहेको ४ हजार ५७ किलोमिटर लामो सीमा अझै पनि विवादित छ । वास्तविक नियन्त्रण रेखा भनेर दुई देशबीचको सीमा छुट्ट्याइएकोमा विभिन्न क्षेत्रमा कसको आधिपत्य रहने भनी सहमति नबन्दा विवाद उठ्ने गरेको हो । दुवै पक्षका सैनिकहरू गश्ती गर्ने क्रममा सीमा नाघेर जाने गरेकाले विवाद हुने गरेका छन् ।
त्यही सीमाविवादका कारण भारत र चीनले सन् १९६२ मा युद्ध पनि गरेका थिए जसमा भारतको बेइज्जतीपूर्ण हार भएको थियो । त्यसपछि पनि यदाकदा विवादहरू उठेका भए पनि तिनलाई कन्फिडेन्स बिल्डिङ मेजरमार्फत समाधान गरिएको थियो । सन् २०१७ मा सिक्किमको दोक्लममा ७० दिनभन्दा बढी भारत र चीनका सैनिकबीच आमनेसामनेको स्थिति बनेको थियो तर पछि वार्ताबाट त्यसलाई समाधान गरियो ।
तर यसपालि गश्ती गर्ने क्रममा भारतको भूभागमा आइपुगेका चिनियाँ सैनिकले त्यहाँ नियन्त्रण कायम गरेर पछि नहट्ने संकल्प लिएको देखिन्छ । भारतीय सैनिकहरूको उपस्थिति उक्त क्षेत्रमा नदेखिएपछि चीनले त्यहाँ पक्की संरचना नै बनाइसकेको छ ।
चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखको पांगोङ त्सो क्षेत्रमा भारतीय सैनिकसँग भिड्दा काठको मुंग्रोमा उल्टोपट्टिबाट कीला खोपेर घातक हतियार बनाएको अनि त्यसैले हानेर भारतीय सेनाका एक कर्नेल र एक मेजरलाई रक्ताम्मे बनाएको समेत सूचना छ । तर यो खबर मूलधारे सञ्चारमाध्यममा आएन र भारत सरकार तथा भारतीय सेनाले पनि भिडन्तको गम्भीरतालाई दबाउन खोज्यो । भिडन्तका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि भारतीय सेनाले त्यसको निन्दा गर्दै वक्तव्य समेत निकाल्यो ।
अझ भारतीय सेनाको पूर्वी कमान्डका प्रवक्ताले दुई देशबीचको सीमाविवाद समाधान नभइसकेकाले अस्थायी तथा अल्पकालीन गतिरोधहरू भइरहने गरेको भन्दै यसलाई कम महत्त्व दिन खोजेको जस्तो गरे । अनि भारतको विदेश मन्त्रालयले लद्दाखमा भारतको गश्तीलाई चिनियाँ जनमुक्ति सेनाले अवरोध गरेको तर यस्ता विवाद समाधानका लागि संयन्त्रहरू गठन गरिएको तथा शान्तिपूर्ण वार्ता नै विकल्प भएको बयान निकाल्यो ।
त्यसैअनुसार दुई पक्षका सेनाबीच यसबीचमा दुईपटक वार्ता भइसकेको छ । शनिवार पहिलो चरणमा अनि बुधवार दोस्रो चरणमा भएका वार्ता ठोस निष्कर्षमा नपुगी टुंगिएका छन् किनकि चीनले आफ्नो अडान नछोडेको बुझिएको छ । भारत सरकारले सार्वजनिक नगरेको भए पनि भारतको ४० देखि ६० वर्गकिलोमिटर क्षेत्रमा चीनले कब्जा जमाइसकेको विभिन्न स्रोतहरूले देखाएका छन् । चीनले अक्साई चीनमा सैन्य गतिविधिहरू गर्दा भारतीय सेनाले गश्ती गर्ने गरेकोमा यसपालि कोभिड–१९ ले ल्याएको अस्तव्यस्तताका कारण त्यहाँ ध्यान दिन नपाएको र चीनले त्यही अवसर छोपेर संरचना बनाएको बताइएको छ ।
चीनले अहिले आएर भारतको भूभाग नियन्त्रण गर्नुमा पोहोर साल विकसित घटनाक्रम जिम्मेवार छ । भारतले जम्मु–कश्मीरको विशेष राज्यको हैसियत खोसेर त्यसलाई अनि लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएपछि चीन क्रुद्ध बनेको थियो । यसबाट अति उत्साहित भएको भारतले चिनियाँ भूभाग अक्साई चीन पनि आफूहरूको नियन्त्रणमा अनि पाकिस्तानअधीनस्थ गिलगिट बाल्टिस्तान पनि आफ्नो अधीनमा ल्याउने कुरा गरेपछि चीन झनै झस्किएको हो ।
गिल्गिट बाल्टिस्तान भनेको चीनको पेटी सडक पहलको महत्त्वपूर्ण अवयव चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) मा पर्ने क्षेत्र हो । उक्त मार्ग भएर चीनले पाकिस्तानको ग्वादर बन्दरगाहमा पुग्ने बाटो बनाउन खोजिरहेको छ ताकि हिन्द महासागरमा उसको पहुँच निर्बाध रहोस् । भारतले सीपीईसीमा बाधा पुर्याउन सक्ने डर चीनलाई छ ।
भारतीय सेनाले सामरिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यका हुँदै सबै मौसममा गाडी चलाउन मिल्ने २५५ किलोमिटको सडक बनाएको छ जसले लद्दाखको राजधानी लेहबाट रणनीतिक महत्त्व बोकेको (चीनसँगको सीमामा रहेको) काराकोरम पास लाई जोड्छ । त्यही काराकोरम पासको फेदमा भारतको अन्तिम आउटपोस्ट सब सेक्टर नर्थ रहेको छ ।
भारतले त्यसै बाटोमा पर्ने श्योक नदीमा कर्नेल चेवाङ रिन्चेन पुल बनाएको छ । उक्त सडक र पुलले तिब्बतलाई सिनजियाङसँग जोड्ने वेस्टर्न हाइवे र सीपीईसीलाई अप्ठ्यारो पार्ने भन्दै चीनले घनघोर आपत्ति जनाउँदै आएको छ । हालैका वार्तामा चीनले गलवान उपत्यकाका विषयमा कुनै सम्झौता नहुने बताएको छ र उक्त पुल भत्काउन भनेको छ ।
गलवान नदी उपत्यकामा संरचना बनाउँदा चीनलाई भारतीय सेनामाथि निगरानी राख्न सहज हुने देखिन्छ । माथि उल्लेखित सडकमा भारतीय सेनाले गर्ने आवागमनमा चिनियाँ सेनाले गलवान उपत्यकाबाटै नजर राख्न सक्छ । अझ अप्ठ्यारो स्थिति आयो भने उसले सब सेक्टर नर्थ पुग्नबाट नै भारतलाई वञ्चित गराउन सक्छ । त्यस्तो अवस्थामा भारत उत्तरी लद्दाखबाट सम्पर्क विच्छेद हुने स्थितिमा पुग्छ । त्यसैले चीन गलवानलाई कुनै हालतमा पनि गुमाउन चाहँदैन । त्यसो त चीनले गलवान उपत्यका पहिलेदेखि नै आफ्नो भूभाग रहेको बताएको छ ।
सबभन्दा अचम्मको कुरा त भारतले रणनीतिक रूपमा महत्त्वपूर्ण सडक बनाइसकेपछि गलवान उपत्यकामा सैनिक पोस्ट बनाएन जसले गर्दा चिनियाँहरू त्यहाँ आएर संरचना बनाउन सफल भए ।
यसरी काराकोरम रेन्जमा भारतको पहुँच रोकेर त्यसमा आफ्नो नियन्त्रण कायम गरेपछि चीनले ताशकरगन जंक्सनको सुरक्षा हुने बुझेको छ । त्यो जंक्सनमा सीपीईसी चीनको अक्साई चीनबाट पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रवेश गर्छ । यसो हुँदा उक्त क्षेत्रमा भारतले सीपीईसीका गतिविधिको निगरानी गर्न पाउँदैन । सीपीईसी विवादित क्षेत्र भएर जान्छ भन्ने कुराले गर्दा नै भारत अहिलेसम्म चीनको पेटी सडक पहलमा समावेश हुन अनिच्छुक रहेको हो ।
यस विवादमा चीन आफ्नो अडानमा कायम रहँदा भारतले उसलाई लचिलो बनाउन सक्ने देखिएको छैन । चीनलाई डेग हल्लाउन सकिँदैन भन्ने थाहा पाएरै मोदी सरकार अहिले सीमाविवादका विषयमा कडाकडा कुरा गरिरहेको छैन र आफ्नो भूभाग नमिचिएको अड्डी लिइरहेको छ । विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मोदीलाई यस विषयमा निरन्तर प्रहार गरिरहेका छन् तर सरकारका तर्फबाट चित्तबुझ्दो जवाफ आइरहेको छैन ।
त्यसो त भारतले चीनसँग कूटनीतिक, राजनीतिक र सैनिक स्तरमा वार्ता गरिरहेको छ तर सैन्य स्तरको वार्तालाई मात्र मिडियामा हाइलाइट गरिरहेको छ ताकि वार्ता विफल भएमा सेनामाथि त्यसको दोष थोपर्न सकियोस् । चीनले संरचना बनाएको थाहा नपाएको भन्दै लेह कमान्डका सैन्य कमान्डरहरूलाई बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढाइएको बुझिन्छ । यसरी सामरिक तथा रणनीतिक चतुर्याइँ प्रदर्शन गर्न नसकेकाले भारतले महत्त्वपूर्ण भूभाग गुमाएको देखिन्छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...