×

NMB BANK
NIC ASIA

बाहिरबाट काठमाडौं आउनेमाथि कडाइ, नागढुंगाबाट दैनिक सयको हाराहारीमा गाडी फिर्ता

असार १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण देशमा बन्दाबन्दी (लक-डाउन) शुरू भएको सोमवार ८४ औं पुगेको छ । विज्ञहरूका सुझावअनुसार सरकारले लक-डाउन बिस्तारै खोल्दै जान थालेको छ ।

Muktinath Bank

साताअघि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो पार्ने मोडालिटी तयार गरेर मन्त्रिपरिषदमा पठाएको थियो । गत बुधवार बसेको मन्त्रीपरिषदको बैठकले सोमवारबाट लक-डाउन केही खुकुलो गर्ने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन खुकुलो भएको निर्णयसँगै आम सर्वसाधारणको गतिविधि र आवतजावत बढेको छ । काठमाडौं उपत्यकाभित्र पसलहरू खुल्न शुरू गरेका छन् भने सडकमा यातायातका साधन पनि बाक्लिएका छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा गाडीको चापसमेत बढेको छ । नागढुंगा नाकामा ड्युटीमा खटिएका एक प्रहरीले लक-डाउन खुलेसँगै नागढुङ्गामा सवारीको चाप बढेको बताए । ‘लकडाउन खुकुलो भएसँगै मानिसहरू उपत्यका आइरहेका छन्,’ ती प्रहरीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

राजधानी काठमाडौँभित्र सवारी साधन बाक्लिएको भएपनि काठमाडौँ जिल्ला प्रशासनले बाहिरबाट आउनेहरूका लागि गरिएको कडाइ भने यथावत राखेको छ ।

नागढुंगाबाट एम्बुलेन्स, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, अत्यावश्यक सामानका गाडी, पास भएका सवारीसाधनबाहेक अन्यलाई उपत्यकाभित्र छिर्न नदिने गरी कडाइ गरिएको महानगरीय प्रहरी वृत्तका वृत्तपति प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए ।

‘सरकारले तोकेकाभन्दा अन्य व्यक्तिलाई हामीले नाकाबाटै फर्काइदिने गरेका छौं,’ डीएसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘ गृहमन्त्रालयले तोकेको मापदण्ड पूरा गरेर आउने सवारीसाधनलाई चाहिँ छोडिदिएका छौं । यदि कोही त्यसरी आएका देखिएमा हामीले फर्काइदिने गरेका छौं ।’

उनले दिनमा १ सय भन्दा बढी गाडीहरू आफूले नागढुंगाबाट फिर्ता गर्ने गरेको बताए ।

काठमाडौंभित्र चहलपहल बढेपनि बाहिरबाट आउने पास नभएकाहरू नागढुङ्गामा आएर फर्किरहेका छन् । दैनिक व्यापार गरेर आफ्नो गुजारा चलाउँदै र सटरभाडा तिर्नुपर्ने बिन्ति गर्दा पनि प्रहरीले उपत्यकाभित्र मापदण्डबाहेक कसैलाई छिर्न नदिएको डीएसपी श्रेष्ठल लोकान्तरलाई बताए ।

नागढुङ्गाबाट प्रहरीले दैनिक १ सय भन्दा धेरै मोटर साइकल र ८० वटा भन्दा धेरै प्राइभेट कारहरु फिर्ता प्रहरीले गरिरहेको छ ।

कतिपय मानिसहरु विभिन्न बहाना बनाएर उपत्यका छिर्न खाज्ने गरेको नागढुङ्गामा कार्यरत एक जना असईले बताए ।

‘कतिपयले त पुरानो अस्पतालको काजपत्र बोकेर मेरो खुट्टाको औला साह्रै दुखेको छ अस्पताल जानु छ, मेरो शरीर चिलाएर बिजोग भएको छ भने स्थानिय मेडिकलको सिफारिस लिएर छिर्न खोज्नुहुन्छ,’ ती असईले आफ्नो अनुभव सुनाए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्लाको जुन नगरपालिकाभित्र बसोबास रहेको हो, त्यही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति चाहिने भनेको थियो ।

जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति सहित यात्रा शुरू गर्ने, जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । यो प्रावधान व्यक्तिगत रूपमा काठमाडौँ प्रवेश गर्न चाहनेहरूका लागि पनि लागू गरिएको छ ।

त्यस्तै संस्थागत रूपमा प्रवेश गर्न चाहनेहरूका हकमा विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरी यस कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गर्ने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको थियो ।

काठमाडौँ जिल्लाभित्र जोर बिजोर प्रणाली लागू भइसकेकाले सवारी पास हाललाई बन्द गरिएको छ । त्यस्तै काठमाडौँ उपत्याकाबाट व्यक्तिगत रूपमा बाहिर जान चाहनेहरूले प्रयोजन खुल्ने गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र संस्थागत रूपमा जानुपरेमा सम्बन्धित संस्थाको सिफारिससहित निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरू बढिरहेका छन् । आइतवार विभिन्न देशका लागि चार्टर्ड उडानहरू तालिकामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x