सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक शुरू गर्‍यो अपाङ्गतामैत्री वेबसाइट

विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वबसाइटको शुरुवात गरेको छ ।

यो वेवसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुने बैंकले दावी गरेको छ । 


Advertisement

यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्‍याउने प्रयास गरेको बैंकले जनाएको छ । 

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेबसाइट मा गई दायाँ कुनामा रहेको डिजाबिलिटी फ्रेन्डली आइकन क्लिक गरी आवश्यक एस्सेसिबिलिटीट मेनुमा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सकिनेछ ।


Advertisement

यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध रहेको छ । 

बैंकले समयक्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्