×

NMB BANK
NIC ASIA

‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्दै गाउँपालिका

असार ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा युवालाई आकर्षण बढाउन ‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

Muktinath Bank

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ उनीहरुलाई कृषिमा आकर्षण गराउन सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कार्यक्रमबाट कोराना भाइरसको जोखिमबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाका ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी  स्वरोजगार तुल्याउनुका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। 
 
    कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदे बालीका पकेट क्षेत्रको रूपमा  घोषणा गरिने, मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल उत्पादन तथा माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायिकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ ।


Advertisment
Nabil box
Kumari

    कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उहाँले जानकारी दिए।  उहाँका अनुसार यसका लागि जग्गा चक्लाबन्दी, गह्रासुधार र यन्त्र उपकरणमा दिँदै आएको अनुदान, प्लास्टिक टनेल, पक्की टनेल निर्माण र एक घर एक टनेल निर्माण कार्यलाई अभियानका रूपमा  सञ्चालन गरिनेछ ।

Vianet communication
Laxmi Bank

    गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवम् उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गर्ने भनिएको छ । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

    गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गीकार गरिने  उहाँले बताउनुभयो ।

    नगदे बालीतर्फको विशेष जोनका रूपमा  सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नाका साथै स्थानीय कृषकको आयआर्जनको मुख्य क्षेत्रका रूपमा  स्थापित गर्दै जाने नीति अङ्गीकार गरिने गाउँपालिकाले जनाएको छ ।

    उहाँका अनुसार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विगतमा सञ्चालित अधुरा सिँचाइ आयोजनालाई सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्दै साना सिँचाइ कार्यक्रम गाउँपालिकाबाट सञ्चालन गरी सिञ्चित भूमिमा उत्पादनमुखी विशेष कार्यक्रम सञ्चालन  गरिने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x