×

NMB BANK
NIC ASIA

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोद ढुंगेललाई जिल्ला अदालत काठमाडौंले हिजो (मंगलवार) साधारण तारेखमा रिहा गर्ने आदेश दियो ।

Muktinath Bank

डकैती मुद्दा लागेका डीएसपी ढुंगेलविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको आदेशसँगै डीएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयमा निलम्बन फुकुवाको निवेदन दिएका छन् । उनको निलम्बन फुकुवा भएमा जिम्मेवारीमा फर्किने अवसर प्राप्त हुनेछ ।


Advertisment
Nabil box
Kumari

उनी भूमिगत अवस्थामै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । 

Vianet communication
Laxmi Bank

२०७६ चैत २६ गते काठमाडौंको रानीबारीमा भएको डकैतीका अभियुक्त विकास श्रेष्ठसँग पटक–पटक सम्र्पक भएको भन्दै महानरीय अपराध अनुसन्धान महाशाखाले ढुंगेललाई डकैती समूहलाई सघाएको आरोप लगाएको थियो । 

तत्कालीन समयमा पनि प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचाउने निर्णय गरेको थियो, तर उनलाई फसाउनका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र उनका निकटतम् प्रहरी अधिकृतले नियोजितरूपमा मुद्दा दायर गराएको आरोप एक प्रहरी अधिकृत लगाउँछन् ।

‘त्यो बेलामा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता नगर्ने भनेकै थियो तर उहाँमाथि रिसइवी साँध्न मुद्दा दर्ता भएको थियो,’ ती अधिकृतले भने ।

त्यसपछि ढुंगेल निलम्बनमा परेका थिए ।

ढुंगेललाई निलम्बन गरेपछि प्रहरीमा विरोधका स्वरहरू समेत सुनिएका थिए । 

काम गर्ने प्रहरी अधिकृतलाई निलम्बन गर्दा अन्य अधिकृतहरूको पनि मनोबल गिर्ने, आगामी दिनमा खुलेर काम गर्न अप्ठ्यारो हुने आवाज उठेका थिए ।

अपराध अनुसन्धानका जानकारका अनुसार, अपराधीलाई पक्राउ गर्न अपराधी जस्तै बन्नुपर्ने र उनीहरूसँग सम्बन्ध बढाएर उनीहरूलाई पक्राउ गर्ने संसारभर चल्दै आएको चलन हो । 

अर्थात् देश र नागरिकको हितका लागि अपराधिक संगठनमा प्रहरी अधिकारीहरू घुसाउने र त्यसबाट सूचना संकलन गर्ने पनि गरिन्छ, जसलाई ‘कभर्ट अपरेसन’ भन्ने गरिन्छ र यो आफैंमा जोखिमपूर्ण छ ।

चरीदेखि मनोज पुनसम्मको इन्कान्टर, रामेछापको चर्चित बलात्कार घटनाका अभियुक्त श्याम राउतलाई भारतबाट पक्राउ, लागूऔषध कारोबारी तथा गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई पक्राउ गर्ने महत्त्वपूर्ण काम ढुंगेलले नै गरेका थिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्या योजनाकार समिरमान सिंह बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीले डीएसपी ढुंगेललाई नै परिचालित गरेको थियो ।

अध्यक्ष गौचनको विक्रम संवत् २०७४ असोजमा गोली हानेर हत्या गरिएको थियो ।​

त्यसबेलामा सीआईबी, अपराध महाशाखा र विशेष छानबिन समितिको टोली बस्न्यातलाई पक्राउ गर्न असफल भएपछि तत्कालीन आईजीपी प्रकाश अर्यालले तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर

कार्कीको सल्लाहमा ढुंगेललाई परिचालित गर्ने निर्णय गरेका थिए । ढुंगेलले बस्न्यातलाई भारतको गोवाबाट पक्राउ गरेका थिए ।

प्रहरीमा भएका काविल अपराध अनुसन्धान अधिकृतहरूलाई निलम्बन गर्नुले संगठनभित्र अनुसन्धान क्षमतामा पक्कै पनि असर पर्छ, जसले गर्दा आगमी दिनमा अपराध अनुसन्धानमा सत्यतथ्य नआउन पनि सक्छ । 

एउटा नेतृत्वले सहयोग गरेका प्रहरी अधिकृतलाई अर्को प्रहरी नेतृत्वले रिसइवी साँध्ने गरेका कारण नै कुमोद ढुंगेलजस्ता काबिल प्रहरी अधिकृतहरूको मनोबलमा असर परेको प्रहरी अधिकृतहरू बताउँछन् ।

कहीँ न कहीँ राजनीतिक रागले गर्दा पनि अनुसन्धानमा असर पारेको देखिन्छ, जसको ज्वलन्त उदाहरण हो, निर्मला हत्याकाण्ड ।

निर्मला हत्याकाण्डका दोषी अझै पत्ता लाग्न सकेको छैनन् ।

उक्त घटनाको अनुसन्धान गरिरहेका ६ जना प्रहरी अधिकारीहरू पनि निलम्बनमा परेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x