×

NMB BANK
NIC ASIA

प्रहरीको ‘सेटिङ’मा चलिरहेका भीआईपी गाडी सशस्त्रको कब्जामा, अनुसन्धान हुँदै

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गृह मन्त्रालयको पास बनाई जाजरकोट आएर फर्किएका दुई गाडीलाई सशस्त्र प्रहरी सुर्खेतले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई अनुसन्धानका लागि बुझाएको छ ।

Muktinath Bank

बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा लिएको थियो । भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट बिहीवार राति सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छिन्चुस्थिल मनकामना होटलबाट नियन्त्रणमा लिएका एक हाइलेक्स र एक स्कारपियो गाडीले गृह मन्त्रालयबाट ट्राभल्स एण्ड टुर्सको नाममा पास बनाएको स्रोतले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर चोरी, निकासी हुँदै गरेको विशेष सूचनाका आधारमा दुई वटा भिआइपी गाडी सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिइएको प्रहरी श्रोतको जनाएको छ ।

Vianet communication
Laxmi Bank

सरकारले २०७२ सालदेखि तेस्रो मुलुक निकासी बन्द गरेको जाजरकोटको बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर निकासीका लागि दुई वटा गाडी प्रयोग भएको आशंकामा पक्राउ गरिएको जनाइएको छ । 

जाजरकोटमा पाइने बहुमुल्य पत्थरको बजारमुल्य ५ सयदेखि २५ हजार प्रतिकिलो पर्ने गर्दछ । सरकारले उत्खनन स्वीकृति दिएपनि देशभित्र प्रशोधन उद्योग नहुँदा चोरी निकासी तेस्रो मुलुक भारत, चीन, अमेरिका पुर्‍याउने गरिएको छ ।

सुर्खेत प्रहरीका धेरै स्थानमा चेकपोस्ट भएतापनि प्रहरीले नसमात्नु शंकास्पद देखिएको छ ।

सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरी शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

गाडीसँगै नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सोधपुछ, प्रारम्भिक बयान लिने काम भइरहेको उनले जानकारी दिए । ‘हामी अनुसन्धानकै क्रममा भएकाले थप विवरण आउन बाँकी छ । अनुसन्धान गरेपछि सबै जानकारी गराउँ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x