पछाडि यात्रु बोक्ने मोटरसाइकलसहित १ हजार ६ सवारी साधन कारवाहीमा, निर्णय पुनर्विचार गर्न ट्राफिक प्रहरीको अनुरोध

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

२ पाङ्ग्रे सवारी साधनमा एकजना मात्र यात्रा गर्न पाउने निर्णय व्यावहारिक नभएको भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यलयले सरकारलाई यो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण देशमा लकडानको अवस्थालाई विस्तारै खुकुले बनाउँदै लैजाने सरकारको नीतिअन्तर्गत आज (शुक्रवार)देखि सरकारले जोरबिजोर प्रणाली लागू गरेसँगै २ पांग्रे सवारी साधनमा एकजना मात्र चढ्न पाउने निर्णय गरेको थियो । 


Advertisement

‘हामीले २ पांग्रे सवारी साधनमा १ जना मात्र सवार गर्नुपर्ने निर्णय व्यवहारिक देखिँदैन भनेर यसलाई पुनर्विचार गरियोस् भनेर सम्बन्धित निकायलाई अनुरोध गरेका छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले भने ।

२ पांग्रेमा १ जना मात्र चढ्न पाउने भनी सरकारले गरेको निर्णयको अहिले सवत्र विरोध भइरहेको छ ।


Advertisement

आज मात्रै महानगरीय ट्राफिक प्रहरीले १ हजार ६ जनालाई कारवाही गरेको छ । ४ सय ६७ वटा दुईपांग्रे र ५ सय ३९ वटा ४ पांग्रे सवारी साधन कारवाहीमा परेको महानगरीय ट्राफिक कार्यलयका प्रमुख एसएसपी ढकालले लोकान्तरलाई जानकारी दिए ।

ट्राफिक प्रहरीले २ पांग्रेमा १ भन्दा बढी र चार पांग्रेमा चालकबाहेक २ भन्दा बढी चढ्ने, जोरबिजोर उल्लंघन गर्नेलाई कारवाही गरेको ढकालले बताए ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्