×

NMB BANK
NIC ASIA

भारतसँग हिंसात्मक झडपमा पीएलएतर्फ क्षति कति ? हताहतीको संख्या किन सार्वजनिक गर्दैन चीन ?

असार ८, २०७७

NTC
Sarbottam
फाइल तस्वीर : रोयटर्स
Premier Steels
Marvel

लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच एक साताअघि भएको हिंस्रक भिडन्तमा मारिएका सैनिकको संख्या चीनले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

भारतले आफ्ना २० सैनिकहरू मारिएको तथा ७६ जना घाइते भएको सार्वजनिक गरिसक्दा चीनले चाहिँ संख्या लुकाउन खोज्दा अनेकथरी अनुमान गरिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति ठूलो भिडन्त हुँदा चीनतर्फ हताहती नै नभएको पक्कै हैन ।


Advertisment
Nabil box
Kumari

हिंस्रक भिडन्तको खबर सार्वजनिक भएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले स्रोतको हवाला दिँदै चिनियाँ सैनिकहरू हताहत भएको भन्दै ट्वीट गरेका थिए । उनले त्यतिखेर संख्या चाहिँ खुलाएका थिएनन् ।

Vianet communication
Laxmi Bank

त्यतिखेर उनले अर्को ट्वीट गर्दै 'जनताको भावनालाई उत्तेजित नबनाउनका लागि चिनियाँ जनमुक्ति सेनातर्फ भएको हताहतीको संख्या चीनले सार्वजनिक नगरेको र यो बेइजिङको सद्भाव हो’ भनी दाबी गरेका थिए ।

यसैबीच भारतीय पक्षले चाहिँ अमेरिकी जासूसी संस्थाको सूचनाको हवाला दिँदै चीनतर्फ कम्तीमा ४० जना हताहत भएको बताउँदै आएको छ तर त्यसको प्रमाण चाहिँ दिएको छैन ।

भारतको केन्द्र सरकारका मन्त्री तथा पूर्व सेनाप्रमुख भीके सिंहले एक टीभी च्यानलसँग कुराकानी गर्दै ४० भन्दा बढी चिनियाँ सैनिकहरू उक्त भिडन्तमा मारिएको बताए ।

सन् १९६२ को युद्धमा पनि चिनियाँहरूले मारिएको सैनिकको संख्या तत्कालै सार्वजनिक नगरेको र निकै पछि मात्र बताएको उनको भनाइ छ । हुन पनि चिनियाँ जनमुक्ति सेनाले आफ्ना दस्तावेजमा सन् १९९४ मा मात्र उक्त युद्धमा हताहत भएका सैनिकको संख्या सार्वजनिक गरेको थियो ।

भीके सिंहको यो भनाइलाई चिनियाँहरूले सकारात्मक हिसाबमै लिएको देखिएको छ । ग्लोबल टाइम्सले सिंहको भनाइलाई यस्तो किसिमले व्याख्या गरेको देखिन्छ :

ती अधिकारी उग्रपन्थीहरूलाई सन्तुष्ट बनाउनका लागि अनुमान गर्दै राष्ट्रवादीहरूलाई शान्त गर्न चाहन्छन् । उनीहरू चीनलाई थप उत्तेजित बनाउने किसिमले सरकारमाथि थप दबाब दिन चाहँदैनन् । चीन तनाव नचर्कोस् भन्ने चाहन्छ, त्यसैले उसले हताहत सैनिकको संख्या सार्वजनिक नगरेको हो । हताहत भएका चिनियाँहरूको संख्या २० भन्दा कम भएमा भारतीय सरकार पुनः दबाबमा आउन सक्छ ।

यो व्याख्यामा दम देखिन्छ, किनकि हिंस्रक भिडन्तलगत्तै भारतीय पक्षतर्फ चलेका अनुमानमा चिनियाँ हताहतीलाई दोब्बर वा त्यसभन्दा बढी देखाइएको थियो । चीनसँग लामो युद्ध गर्न सक्ने सामर्थ्य हासिल नगरिसकेको भारतले संख्या बढाबढमा सन्तुष्टि लिएको हुनसक्छ ।

अनि दुवै देशमा राष्ट्रवादी छवि भएका प्रमुख कार्यकारी भएकाले पनि संख्याको यो खेल चलेको हो । पारदर्शिता अपनाउने भारतीय लोकतन्त्रले आफ्ना सैनिकको हताहती संख्या तत्कालै सार्वजनिक गर्‍यो अनि बढी संख्यामा चिनियाँ हताहत भएको संकथनलाई पनि अनौपचारिक रूपमा अघि बढायो । मोदीलाई बलियो तथा राष्ट्रवादी शासकको छवि कायम राख्न उनीप्रति बफादार मिडिया र सामाजिक सञ्जाल समूहले यसको व्यापक प्रचारप्रसार गरे ।

उता सी चिनफिङलाई पनि आफ्नो राष्ट्रवादी तथा आक्रामक छवि कायम राख्न भारतीय सैनिकको हताहती संख्याले सहज बनायो । एउटा पनि गोली नचलाइकन भारतका २० सैनिकलाई जनमुक्ति सेनाले मारेको भनी प्रचार गर्न चीन सरकारले बाटो पायो ।

अनि आफ्नोतर्फको हताहती लुकाएकाले कुनै क्षति नभएको देखाउने बहाना चीनले पायो । चीनको पारदर्शिताको परिभाषा बेग्लै रहेको सूचो विश्वविद्यालयका प्राध्यापक भिक्टर गाओले बताएका छन् र उनका अनुसार चीनले भविष्यमा कुनै बेलामा हताहतीको संख्या सार्वजनिक गर्नेछ ।

चिनियाँ सामाजिक सञ्जालमा भारतसँगको तनावको चर्चा गरियो र जनतामा हताहतीको संख्यामा चासो पनि देखियो । तर सरकारले भनेकै कुरालाई उनीहरूले पत्याएको देखिन्छ । एकजना वीबो प्रयोगकर्ताले एकजना पनि चिनियाँ सैनिक नमारिएको लेखे ।

संख्याको यो राजनीति दुई देशका नेताको राष्ट्रवादी छवि जोगाउने कसरतका रूपमा बुझ्नुपर्छ ।

यससँगै अर्को एक प्रश्न पनि उठिरहेको छ । भारतले आफ्नो सैन्य क्षमता कम भएकाले युद्ध गर्न नचाहेको त स्पष्ट छ तर चीनले किन युद्ध अघि बढाउन नचाहेको होला ?

चीनले सामरिक तथा रणनीतिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यकामा कब्जा गरिसकेकाले उसको अभीष्ट तत्कालका लागि पूरा भइसकेको छ । त्यसैले युद्ध गर्नुको औचित्य अहिले उसले नदेखेको हुनुपर्छ ।

अनि उसले शान्तिको सन्देशलाई रणनीतिक रूपमा पनि लिएको देखिन्छ । अहिले निरन्तर शान्तिपूर्ण समाधानको कुरा झिक्दा उसले आफू युद्धको पक्षमा नरहेको देखाउन पाउँछ । अनि कथंकदाचित् जानाजान वा भूलवश भारतले युद्ध शुरू गरेछ भने उसले भन्न पाउनेछ– हामीले युद्ध चाहेका हैनौं, तर भारतले नै शुरू गर्‍यो । त्यसपछि उसलाई प्रतिकारका लागि युद्धमा जानुपरेको भन्न सजिलो हुन्छ ।

त्यसो त चीनले भारतलाई आफूभन्दा निकै कनिष्ठ शक्ति मान्ने हुनाले उससँग युद्ध गर्न खासै चासो देखाएको पाइँदैन । युद्ध नै भएछ भने उसका लागि यो पूर्वाभ्यास जस्तो मात्र हुनेछ ।

यसै सन्दर्भमा दुई देशको सीमाविवादमा मोदीले दिएको बयान पनि अर्थपूर्ण छ । गत शुक्रवार सर्वदलीय बैठकपछि मोदीले हालैका दिनमा भारतले चीनसमक्ष भूभाग नगुमाएको स्पष्ट बताएका थिए

उनीहरू हाम्रो सीमाभित्र प्रवेश गरेका छैनन् र उनीहरूले हाम्रो कुनै पनि सुरक्षाचौकी हात पारेका छैनन्, मोदीले भनेका थिए ।

मोदीले चिनियाँ सैनिकहरू भारतीय भूभागमा प्रवेश गरेको स्वीकार गर्नेबित्तिकै सार्वभौमसत्तामाथिको आक्रमणको रूपमा लिएर युद्धको उद्घोष गरिहाल्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले आफ्नै बुतामा युद्ध गर्न सक्ने अवस्था नरहेको र साझेदार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको मुखमा आफ्ना सैनिकलाई भारत–चीन सीमामा खटाउने सम्भावना नरहेकाले मोदीले युद्धको हुंकार भर्न नसकेका हुन् ।

अनि भारतले रणनीतिक स्वायत्ततामा जोड दिएकाले र अमेरिका भरपर्दो साझेदार हैन भन्ने थाहा पाएकाले पनि मोदीलाई अप्ठ्यारो परेको हो । त्यसो त ट्रम्पले भारत र चीनबीचको तनाव मत्थर पार्न आफ्नो प्रशासनले काम अघि बढाइरहेको बताएका छन् । 

त्यसमाथि भारतसँग निकै सुमधुर सम्बन्ध रहेको रुस पनि अहिले चीनको परम मित्र तथा साझेदार हो । युरोपले निहुँ खोजिरहेको बेलामा रुसले चीनसँगको मित्रतालाई भारतका खातिर तिलाञ्जलि दिन सक्दैन ।

त्यसो त भविष्यमा चीन र अमेरिकाबीचकै सम्बन्ध पनि नाटकीय रूपमा सुधारिन सक्छ किनकि उनीहरूबीचको व्यापारिक साझेदारी घनीभूत छ । त्यस्तो अवस्था आयो भने भारत अलपत्र पर्ने खतरा रहन्छ ।

त्यसैले भारतका लागि विकल्पहरू कम रहेकाले युद्धको सम्भावना टरेको देखिन्छ भने चीनले लद्दाखमा स्वार्थसिद्धि गरिसकेकाले उसलाई पनि युद्ध अपरिहार्य नरहेको पाइन्छ । युद्ध नभएपनि यस क्षेत्रमा असहज शान्ति चाहिँ कायम नै रहने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x