कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ ।
त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण थियो, तपाईं कति चिन्तित हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रण छ भन्ने थाहा लाग्छ ।
तपाईं अडैल हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपनामा रम्नुहुन्छ कि आफूलाई नै आलोचना गर्ने खालको हुनुहुन्छ भन्ने कुरा पनि सुताईको पोजिसनले खोल्छ ।
धेरैजसो मान्छे छातीमा घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् ।
यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् ।
कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ ।
अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् ।
अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू ।
अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् ।
अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...