×

NMB BANK
NIC ASIA

बजेटको तयारी गर्दै स्थानीय सरकार

असार ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ ।

Muktinath Bank

असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवासँग छलफल गरी योजना छनोटका लागि सुझाव संकलन शुरू गरेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भजनी नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सामाजिक अगुवासँग गरेको छलफलमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्ने सुझाव आएको छ । नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विगतका अधुरा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै स्वास्थ्यमा बजेट केन्द्रित हुने बताए । ‘सुझाव संकलन गरिरहेका छौं, त्यसैलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउँछौं,’ नगर प्रमुख चौधरीले भने, ‘अहिलेको अवस्थामा गत वर्ष भन्दा बजेट केही घटेर बजेट आउला ।’


Advertisment
Nabil box
Kumari

कैलारी गाउँपालिकाले पनि बजेटको तयारी शुरू गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले विगतमा जस्तो होडबाजी नभएको बताउँदै वडास्तरदेखि गाउँपालिकाले योजनाको विषयमा छलफल गरिरहेको बताए । अघिल्लो वर्ष गाउँपालिकाले ५३ करोड बजेट विनियोजन गरेकामा आउँदो वर्ष ५० करोड रुपैयाँसम्मको बजेट ल्याउने उनले बताए ।

Vianet communication
Laxmi Bank

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कार्यपालिकाको बैठक बस्न नसकेकाले बजेटका विषयमा छलफल शुरू नभएको बताए । अध्यक्ष चौधरीले भने, ‘स्वास्थ्यलाई बजेटको प्राथमिकतामा राख्छौं ।’ गाउँपालिकाले चालू आर्थिक वर्षलाई ६९ करोड रुपैयाँको बजेट ल्याएको थियो । आउँदो वर्षमा केही बढ्न सक्ने बताइएको छ ।

लम्कीचुहा नगरपालिकाले बजेटका लागि सुझाव संकलन थालेको छ । विभिन्न क्षेत्रका अगुवालाई  फरक समयमा बोलाएर सुझाव संकलन भइरहेको नगर प्रमुख महादेव बजगाईंले बताए । अनुदान बढेर आएकोले बजेट केही बढ्न सक्ने तर अहिलेको अवस्थामा के काम गर्ने भन्ने अन्योल छाएको बताए ।

नगर प्रमुख बजगाईंले भने, ‘क्वारेन्टीनमा मानिसलाई व्यवस्थापन गर्न निकै चुनौती छ, उता क्वारेन्टीन हेर्ने कि यता कार्यालय ? गाह्रो भइरहेको छ ।’

टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले बजेटको आन्तरिक तयारी भइसकेको बताउँदै वडाका योजना छनोटका लागि नगरपालिकाले परिपत्र गरिसकेको बताए । उनले आगामी बजेट केही घट्ने सम्भावना रहेको र वडामा जाने बजेटमा कटौती गरिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x