×

NMB BANK
NIC ASIA

घरभाडामा ५० प्रतिशत छुट दिन ठमेलका व्यवसायीको माग

असार ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन्।
    
बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन्।
    
आइतबार ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा परिषदद्वारा गठित कोभिड-१९ पर्यटन व्यवसायी विपद् समन्वय समितिका संयोजक तथा परिषद्का उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफलले घर भाडाको ५० प्रतिशत छुट दिन र कोभिड महामारी अवधिभर घर भाडा नबढाउन आग्रह गरिएको आज जारी विज्ञप्तिमा उल्लेख छ।
    
लकडाउन शुरु भएदेखि कम्तीमा एक वर्षसम्म ठमेललगायतका पर्यटकीय क्षेत्रका घर धनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी छुट दिन घर धनीलाई सार्वजनिक आह्वान गरिएको संयोजक शर्माले बताए।

Muktinath Bank

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै इन्टरनेटका हकमा सोही मुताविक अनुरोध गरिएको छ। कोभिड महामारीबाट धरासायी बनेको पर्यटन र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिने ठमेललगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीलाई जोगाउन घरधनी, व्यवसायी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
    
ध्यानाकर्षण गराउने संयुक्त संस्थामा परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एशोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल र कैलाश यात्रा सङ्घ रहेका छन्।


Advertisment
Nabil box
Kumari

बन्दाबन्दीले अहिले ठमेल क्षेत्र सुनसान जस्तै छ। कतिपय व्यवसायीको सटर बन्द छन्। संयोजक शर्माका अनुसार ठमेल क्षेत्रमा २०० घरधनी र १० हजार व्यवसायी रहेको बताइन्छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x