×

NMB BANK
NIC ASIA

खादा लगाएर मिठाइ खुवाउँदै घर पठाइएका ७ जनामा पुनः कोभिड पोजेटिभ !

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण भई आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा पुनः कोभिड– १९ पोजेटिभ देखिएको छ ।

Muktinath Bank

बिहीवार घर पठाउने क्रममा उनीहरूलाई प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख र वडाध्यक्षले खादा लगाउँदै मिठाइ खुवाएर बिदाइ गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरूलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड– १९ पोजेटिभ देखिएपछि उनीहरूलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।

Vianet communication
Laxmi Bank

आइसोलेसनमा बसेका उनीहरूको पुन ः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरूलाई रिपोर्ट नआउँदै घर पठाइएको हो । 

शुक्रवार बिहान उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ‘आइसोलेसनमा बसेकाहरूलाई परीक्षण नगरी घर पठाउने आदेश छ । तै पनि हामीले उनीहरूको स्वाब संकलन गरेर पठाएका थियौं, रिपोर्ट नआउँदै घर पठाइएका उनीहरूमा पुन पोजेटिभ देखियो,’ ढकालले भने । 

सरकारले लक्षण नदेखिएका र १४ दिन क्वारेन्टीनमा बसेकालाई पुन: परीक्षण नगरी घर पठाउने गरेको छ ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पनि पीसीआर रिपोर्ट पोजेटिभ देखिको छ ।

क्वारेन्टीनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि स्वाब नमूना संकलन गरिएको थियो । १५ दिनसम्म घर बसेका उनमा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । 

उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने छ ।

संक्रमित देखिएकाहरूमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x