×

NMB BANK
NIC ASIA

शिशुले पाएनन् आइसोलेसन बेड, तीन महिनाका संक्रमित शिशु क्वारेन्टाइनको चिसो छिंडीमा !

असार १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ का ३ महिनाका कोरोनासंक्रमित बालकलाई क्वारेन्टाइनमै राखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र एन्फा एकेडेमीस्थित आइसोलेसन सेन्टरमा बेड खाली हुँदाहुँदै पनि बालकका परिवारलाई बेड अभाव भएको बहना बनाउँदै गाउँमै फर्काएर विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइसोलेसनको व्यवस्था गर्न नसक्दा बच्चालाई गरगरेस्थित लुम्बिनी ज्ञान निकेतन माविको चिसो छिंडीमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

बच्चाको परिवारले आइसोलेसन बेड उपलब्ध गराइदिन बिलौना गरेका छन् । शनिबार आएको स्वाब परीक्षणको रिपोर्टमा बच्चालाई कोरोना पोजेटिभ देखिएको थियो । 

Vianet communication
Laxmi Bank

संक्रमित बच्चाकी आमा सरला योगीले आइसोलेसन बेड अभाव भएको भनेर बच्चालाई क्वारेन्टाइनमा फर्काइएको बताइन् ।

उनले भनिन्, ‘यस्तो गर्मी छ, सर्पको डर छ, बच्चालाई भुइँमा सुत्नुपर्ने अवस्था छ । पटक–पटक लाइन काटिँदा कोठा गर्मीले उकुसमुकुस हुन्छ, सबैले आइसोलेसन अस्पताल लैजानुपर्ने भयो भने तर, कसैले सुनेनन्, बुटवल लगेर बेड अभाव भन्दै स्कूलमै ल्याएर राखे ।’ 

‘आइसोलेसनमा बस्न पाए, कम्तिमा डाक्टरसँग सम्पर्क हुने थियो, के खुवाउने ? कसरी राख्ने भन्ने त जानकारी दिने थिए,’ आमाले दुखेसो पोखिन् ।

बच्चासहित तीनजना संक्रमित एउटै कोठामा छन् । तीनजना संक्रमितसँगै संक्रमण नदेखिएकी बच्चाकी आमा सरला पनि बस्नुपर्ने बाध्यता छ ।

उनले मास्क लगाएर बच्चालाई दुध चुसाउँछिन् । सरला पनि मुटुको रोगी छिन् ।

बच्चा पेटमा छँदा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।  ‘म पनि बिरामी छु, राम्रो खाना छैन, बच्चालाई दूध पुग्दैन, यहाँ झन बिरामी भइने डर भो ।’

वैशाख १२ गते योगीको परिवार भारतको नयाँदिल्लीबाट आएको थियो ।

पाँच जनाको परिवार आएकोमा बच्चा र बच्चाको हजुरआमालाई कोरोना देखिएको छ, भने आमा सरला र बुवा मोतिलाललाई संक्रमण देखिएको छैन ।

विद्यालयका उनीहरू बस्ने कोठमा बच्चाकी हजुरआमा ४० वर्षिया र सोही गाउँपालिका १९ वर्षिया युवा बसेका छन् ।

‘राम्रो खाना पनि छैन, दालभात दिन्छन् । तातो पानी पनि पाइँदैन । यहाँ बस्दा त मलाई पनि संक्रमण देखिन्छ कि भन्ने डर भएको छ,’ आमा सरलाले भनिन् ।

विद्यालयमा अहिले ५० जनालाई राखिएको छ । 

उनीहरू ३० जनाको समूहले दिल्लीबाट नेपाल–भारत सीमा नाका सुनौलीसम्म प्रतिव्यक्ति चार हजारका दरले गाडी रिजर्भ गरेर आएका थिए ।

सीमामा आएपछि उनीहरूलाई गाउँपालिकाले उद्दार गरेर क्वारेन्टाइनमा ल्याएर राखेको थियो । 

गाडीको पार्टपूर्जाको कम्पनीका काम गर्ने योगी उद्योग बन्द भएपछि दुई महिना खाली बसेका थिए ।

कोरोना संक्रमण दिल्लीमा झनै तीव्र रूपमा फैलिएपछि उनीहरू गाउँ आउने निचोडमा पुगेका थिए । 

गाउँपालिका अध्यक्ष गोकर्णराज क्षेत्रीले बच्चालाई बुटवलको आइसोलेनमा लगिएपनि बेड छैन भनेर फर्काएको बताए । 

उनले भने, ‘प्रादेशिक अस्पतालमा लगियो तर, त्यहाँ चिकित्सकहरूले बेड छैन, गाउँमै लैजानुहोस् भनेपछि फर्काएर क्वारेन्टाइनमा राखिएको हो ।’

संक्रमितका बाबा मोतिलालले आइसोलन मिलाइदिन सबैतिर भन्दा पनि बच्चामा कोरोनाको लक्षण नदेखिएको भन्दै कसैले नसुनेको बताए ।

बुटवलको कोरोना विशेष अस्पतालमा अहिले २५ बेड खाली छन् । 

कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बच्चालाई आइसोलेन राख्ने विषयमा अस्पतालका बाल रोग विशेषज्ञ डा. नेत्र रानासँग बुझ्न आग्रह गरे ।

डा. रानाले लक्षण नदेखिएसम्म गाउँकै आइसोलेसनमा राख्ने कुरा भएको हुँदा कर नगरिएको बताए ।

परिवारले ल्याउन चाहेमा अस्पतालका बेड खाली रहेको भन्दै ल्याउन उनले आग्रह गरे ।

कञ्चन गाउँपालिकामा अहिले संक्रमितको संख्या ८ पुगेको छ भने रूपन्देहीमा २१८ संक्रमित छन् ।

पछिल्लो समय सरकारले नयाँ निर्देशिका जारी गर्दै कोरोना संक्रमण भएको तर, लक्षण नदेखिएको अवस्थामा जहाँ बसेको छ, त्यहीँ बस्नुपर्ने व्यवस्था गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x