×

NMB BANK
NIC ASIA

जनकपुरमा कोरोना रोकथाम गर्न ३ करोड खर्च, खरिदैपिच्छे अनियमितताको गन्ध

जेठ ३२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम उपमहानगरपालिकाले लकडाउन अवधिमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा ३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ । स्वास्थ्य सामग्री, औषधि खरिद, राहत वितरण तथा क्वारेन्टीन व्यवस्थापनमा रकम खर्च गरिएको छ । 

Muktinath Bank

उपमहानगरपालिकाका लेखा अधिकृत अशेश्वर महासेठले उपलब्ध गराएको खर्च विवरण अनुसार राहत वितरणमा १ करोड ९६ लाख २३ हजार १५० रुपैयाँ खर्च भएको छ । स्वास्थ्य सामग्री तथा औषधि खरिदमा ४२  लाख ४ हजार ५९४ रुपैयाँ खर्च भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘औषधि उपकरणमा त्यसभन्दा बढी नै खर्च भएको छ,’ लेखा अधिकृत महासेठले भने, ‘खरिद गरिएका अन्य थप सामग्रीको भुक्तानीका लागि बिल आउन बाँकी रहेकाले कतिपय खर्च रकम छुट्याउन बाँकी छ ।’


Advertisment
Nabil box
Kumari

उपमहानगरले बजार भाउभन्दा बढी मूल्यमा स्वास्थ्य सामग्री तथा औषधि र उपकरण खरिद गरेर अनियमितता गरेको छ । विभिन्न मितिमा आपूर्तिकर्ताबाट फरक–फरक दरमा ती सामग्री खरिद गरिएको छ । ४ हजारदेखि ४ हजार ५०० रुपैयाँमा जनकपुरको बजारमा उपलब्ध रहेको थर्मल गन ८ हजार रुपैयाँको दरमा खरिद गरिएको छ । ४ देखि ५ रुपैयाँमा बजारमा उपलब्ध रहेको सर्जिकल मास्क उपमहानगरले १० रुपैयाँको दरमा किनेको छ । 

Vianet communication
Laxmi Bank

बजारमा २०० देखि २५० रुपैयाँमा उपलब्ध हुने केएन ९५ मास्क ५३५ रुपैयाँको दरमा खरिद गरेर अनियमितता गरिएको छ । पीपीई, सडकको सतह स्यानिटाइज गर्ने सामग्री, ह्यान्ड स्यानिटाइजर लगायत विभिन्न उपकरण खरिद गर्दा बजारको दरभाउभन्दा धेरै नै बढी मूल्यमा खरिद गरेर अनियमितता गरिएको छ ।

कहाँ–कहाँ भयो अनियमितता ?

वैशाख १४ गते काठमाडौंको टुरु डर्मा प्रालिबाट उपमहानगरले सडक तथा बाटोमा छर्किने स्यानिटाइजर ‘फेमिगेसन’ ५ हजार ५०० रुपैयाँ प्रतिलिटरको दरमा ११० लिटर स्यानिटाइजर ६ लाख ५ हजार रुपैयाँमा किनेको थियो । प्रालिबाट नै ५ हजार ५०० रुपैयाँको दरमा २५ थान पर्सनल प्रोटेक्सन ईक्विपमेन्ट (पीपीई) १ लाख २५ हजार रुपैयाँमा किनेको थियो ।

उपमहानगरले ५०० मिलिलिटरको स्यानिटाइजर प्रतिबोतल १ हजार ५०० रुपैयाँको दरले १२५ बोतल स्यानिटाइजर १ लाख ८७ हजार ५०० रुपैयाँमा किनेको थियो । १५ रुपैयाँको दरमा २ हजार साधारण सर्जिकल मास्क ३ लाख रुपैयाँमा किनेको छ ।

वैशाख ४ गते स्वस्तिका सप्लायर्स जनकपुरबाट ५०० रुपैयाँको दरले २ प्याक ग्लोभ्स १ हजार रुपैयाँमा किनेको छ । १ सेट पीपीई ६ हजार रुपैयाँमा, ५०० रुपैयाँको ग्लिसिरिनसहित ७ हजार ५०० रुपैयाँको सामान सप्लायर्सबाट खरिद गरिएको छ ।

चैत्र १० गते उपमहानगरले जनकपुरकै हरिओम इन्टरप्राइजेजबाट २२ हजार २५० रुपैयाँको सामान खरिद गरेको छ । ५ हजार ५०० रुपैयाँको १ किट, ३५० रुपैयाँ प्रतिप्याक पर्ने ५ प्याक ग्लोभ्स १ हजार ७५० रुपैयाँ, १० रुपैयाँको दरमा १०० थान ओटी क्याप १ हजार रुपैयाँ र ७ हजारको दरमा २ थान थर्मल गन १४ हजार रुपैयाँमा खरिद गरिएको छ ।

फेरि हरिओम इन्टरप्राइजेजबाट ३५० रुपैयाँको दरमा ४ प्याकेट ग्लोभ्स १ हजार ४०० रुपैयाँ र ओटी क्याप १० रुपैयाँको दरले ३०० थान ३ हजार रुपैयाँमा गरेर ४ हजार ४०० रुपैयाँका सामान उपमहानगरले किनेको छ ।

चितवनको संस्थाबाट २६ लाखभन्दा बढी सामानको खरिदमा अनियमितता

उपमहानगरले वैशाख ३१ गते चितवनको भरतपुरस्थित कृतवी इन्टरप्राइजेजबाट विभिन्न १८ वटा आइटमका सामान २६ लाख ६७ हजार ३१४ रुपैयाँमा खरिद गरेको छ । ७ रुपैयाँको दरले ७०० थान सर्जिकल ग्लोभ्स ४ हजार ९०० रुपैयाँ, १० रुपैयाँको दरले सर्जिकल मास्क ५०० थान ५ हजार रुपैयाँ, ८ हजार रुपैयाँको दरले २० थान थर्मल गन १ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको छ ।

केएन ९५ मास्क प्रतिमास्क ५३५ रुपैयाँको दरले ३०० थान मास्क १ लाख ६० हजार ५०० रुपैयाँमा खरिद गरिएको छ तर एन ९५ मास्क भनिएको भए पनि केएन ९५ मास्क नै आपूर्तिकर्ताले उपलब्ध गराएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख मुन्द्रिका ठाकुरले बताए । 

इन्टरप्राइजेजबाट ३ मोडलको पीपीई फरक–फरक दरमा उपमहानगरले किनेको छ । ‘पीपीई मोडल ए’ ४ हजार ९०० रुपैयाँका दरले ५० थान २ लाख ४५ हजार रुपैयाँमा किनेको छ । दोस्रो मोडलको ‘पीपीई मोडेल बी’ ३ हजार ५०० रुपैयाँको दरमा १०० थान पीपीई ३ लाख ५० हजार रुपैयाँमा किनिएको छ । पीपीईको तेस्रो मोडेल ‘पीपीई मोडेल सी’ १ हजार ९०० रुपैयाँको दरमा ५० थान पीपीई ९५ हजार रुपैयाँमा खरिद गरिएको छ ।

टोटासेफ–१ जिट ४ हजार ९०० रुपैयाँ प्रतिलिटरको दरमा २०० लिटर ९ लाख रुपैयाँमा उपमहानगरले खरिद गरेको छ । ३५० रुपैयाँको प्रतिलिटरको दरले ५०० लिटर सोडियम हायड्रोक्लोराइड १ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको छ । २९० रुपैयाँ प्रतिकिलोग्रामका दरले २०० किलोग्राम भाइरेक्स ५८ हजार रुपैयाँमा खरिद गरिएको छ । टोटासेफ, सोडियम हाइड्रोक्लोराइड र भाइरेक्स सहितका औषधि सडकको सतहलाई स्यानिटाइज गर्नका लागि किनिएको उपमहानगरका स्वास्थ्य प्रमुख ठाकुरले बताए ।

५०० मिलिलिटर प्रतिबोतल ८४५ रुपैयाँको दरले १ लाख ६९ हजार रुपैयाँमा ह्यान्ड स्यानिटाइजर खरिद गरेको छ । १०० मिलिलिटरको प्रतिबोतल १२२ रुपैयाँका दरले ४०० बोतल ४ लाख ८८ हजार १ रुपैयाँमा खरिद गरेको छ । २५ लाख ४० हजार ३९० रुपैयाँको सामान भ्याटसहित २६ लाख ६७ हजार ३१४ रुपैयाँमा भुक्तानी गरिएको छ ।

उपमहानगरले महासेठ कन्सट्रक्सन सप्लायर्स काठमाडौंबाट ४ लाख ३७ हजार २८० रुपैयाँमा स्प्रे मोटर खरिद गरेको लेखा अधिकृत महासेठले बताए । जनस्वास्थ्य शाखा प्रमुख ठाकुरका अनुसार जनकपुरकै मनकामना सिलाई उद्योगबाट कपडाको मास्क समेत सिलाएर किनिएको छ ।

प्रतिमास्क १७ रुपैयाँको दरले २ हजार थान कपडाको मास्क ३४ हजार रुपैयाँमा खरिद गरिएको उनले बताए । त्यसबाहेक पनि स्वास्थ्य शाखाले ग्लोभ्स, मास्क सहितका सामान पटक–पटक जनकपुरको स्थानीय पसलबाट विभिन्न मितिमा विभिन्न दरमा खरिद गरिएको भए पनि अहिले ती सामानको बिल तथा दररेट आफूसँग नभएको ठाकुरले बताए ।

‘खरिद गरिएका ग्लोभ्स, कपडाको मास्क तथा सर्जिकल मास्कहरू जनकपुरका २५ वटा वडामा वितरणका लागि वडाध्यक्षहरूले लैजानुभयो,’ ठाकुरले भने, ‘अब हामीसँग स्टकमा न त ग्लोभ्स छ, न त मास्क नै ।’ ती सामान फेरि खरिद गर्नुपर्ने उनले बताए । खरिद गरिएको केएन ९५ मास्क उपमहानगरका पदाधिकारीदेखि कर्मचारी र स्वास्थ्यकर्मीले प्रयोग गरेको उनले बताए । ‘सफा गरेर पुनः प्रयोगमा ल्याउने खालको २५० थान पीपीई खरिद गरिएको थियो,’ ठाकुरले भने, ‘पीपीई उपमहानगरमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा क्वारेन्टीनमा काम गर्ने स्वास्थ्यकर्मीदेखि सफाईकर्मीलाई प्रयोग गर्नका लागि दिएका छौं ।’

उपहानगरले २० थर्मल गण खरिद गरिएकोमा मातहत रहेका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, क्वारेन्टीन र उपमहानगरको गेटमा प्रयोग भएको उनले बताए । कोरोनाविरुद्ध जनचेतना जगाउनका लागि पर्चा, पम्पलेट सहितमा १ लाख ६५ हजार ९६७ रुपैयाँ खर्च भएको लेखा अधिकृत महासेठले बताए । 

जनकपुरधाम उपमहानगरपालिकाको गोपाल धर्मशालामा जेठ २ गतेदेखि क्वारेन्टीन सञ्चालनमा छ । प्रतिव्यक्ति प्रतिदिन ४०० रुपैयाँका दरले २ पटक खाना र २ पटक खाजा दिनका लागि स्थानीय सुबोध झालाई जिम्मा दिइएको उनले बताए । २ लाख ५८ हजार ५३८ रुपैयाँ उनलाई हालसम्म भुक्तानी गरिएको भए पनि अरु थप बिल आउन बाँकी रहेको उनी बताउँछन् ।

क्वारेन्टीनको व्यवस्थापनका लागि धेरै सामान किनिएको छ । तन्ना, तौलिया, इलेक्ट्रिक जग, ब्रस, पेस्टसहित विभिन्न सामान किनिएको छ । जेठ १८ गते ती सामानको लागि ३ लाख ५ हजार ९२६ रुपैयाँ आपूर्तिकर्तालाई भुक्तानी गरिएको भए पनि थप सामानको बिल आउन बाँकी नै रहेकाले भुक्तानी नगरिएको लेखा अधिकृत महासेठले बताए । 

‘जनकपुरधाम उपमहानगरका विभिन्न वडामा समेत वडाध्यक्षले क्वारेन्टीन सञ्चालन गरेको हुनाले ती क्वारेन्टीनको समेत बिल भुक्तानीका लागि नआएको कारण क्वारेन्टीनमा कति खर्च भयो भनेर भन्न सक्ने अवस्था छैन,’ लेखा अधिकृत महासेठले भने, ‘फेरि क्वारेन्टीन त अहिले चालू अवस्थामा नै रहेकाले कति रकम खर्च हुने भन्ने कुराको यकिन भएन ।’

राहत वितरणमा २ करोड खर्च, चामल खरिदमा अनियमितता

जनकपुरधाम उपमहानगरले लकडाउनमा प्रभावितको राहत वितरणमा २ करोड रुपैयाँको हाराहारीमा खर्च गरेको छ । १६ हजार ६८९ जना व्यक्तिलाई राहत वितरण गरिएको लेखाफाँटमा रहेको अभिलेखमा उल्लेख छ । कोरोनाबाट प्रभावित भएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक मजदुरदेखि विपन्न, दलित, असहायका लागि राहत वितरण गर्न प्रदेश सरकारले दिएको २० लाख रुपैयाँले केही नहुने भएपछि उपमहानगरले आफ्नै विपद् कोषको रकमबाट राहत सामग्री खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीले बताए । 

१५ किलोग्राम चामल, १ किलो नून, १ किलो तेल, साबुन सहितका सामान, दाल र आलूका लागि नगद ३०० रुपैयाँ प्रतिपरिवार वितरण गरिएको उनले बताए । राहत वितरणका लागि २ लाख ५९ हजार ७२५ किलो चामल खरिद गरिएको छ । ४२ रुपैयाँ प्रतिकिलोग्राम सोना मन्सुली चामल खरिद गरिएको छ । एउटा मात्रै आपूर्तिकर्ताले आवश्यक सबै चामल आपूर्ति गर्न नसक्ने भएपछि सुनसरीका ३ वटा आपूर्तिकर्ताबाट चामल खरिद गरिएको रेग्मीले बताए । 

सुनसरीको गिरधारी फूड इन्डस्ट्रिज दुहबीबाट ४७ लाख २९ हजार ४१० रुपैयाँमा १ लाख १२ हजार ६०५ किलो चामल, इटहरीको स्वस्तिक खाद्य उद्योगबाट ४४ लाख ७३ हजार रुपैयाँमा १ लाख ६ हजार ५०० किलो चामल, सुनसरीकै सिमरियाको गीताञ्जली सेलर राइस मिलबाट १७ लाख ६ हजार ४० रुपैयाँमा ४० हजार ६२० किलो चामल खरिद गरिएको छ ।

३९ देखि ४० रुपैयाँ प्रतिकिलो सोना मन्सुलीको चामल जनकपुरको बजारमा त्यतिबेला उपलब्ध भए पनि उपमहानगरले ४२ रुपैयाँको दरमा सुनसरीबाट चामल खरिद गरेको थियो । २ लाख ५९ हजार ७२५ किलो चामल खरिद गरिएको हुँदा २ रुपैयाँ पनि बढी मूल्य भए पछि ५ लाख १९ हजार ४५० रुपैयाँ बढी खर्च भएको देखिन्छ ।

जनकपुरका खाद्य संस्थामा पर्याप्त परिणाममा चामल नरहेको र लहानको खाद्य संस्थानमा चामल भए पनि १ वर्ष पुरानो चामल रहेको भनेपछि गुणस्तरको कुरा उठ्ने हुँदाले ३ दिने सूचना गरेर सुनसरीका आपूर्तिकर्तासँग चामल खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।

‘जनकपुर उद्योग वाणिज्य संघसँग समेत रेट बुझ्दा तथा अन्य पालिकासँग समेत रेट बुझ्दा त्यतिबेला ४२ रुपैयाँ नै दर रहेको पाए पछि हामीले चामल ४२ रुपैयाँमा किनेका थियौं,’ रेग्मीले भने, ‘फेरि ती आपूर्तिकर्ताले १५ किलोग्राम चामलको एउटा प्याकेट नै बनाएर दिएका कारण पनि हामीले उनीहरूसँग किनेका थियौं ।’ ढुवानीबापत अतिरिक्त रकम दिइएको उनले बताए । १ करोड ९ लाख ८ हजार ४५० रुपैयाँको चामल नै खरिद गरिएको थियो ।

उपमहानगरले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जनकपुरबाट १८.५० रुपैयाँ प्रतिकिलो आयो नून किनेको छ । १८ हजार किलो नून ३ लाख ३३ हजार रुपैयाँमा खरिद गरेको छ । मोरङ कटहरीको बागमती आयल इन्डस्ट्रिजबाट १५.७५ रुपैयाँ प्रतिलिटरको दरले १८ हजार लिटर सनफ्लावर तेल २८ लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको छ ।

साह जनरल स्टोर्स जनकपुरबाट उपमहानगरले १५ रुपैयाँ प्रतिथान ५० ग्रामको लाइफ ब्वाय साबुन ३६ हजार थान ५ लाख ४० हजार रुपैयाँमा किनेको छ । १ करोड ४६ लाख १६ हजार ४५० रुपैयाँमा ती सबै खाद्यान्न सामग्रीसहित सरसफाइका सामान खरिद गरिएको छ ।

उपमहानगरले १६ हजार ६८९ जनालाई जनही नगद ३०० रुपैयाँ समेत वितरण गरेकाले ५० लाख ६ हजार ७०० रुपैयाँ नगद समेत दाल र आलुबापत दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x