×

NMB BANK
NIC ASIA

बुटवलको नीति: स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा

असार ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले नागरिकको जीवनरक्षालाई पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकताका साथ अघि सारेको छ।

Muktinath Bank

उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा नागरिकको जीवनरक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख प्रस्तुत गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका साथै बृहत् बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग, व्यापारलाई पनि प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। उपमहानगरको आज शुरु भएको नगरसभाको सातौँ अधिवेशनमा आव ०७७/७८ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले जीवन रहे सम्बृद्धिपछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट अगाडि बढ्ने प्रयास गरिएको बताए। उनले भने, 'नागरिकको जीवनरक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यही नै हो।'


Advertisment
Nabil box
Kumari

नीति कार्यक्रममा स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखी यसमा लगानी वृद्धि गर्ने प्रकृति अनुकूल हुने गरी विकास प्रयास अगाडि बढाउँदै जान आग्रह गरिएको छ। आहार विहार, जीवनशैलीलाई पूर्वीय दर्शन अनुकूल बनाउने, व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सरसफाइलाई ध्यान दिन उपमहानगरले आग्रह गरेको छ।

Vianet communication
Laxmi Bank

महामारीले परम्परागत असल बानी व्यवहारलाई पुनः स्मरण गराएको र स्व–नियममा रहँदा यस्ता महामारीमा विजय प्राप्त गर्न सकिने कुरा क्रमशः स्थापित हुँदै गएको ठहर छ। 

नीति कार्यक्रममा बृहत् बुटवल र भविष्यको महानगरका रुपमा फराकिलो अवधारणाका साथ छिमेकी पालिकासँग समन्वयात्मक रुपमा विकास प्रक्रिया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ। 

कोभिड-१९ को सङ्क्रमण नियन्त्रण र उपचारको सन्दर्भमा यस क्षेत्रले खेलेको महत्वपूर्ण भूमिकाले सबैलाई स्पष्ट पारेको उल्लेख गर्दै राजधानीको हैसियत बोकेको बृहत् बुटवलले स्थानीय नागरिकको आकाङ्क्षा सम्बोधन गरेर मात्र नभई यस क्षेत्रका समग्र बासिन्दाको समस्या समाधानको नेतृत्वसमेत गर्नुपर्ने थप जिम्मेवारी बोध गराएको बुटवलको ठहर छ।

कोभिड– १९ को सङ्क्रमणलगायतका महामारी र विपद्बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध स्रोतसाधन, क्षमता र अवसरको उच्चतम् परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने, चालू आर्थिक वर्षका अधुरा वार्षिक योजना तथा कार्यक्रमलाई निरन्तरता दिइ सम्पन्न गर्ने उल्लेख गरिएको  । 

बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा शहरी कृषिलाई लिँदै कृषि प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व वृद्धिका लागि विशेष अवधारणा बनाएको छ। सहकारीसँगको सहकार्यमा कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ। एक वडा एक उत्पादनको नीतिअनुरुप उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गर्नसमेत बुटवलले सहयोग गर्ने भएको छ।

शहरी क्षेत्रमा विषादीरहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसी खेती प्रवद्र्धन तथा पुष्प खेती कार्यक्रम सञ्चालन गरिने भएको छ । 

नगरभित्र सञ्चालित ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम’ लाई निरन्तरता दिइने साथै यस कार्यक्रममा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समेत समावेश गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ।

पोषण शिक्षा कार्यक्रमलाई कोभिड-१९ जस्ता महामारी रोकथाममा समायोजन गरी र मातृशिशु स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी र नतिजामुखी बनाउनका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व’ प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिने भएको छ । विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकताका साथ प्रभावकारीरुपमा सञ्चालन गर्दै लगिनेछ ।

बुटवलले उपमहानगरपालिकाको वडा नं ७ मा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूतिको विशिष्टकृत सिटी अस्पतालका रुपमा रुपान्तरण गरी सञ्चालन गर्न आवश्यक तयारी गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै केन्द्र र प्रदेश सरकारको सहयोग तथा निजी क्षेत्रको सहकार्यमा ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक पहल गरिने, १५ श्ययासम्मका अस्पताललगायतका स्वास्थ्य संस्थाको पूर्वाधार, सेवा प्रवाह तथा गुणस्तरको मापदण्ड तयार गरी दर्ता तथा नियमन गर्ने आवश्यक कानूनी प्रबन्ध मिलाइने भएको छ । नगरका नागरिक बिरामी हुँदा आवश्यकपर्ने रगतमा अनुदान उपलब्ध गराइने उल्लेख छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूतिको विशिष्टकृत सिटी अस्पतालका रुपमा रुपान्तरण गरी सञ्चालन गर्न आवश्यक तयारी गरिने भएको छ ।

केन्द्र र प्रदेश सरकारको सहयोग तथा निजी क्षेत्रको सहकार्यमा ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक पहल गरिनेछ । बुटवलले स्वास्थ्य संस्थाको ल्याबबाट ४० वर्षमाथिका नागरिक र अपाङ्गता भएका तथा एकल महिलाको रक्तचाप, अल्बुमिन र मधुमेह निःशुल्करुपमा जाँच गर्ने व्यवस्था यसअघि नै मिलाएको छ । यसैगरी १५ श्ययासम्मका अस्पताललगायतका स्वास्थ्य संस्थाको पूर्वाधार, सेवाप्रवाह तथा गुणस्तरको मापदण्ड तयार गरी दर्ता तथा नियमन गर्ने आवश्यक कानूनी प्रबन्ध मिलाइने भएको छ । नगरका नागरिक बिरामी हुँदा आवश्यक पर्ने रगतमा अनुदान उपलब्ध गराइने भएको छ  ।

कोरोना सङ्क्रमणको सन्त्रासले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गरी शिक्षामा वैकल्पिक प्रविधि र पद्दतिको प्रयोग बढाई बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउन सिङ्गो बुटवल, एक विद्यालयको अवधारणाअनुरूप शिक्षाको नयाँ पद्धति विकास गरिने भएको छ । अनाथ एवं विपन्न परिवारका बालबालिकलाई अन्य बालबालिकासरह शिक्षाको पहुँचमा ल्याउन विशेष व्यवस्था गरिनेछ ।

नीति कार्यक्रममा बुटवललाई समतामूलक र मानवताको शहर बनाउने अभियानलाई अझ प्रभावकारी बनाइने भएको छ । महिला, आदिवासी जनजाति, थारु मुस्लिम, दलित, यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरुको क्षमता विकास, सशक्तीकरण र उत्थानमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरी मूल प्रवाहमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ । 

बुटवल उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजनाले लक्ष्य गरेअनुसारका कार्यक्रम क्रमशः कार्यान्वयनमा ल्याइने भएको छ । पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने र वडा भेला तथा वडा कार्यालयबाट सिफारिस भई आएका योजनाको प्रोजेक्ट बैंक बनाई सङ्घ तथा प्रदेश सरकार एवं अन्य सङ्घसंस्थासँगको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने भएको छ ।  

बुटवलका पर्यटकीय क्षेत्रलाई एउटै सर्किटमा राखेर प्रवद्र्धन गरिने भएको छ । सङ्घ, प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, हिलपार्कमा विशाल बुद्ध मूर्ति स्थापना र जितगढी युद्ध सङ्ग्रहालय निर्माण तथा पुरानो बटौलीको मौलिक पहिचान स्थापित गर्न गुरुयोजना कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलका रुपमा क्रमशः विकास गरिने भएको छ । पर्यटन स्थलको संरक्षण, सम्वद्र्धन तथा प्रचारप्रसार र पर्यटन प्रवद्र्धन बोर्ड गठन गरी क्रियाशील बनाइनेछ । 

कृषि क्षेत्रलाई स्वरोजगारीको आकर्षक क्षेत्र बनाइने भएको छ । कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गर्दै नवीनतम् सीप तथा प्रविधिको प्रयोगमार्फत आधुनिकीकरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादकत्व तथा उत्पादनलाई वृद्धि गर्ने नीति लिइने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किइ कृषिकर्ममा लाग्न चाहेका युवायुवती तथा नागरिकलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने नीति कार्यक्रममा उल्लेख छ । – भरत केसी/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x