कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कोरोनाभाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्छ र श्वासनली वा फोक्सोभित्र गएर बस्न थाल्छ ।
भाइरसले बिस्तारै बिस्तारै कोशिकाहरूलाई हाइज्याक गर्न थाल्छ र कोशिकालाई मारिदिन्छ । त्यसपछि भाइरसले एक मानिसबाट अर्कोमा फैलिने क्षमता पनि विकसित गर्छ ।
भाइरसले थुप्रै कोशिकाहरूलाई सिध्याएपछि त्यसविरुद्ध लड्न शरीरको इम्युन सिस्टम सक्रिय हुन्छ । अनि अलिक पोलेको जस्तो लाग्न थाल्छ । फोक्सोभित्रका नलीहरूमा तरल पदार्थ जम्न थाल्छ र त्यसैले सुक्खा खोकी र सास फेर्न समस्या गराउँछ ।
गम्भीर संक्रमण भएमा फोक्सो पोल्न थाल्छ र साइटोकाइन स्टोर्मको स्थिति बन्छ । सार्स तथा मर्स महामारीमा पनि यही लक्षण देखिएको थियो ।
फोक्सोका नलीहरू यस भाइरसका कारण ध्वस्त भएपछि रोगीलाई भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर स्थिति हुँदा शरीरका अंगहरू विफल हुन थाल्छन् र रोगीको मृत्यु हुन्छ ।
सामान्य संक्रमण भएको रोगीलाई पूरै ठीक हुन लगभग डेढ महिना लाग्छ । त्यसो त कोरोनाको १५ देखि २० प्रतिशत केस मात्र गम्भीर हुन्छ । सामान्य संक्रमण भएका मानिसलाई खोकी, ज्वरो, छाती दुख्ने र मांसपेशीमा पीडा जस्ता लक्षण देखिन्छन् ।
यस्ता रोगी दुई हप्तामा ठीक हुन्छन् । उनीहरू सेल्फ आइसोलेसनमा बसेरै ठीक हुन्छन् । केही रोगीमा चाहिँ कोरोनाको लक्षणै देखिँदैन तर उनीहरूले अरूलाई रोग सार्छन् ।
गम्भीर संक्रमण भएका रोगीको फोक्सोमा अत्यधिक तरल भरिएपछि सास फेर्नै मुश्किल पर्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । वृद्धवृद्धा, दीर्घरोगी वा मुटुरोगीलाई कोरोना लागेपछि ठीक हुन निकै मुश्किल पर्छ । यस्तो अवस्थाका ३० देखि ४० प्रतिशत रोगीको मृत्यु हुन्छ ।
गम्भीर रोगीलाई भेन्टिलेटरबाट हटाउनुअघि उसले केही कुरा निल्न सक्छ कि सक्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । उसलाई सामान्य अक्सिजन भए पुग्ने र कार्बनडाइअक्साइडलाई फाल्न सक्ने उसको स्थिति बन्यो भने भेन्टिलेटरबाट निकालिन्छ ।
कुनै पनि रोगीको रिपोर्ट लगातार दुईचोटि नेगेटिभ आयो भने बल्ल डिस्चार्ज गरिन्छ । तर विभिन्न देशका यसका फरक फरक नियम छन् । चीनमा कुनै रोगीलाई चार दिनसम्म ज्वरो आएन र फोक्सो पोल्ने भएन भने ठीक भएको मानिन्छ । अमेरिकामा चाहिँ सामान्य लक्षणहरूमा पनि कम्तीमा एक हप्ता निगरानी गरिन्छ ।
ठीक भएपछि पनि रोगीले दुई हप्ता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...