लकडाउनको समयमा बन्द भएका ‘ट्राफिक बत्ती’ सञ्चालनमा

प्रतिकार्यात्मक तस्वीर।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ।

सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोरबिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको हो। 


Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नयाँ बानेश्वर, सिंहदरबार, पद्मोदय मोड, सुविधानगर, गैरीगाउँ, नयाँठिमी चोक, कालिमाटी, गौशाला, मित्रपार्क, नारायणगोपाल चोकलगायतका ट्राफिक बत्ती सञ्चालनमा आएको जानकारी दिए। 'बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेसँगै उपत्यकामा सवारी चाप बढेकाले ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएका हौँ,' उनले भे। 

महाशाखाले ट्राफिक बत्तीको सञ्चालन गरेसँगै ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारबाहीसमेत गर्ने भएको छ।


Advertisement

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँगको सहकार्यमा विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती सञ्चालनमा ल्याएको थियो। ट्राफिक बत्ती जडानसँगै ट्राफिक प्रहरीलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुँदै आएको छ । 

कमेन्ट गर्नुहोस्