माइतीघर आन्दोलनबाट अमेरिकन र चिनियाँसहित ५ जना पक्राउ, विदेशी घुसपैठ भएको दाबी

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

फाइल फोटो

कोरोना भाइरस संक्रमण रोकथाममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकारविरुद्ध शनिवार माइतीघर मण्डलामा भइरहेको आन्दोलनबाट ५ जना विदेशी पक्राउ परेका छन् ।

विदेशीको उक्साहटमा सरकारविरुद्ध प्रदर्शन भइरहेको ठहर गर्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । केही दिनदेखि काठमाडौंसहित विभिन्न शहरमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।


Advertisement

प्रदर्शनमा सहभागी अस्ट्रेलियन, अमेरिकी, चिनियाँ, नर्बेजियन र क्यानेडियन नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

‘अर्काको देशमा आएर राजनीति गर्नेहरूलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ फेसबूक ग्रूपमा सक्रिय युवाहरूको आह्वानमा शनिवार पनि काठमाडौंमा प्रदर्शन भइरहेको छ ।


Advertisement

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्