×

NMB BANK
NIC ASIA

पीसीआर मशिनका टुक्राटुक्रामा ‘भ्रष्टाचार’ : डेढ करोडका उपकरण अढाई करोडमा खरिद

असार २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा २ नम्बर प्रदेशमा महंगोमा खरिद गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सप्तरीको राजविराज तथा धनुषाको जनकपुरमा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मशिनसहित विभिन्न १४ थान उपकरण खरिदमा अनियमितता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरटी–पीसीआरसँग  सम्बन्धित उपकरण बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा खरिद गरेको छ तर सबै मशिन र उपकरण कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ ।


Advertisment
Nabil box
Kumari

खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महंगो दररेटमा खरिद गरेर १ करोड बढी रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ । 

Vianet communication
Laxmi Bank

न्यूनतम मूल्य प्रस्ताव गरेको फर्मसँग गरिएन खरिद सम्झौता

केन्द्रले आरटी–पीसीआर उपकरण खरिद गर्दा न्यूनतम मूल्य प्रस्ताव गरेका फर्मसँग खरिद सम्झौता नगरेर धेरै बढी मूल्य प्रस्ताव गरेको मेडी सोलुसन प्रालि काठमाडौंसँग स्वास्थ्य सामग्री खरिद गरिएको छ । जनकपुरको राईन सप्लायर्सले न्यूनतम दरमा उपकरण उपलब्ध गराउने प्रस्ताव पेश गरेको भएपनि राइनको प्रस्ताव रद्द गरिएको छ ।

केन्द्रले बायो सेफ्टी क्याबिनेट क्लास–२ उपकरण २ थान ८ लाख ५० हजार रुपैयाँको दरमा १७ लाख रुपैयाँमा मेडी सोलुसनबाट किनेको छ तर राईन सप्लायर्सले ७ लाख रुपैयाँ प्रतिथानको दरले १५ लाख रुपैयाँमा नै उपकरण दिने प्रस्ताव गरेको थियो । केन्द्रमार्फत प्रदेश सरकारले २ लाख रुपैयाँ बढी मूल्यमा बायो सेफ्टी क्याबिनेट क्लास–२ उपकरण किनेको छ ।

पीसीआर क्याबिनेट (हुड) ८ लाख ५० हजार रुपैयाँको दरमा २ थान खरिद गरिएको छ तर राईन सप्लायर्सले ४ लाख रुपैयाँको दरमा नै हुड उपकरण बिक्री गर्ने दर प्रस्ताव गरेको थियो । चर्काे मूल्यको प्रस्ताव स्वीकार गरेर हुडलाई ९ लाख रुपैयाँ बढी मूल्यमा खरिद गरिएको छ ।

रेफ्रीजिरेटेड सेन्ट्रीफ्यूज (हाई स्पीड) उपकरण २ वटा ८ लाख रुपैयाँको दरमा खरिद गरिएको छ तर राइन सप्लायर्सले ५ लाख रुपैयाँको दरमा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यसरी सरकारले ६ लाख रुपैयाँ बढी खर्च गरेर मेडीसोलूसन खरिद गरेको छ ।

फ्रीजर–२० उपकरण ४ थान २ लाख ५० हजार रुपैयाँको दरमा १० लाख रुपैयाँमा खरिद गरिएको छ तर राइन सप्लायर्सले १ लाख रुपैयाँ प्रतिउपकरण उपलब्ध गराउने प्रस्ताव गरेको थियो । प्रदेश सरकारले ६ लाख रुपैयाँ बढी मूल्य तिरेर फ्रीजर–२० किनेको छ ।

सरकारले फ्रीजर–८० उपकरण ८ लाख रुपैयाँको दरमा २ वटा १६ लाख रुपैयाँमा किनेको छ तर राईन सप्लायर्सले ४ लाख रुपैयाँ प्रतिफ्रीजर प्रस्ताव गरेको थियो । फ्रीजर–८० खरिदमा १२ लाख रुपैयाँ बढी खर्च गरिएको छ ।

आरटी–पीसीआर आरटी किट ३ हजार ६०० रुपैयाँको दरमा २ हजार थान किट ७२ लाख रुपैयाँमा खरिद गरिएको छ तर राईन सप्लायर्सले २ हजार २०० रुपैयाँ मात्र प्रतिकिट मूल्य प्रस्ताव गरेको थियो । कम मूल्यमा किट उपलब्ध हुँदाहुँदै सरकारले २८ लाख रुपैयाँ बढी तिरेर किट किनेको छ ।

प्रदेश सरकारले २५ लाख ७५ हजार रुपैयाँको दरमा २ वटा चीनको डील्याब नामक आरटी–पीसीआर मशिन खरिद गरेको छ तर नेपाली बजारमा डील्याब मशिनको मूल्य १५ लाख रुपैयाँ मात्र रहेको जनकपुरमा ल्याब सम्बन्धी उपकरणहरू आपूर्ति गर्ने आरएस सर्जिकल हाउसका सञ्चालक सुजीत साहले बताए । ५१ लाख ५० हजार रुपैयाँमा २ वटा मशिन खरिद गर्दा प्रदेश सरकारलाई बजार मूल्यभन्दा २१ लाख ५० हजार रुपैयाँ बढी परेको छ ।

बजारमा १ लाख ५० हजार रुपैयाँमा उपलब्ध रहेको ५० लिटरको अटोक्लेभ होरीजोटल मशिन प्रदेश सरकारले ५ लाख ७५ हजार रुपैयाँको दरमा किनेको छ । कूल ३ लाख रुपैयाँमा २ वटा उपकरण खरिद हुनसक्ने अवस्थामा ८ लाख ५० हजार रुपैयाँ बढी मूल्य तिरेर प्रदेश सरकारले ११ लाख ५० हजार रुपैयाँमा २ वटा उपकरण किनेको छ ।

स्वाब संकलन गर्न प्रयोग गरिने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) ४०० रुपैयाँको दरमा २ हजार थान कूल ८ लाख रुपैयाँमा खरिद गरिएको छ तर भीटीएम ३०० रुपैयाँको दरमा नेपालमा उपलब्ध रहेको आरएस सर्जिकल हाउसका सञ्चालक संजीत साहले बताए । कूल ६ लाख रुपैयाँमा किन्न पाइने भीटीएम २ लाख रुपैयाँ बढी खर्च गरेर सरकारले किनेको छ ।

प्रदेश सरकारले आरएनए एक्स्ट्राक्सन रिएजेन्ट समेत ५०० रुपैयाँको दरमा २ हजार थान १० लाख रुपैयाँमा किनेको छ तर रिएजेन्टको बजार मूल्य ३५० रुपैयाँ मात्र रहेको साहले बताए । कूल ७ लाखमा आउने रिएजेन्ट ३ लाख रुपैयाँ बढी तिरेर कूल १० लाख रुपैयाँमा खरिद गरिएको छ ।

सरकारले माइक्रो सेन्ट्रीफ्यूज (हाई स्पीड) २४ हजार ५०० रुपैयाँको दरमा २ थान ४८ हजार रुपैयाँमा किनेको छ । २५ हजार रुपैयाँको दरमा २ थान भोटेक्स मिक्सचर, ३८ हजार रुपैयाँको दरमा ३० थान मल्टी च्यानेल पिपेट, ६ हजार ५०० रुपैयाँको दरमा ६० थान भ्यारियबल साइजका पिपेट समेत किनेको छ ।

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्री सहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । ३२ लाख ४६ हजार १०० रुपैयाँ भ्याट समेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँ परेको छ तर यी सबै सामग्री राईनले कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेका थिए, उनको बोलपत्र रद्द गरिएको छ ।

स्वास्थ्य सामग्री किन्न ५ दिने सूचना

चैत्र २० गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्ज र सगरमाथा अस्पताल राजविराजका लागि ३ सेट आरटी–पीसीआर मशिन खरिद गर्ने निर्णय गर्‍यो । तर ती उपकरण खरिदका लागि सूचना प्रकाशित गर्नुभन्दा पहिले नै संघीय सरकारले नारायणी अस्पताल वीरगञ्जका लागि पीसीआर मशिन पठाएपछि जनकपुर र राजविराजका लागि २ थान मात्र पीसीआर मशिन खरिद गर्ने भन्दै केन्द्रले २ थान पीसीआर मशिन खरिद गर्ने निर्णय गरेको थियो ।

केन्द्रका सूचना अधिकारी श्रवणकुमार नायकले वैशाख १४ गते प्रदेश सरकारबाट बजेटको स्रोत सुनिश्चित भएपछि वैशाख १७ गते गोरखापत्र पत्रिका र सामाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत ५ दिने बोलपत्र (टेन्डर) को सूचना प्रकाशित गरिएको बताए । ५ दिने म्यादको अन्तिम दिन वैशाख २२ गते ३ वटा आपूर्तिकर्ताले टेन्डर दर्ता गराएका थिए । युनिक ट्रेडर्स प्रालि र मेनका इन्टरप्राइजेज जेभी, राईन सप्लायर्स जनकपुर, मेडी सोलूसन इन्टरनेसनल गरी ३ वटा फर्मको आवेदन फारम दर्ता गरिएको नायकले बताए ।

दर्ता भएका ३ वटा फर्ममध्ये राईन सप्लायर्सले प्रस्ताव गरेको मूल्य सबैभन्दा कम रहेको थियो तर महंगो प्रस्ताव स्वीकृत गरियो । किन ? सूचना अधिकारी नायकले कम मूल्य प्रस्ताव गर्ने फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रुपमा मूल्यांकन समितिले छनोट नगरेको बताए ।

‘हामीले १४ वटा आइटम एकैसाथ प्याकेजमा नै खरिद गर्नका लागि टेन्डर आह्वान गरेका थियौं,’ सूचना अधिकारी नायकले लोकान्तरसँग भने, ‘राईन सप्लायर्सका सम्पूर्ण कागजात नै पूरा थिएन भने युनिक तथा मेनका जेभीले ५ वटा आइटम मात्र आपूर्ति गर्न सकिने बताएको थियो ।’ तर राईन सप्लायर्सका सञ्चालक सलामत राईनले आफूले कागजात पूरा भए पनि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कागजात स्वीकार नगरेको दाबी गरे ।

‘सबैभन्दा कम दर सहितको टेन्डर हामीले भरेका थियौं तर हामीलाई अचानक सम्झौता गर्ने बेलामा प्राविधिक सम्बन्धी कागजात अपुरो छ भनेर बखेडा झिके,’ राईनले लोकान्तरसँग भने, ‘हामीले लगेका थप कागजातहरू केन्द्रले स्वीकार नै गरेन, कागजात जम्मा गर्न लाग्दा समेत बुझ्न मानेनन् ।’

केही सामग्रीमा राईन सप्लायर्सले पनि मेडीसोलुसनभन्दा बढी मूल्य प्रस्ताव गरेको थियो । आफूहरूले विदेशबाट आयात गर्ने आयातकर्ताबाट ती उपकरण खरिद गर्नुपर्ने भएकाले २० प्रतिशत जति नाफा राखेर नै मूल्य प्रस्ताव गर्ने गरेको राईनले बताए । छुट्टाछुट्टै उपकरण जसले सस्तोमा उपलब्ध गरायो, उसैबाट किन्न सकिने विकल्प हुँदाहुँदै पनि सरकारले एकमुष्टको शर्त राखेर चर्काे मूल्य तिरेको छ । सस्तोमा स्वास्थ्य उपकरण उपलब्ध हुँदाहुँदै महंगोमा किनेर प्रदेश सरकारको बजेट स्वाहा किन गरियो होला ?

‘केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीका छोरा सुमित साह सहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको छ,’ सामाजिक विकास मन्त्रालयका एक जना उच्चपदस्थ कर्मचारीले भने, ‘यसरी सरकारी बजेटबाट चर्काे मूल्य तिरेर सामान किनेर मन्त्री, सचिवदेखि कर्मचारीसम्मलाई कमिसनबापत रकम दिइएको छ । सस्तोमा सामान दिनेले कमिसन दिन नसक्ने भएकाले प्रस्ताव रद्द गरिएको हो ।’

केन्द्रका निर्देशक डा. यादव विगतमा स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडीसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ । निर्देशक यादवले सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीका छोरा सुमित साहसँग मेडिसोलुसनका सञ्चालकलाई चिनजान गराउनुका साथै निकट बनाएको मन्त्रालयका ती कर्मचारी बताउँछन् । 

सामाजिक विकास मन्त्रालयका ठूला खरिद र योजनामा अप्रत्यक्ष रुपमा मन्त्री सुडीका छोरा सुमितले नै सक्रियता देखाउने गरेको स्रोतको दाबी छ । पीसीआर मशिन खरीद गर्दा देशमा पनि अभाव भएका बेला स्वाभाविक रूपमा महंगो भएको केन्द्रका निर्देशक डा. यादवले तर्क गरे तर संस्तोमा उपकरण उपलब्ध गराउने फर्मबाट खरिद गरिएन ।

प्रदेश सरकारले खरिद गरेका उपकरण चिनियाँ कम्पनीका हुन् । दुवै मशिन जनकपुर र राजविराजमा जडान भएर सञ्चालनमा आएका छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सल्लाहकारमा नियुक्त गरेका प्याथोलोजिस्ट डा. राजकुमार महतोले जनकपुरमा जडान भएको मशिनमा प्रतिदिन १५० देखि २०० सम्म स्वाबको परीक्षण भइरहेको बताए । सगरमाथा अस्पताल राजविराजमा जडान भएको मशिनमा प्रतिदिन ४८ वटा स्वाबको परीक्षण हुने गरेको महतोले बताए । 

‘खरिद गरिएका चिनिया उपकरण न त धेरै राम्रो क्वालिटीका छन्, न त कम गुणस्तरको नै छ,’ सल्लाहकार महतोले भने, ‘बीच–बीच खालको मशिन छ ।’ किनिएका मशिनको भ्यालिडिटी परीक्षण गर्न ३०० जति किट नोक्सान भएको उनले बताए । उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका अवकाश प्राप्त निर्देशक हुन् ।

प्रदेश सरकारले ४ वटा थप पीसीआर मशिन खरिद गर्ने निर्णय गरेको छ । जेठ २६ गते मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको बैठकले जनकपुर, राजविराज, वीरगञ्ज र रौतहटका लागि १–१ मशिन खरिद गर्ने निर्णय गरेको छ भने ५० हजार भीटीएम समेत किन्ने निर्णय गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x