×

NMB BANK
NIC ASIA

विषादी अवशेष परीक्षण केन्द्रलाई तीन करोड विनियोजन

असार ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेट भाषणअनुसार ती दुई केन्द्रलाई रु दुई करोड ९९ लाख बजेट विनियोजन भएको छ ।

Muktinath Bank

गत वर्ष स्थापना भएको परीक्षण केन्द्रलाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको नाकामा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो । आँबुखैरेनीमा स्थापना भएको परीक्षण केन्द्रबाट प्रदेश भित्रिने तरकारीमा विषादी भए/नभएको परीक्षण गर्दछ ।


Advertisment
Nabil box
Kumari

कार्यालयका निमित्त प्रमुख एवं प्राविधिक सहायक दिनाकर आचार्यले तरकारीको गाडी बढी मात्रामा रातिको समयमा चल्ने भएकाले रातिको समयमा प्रयोगशालामा काम हुने गरेको जानकारी दिनुभयो । “प्रदेश भित्रिने तरकारी गाडीलाई रोकेर नमूना लिई प्रयोगशालाबाट परीक्षण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “प्राविधिक कर्मचारीको कमी हुँदा एक्लैले भने काम गर्न अप्ठ्यारो हुने गरेको छ ।”

Vianet communication
Laxmi Bank

उहाँका अनुसार प्रयोगशालाबाट २० मिनेटभित्रै रिपोर्ट आउने गरेको छ । “तरकारीमा विषादी नभेटिए २० मिनेटभित्रै रिपोर्ट दिएर तरकारी लैजानका लागि अनुमति दिन्छौँ, विषादीयुक्त तरकारी ढुवानीका लागि अनुमति हुँदैन”, उहाँले भन्नुभयो । परीक्षण केन्द्रमा स्थायीरुपमा जनशक्ति नभए पनि मन्त्रालयले केही कर्मचारी भने खटाएको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य लिइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x