×

NMB BANK
NIC ASIA

काठमाडौंका यी ४ सुरक्षा प्रमुख : घरपरिवारसँग उठबस नगरेरै कोरोनाविरुद्ध लडाइँमा

असार ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर लकडानको अवस्था छ । अहिले बिस्तारै विभिन्न चरणमा सरकारले लकडाउन खुलाउन थालेको छ ।

Muktinath Bank

लकडाउनको अवस्थामा सबैभन्दा अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी हो भने नेपाली सेनाले स्वाब संकलन, शव व्यवस्थापनदेखि विदेशबाट आएका नेपालीलाई घर पुर्‍याउने​सम्मको जिम्मा लिँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरक्षा निकायका कतिपय कर्मचारीमा कोराना भाइरसको संक्रमण भएको छ भने केही निको भएर काममा फर्किएका छन् । कोरोनाको उच्च जोखिममा रहेका नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनाका काठमाडौं उपत्यकामा कार्यरत कर्मचारी घर समेत जान पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

सडकमा दिनानुदिन खटिएकै कारण काठमाडौं उपत्यकाका सुरक्षा कमान्डरहरू आफ्ने घरपरिवारसँग पनि बस्न पाएका छैनन् । केही घरपरिवारसँग टाढैबाट खानुपर्ने र टाढै सुत्नुपर्ने अवस्थामा छन् ।

Vianet communication
Laxmi Bank

कार्यव्यस्ताले गर्दा घर जान पाइनँ : मेट्रो प्रमुख पोखरेल

लकडाउनको अवधिमा सबैभन्दा धेरै खटिने प्रहरी हो । त्यसमा पनि शुरूको समयमा सबैभन्दा धेरै जोखिम ठानिएको उपत्यकालाई जोगाउने जिम्मा काठमाडौं उपत्यका इन्चार्ज अर्थात् महानगरीय प्रहरी कार्यालयको प्रमुखको हातमा थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले गत चैत ९ गतेदेखि घर जान पाएका छैनन् । उपत्यकालाई कोरोना भाइरसको संक्रमणबाट जोगाइराख्ने जिम्मा उनको हातमा पनि थियो ।

‘मैले बन्दाबन्दीदेखि घरमा पाइलासम्म टेकेको छैन । उपत्यका शुरूका दिनमा सबैभन्दा जोखिम भएको क्षेत्रका रुपमा लिइएको थियो भने यहाँ देशभरका सरकारी कामकाजहरू हुने ठाउँ पनि हो । मन्त्रालयहरूदेखि सबै भीआइपी, भीभीआइपी बस्ने ठाउँ भएकाले पनि उपत्यकालाई जोगाउन ठूलो चुनौती थियो र छ पनि । दिनरात काम गर्नुपर्ने र जनतालाई सुरक्षा दिनुपर्ने अवस्थामा घर जाने भन्ने कुरा त भएन नि !’ उनले भने ।

घरमा खाना खाँदा पनि छुट्टै बस्छु : उपरथी अधिकारी

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी आनन्दकुमार अधिकारी लकडाउनपछि ब्यारेकमै बस्ने गरेका छन् । कहिलेकाहीँ घर जाँदा पनि छुट्टै बसेर खाना खाने गरेको बताउँछन् ।

‘नेपाली सेनाले नितान्त फिल्डमा काम गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत  कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) देखि डीसीसीएमसीसम्म सबैले समन्वय गरेर काम गरेका छौं,’ उनले भने, ‘हामीले ग्राउन्ड लेभलको योजनाहरू बनायौं, जस्तो चक्रपथमा ७ वटा होल्डिङ क्षेत्रहरू बनाउनेदेखि विदेशबाट आएका नेपालीलाई आफ्नो घरसम्म कसरी पुर्‍याउने भन्ने विषयमा सबै सुरक्षा संयन्त्रको समन्वयमा काम गरेका हौं ।’

यसले गर्दा विदेशबाट आएका नेपाली दाजुभाइदिदीबहिनीलाई घरसम्म पुर्‍याउन सहज भएको उनले बताए । हालसम्म १ हजार ११० जना नेपाली स्वदेश फर्किएका छन्, ९ जना आफ्नो घर पनि गइसकेका छन् । 

उपरथि अधिकारीले भने, ‘कोभिड–१९ को संक्रमणका कारण लकडाउन शुरू भइसकेपछि अहिलेसम्म ब्यारेकमै बसेको छु । घर जाँदा पनि सामाजिक दूरी कायम गर्ने, घरपरिवारसँग भेट्दा पनि टाढैबाट भेटघाट गर्ने गरेको छु । खाना खाँदा पनि म अलि पर छुट्टै बसेर खाने गरेको छु, यसको मतलब मेरो कारणले घर परिवारलाई समस्या नपरोस् भन्ने हो ।’

लकडाउनपछि छुट्टै कोठामा बस्दै आएको छु : उपत्यका कमान्डर गौतम

लकडाउनको समयमा फिल्डमा खटिनेमा सशस्त्र प्रहरी पनि अगाडि नै छ । नेपाल प्रहरीसँग सँगसँगै काम गरेको एपीएफका काठमाडौं उपत्यका कमान्डर सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सीपी गौतम लकडाउनको अवधिमा परिवारबाट टाढा छुट्टै सुत्छन् । लकडाउनको २० दिनसम्म घर पनि नगएका गौतम अहिले घरमा छुट्टै कोठामा बस्दै आएका छन् । आफ्नो कारणले गर्दा परिवारलाई समस्या नहोस् भनेर अलग्गै कोठामा बस्दै आएको उनले बताए ।

‘लकडाउनको घोषणापछि सुरक्षा निकायका ४ वटै उपत्यका इन्चार्जहरूले शुरूआतमै मिटिङ राखेर कसरी काम गर्ने भन्ने योजना बनाएका थियौं । नेपाल प्रहरीसँग सशस्त्र प्रहरीले सडकमै सँगसँगै काम गरिराखेका छौं । कोरोना भाइरसको जोखिमबाट उपत्यकालाई बचाउनको लागि प्रहरीसँग एपीएफले पहिलो घेरामा रहेर काम गर्दै आएको छ । एपीएफले कतिपय अवस्थामा ट्राफिकको काम पनि गरेको छ,’ उनले भने, ‘नागढुंगा, साँगा, फर्पिङ लगायतका नाकाहरू बन्द गर्दा पनि नेपाल प्रहरी, ट्राफिक प्रहरी र एपीएफले सँगसँगै काम गरिरहेको छ ।’
 
लकडाउनको अविधिमा कार्यालयमै बसेर काम गरिरहेको उनले बताए ।

लकडाउनमा घर गएको छैन : ट्राफिक प्रहरी प्रमुख

लकडाउनमा धेरै व्यक्तिसँग नजिक रहने ट्राफिक प्रहरीहरू घर जान पाएका छैनन् भने कोठामा बस्ने ट्राफिक प्रहरीले नजिकै ड्युटीमा खटिएर काम गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।

‘आज बन्दाबन्दीको ८६ औं दिन बित्न लाग्यो, अहिलेसम्म घर जान पाएको छैन । कोटेश्वरमा बस्ने परिवारलाई भेट्न जाँदा पनि गेट बाहिरबाट भेटेर फर्किने गरेको छु भने खाना खान घर जाने भन्ने परको कुरा हो । मेरो कारणले घरपरिवारलाई समस्या नहोस् भन्ने नै हो,’ उनले भने ।

ट्राफिक प्रहरी जवान र अधिकृतहरू पनि घर जान नपाएको उनले बताए । ‘घर वा डेरामा बस्ने ट्राफिकलाई नजिकै ड्युटी खटाएका छौं भने ब्यारेकमा भएका अधिकारीहरू ड्युटी र ब्यारेक मात्रै गरिरहेका छन् । बिदा भएका ट्राफिक प्रहरीलाई क्वारेन्टीनमा राखेर मात्र ब्यारेक छिर्न दिएका छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x