×

NMB BANK
NIC ASIA

फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

“मालदह । आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए ।”

Sagarmatha Cement
Muktinath Bank

जिल्लाका बजारहरूमा बाटोमा आँप बेच्दै गरेका एक विक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए । पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोनाविरुद्धको लकडाउनको प्रवाह नगरी  स्थानीयवासीको भीडभाड पनि त्यत्तिकै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका विभिन्न स्थानमा डेरा गरी बस्ने भारतीय व्यापारी तथा विक्रेताहरू आँप बेच्दै थिए । मिथिलाञ्चालको लोकप्रिय फलको रूपमा आँपलाई लिने गरिएको छ । फलहरूको राजाका रूपमा आँपको पहिचान छ । मिथिलाञ्चलमा मानिसको जन्मदेखि मृत्यु पर्यन्त पनि आँपको प्रयोग हुने गरेको छ । आँपको पात शुभकार्यमा कलशमा राख्न प्रयोग गरिन्छ भने सुकेको काठ हवन र यज्ञादिमा प्रयोग गरिन्छ । शव जलाउन पनि आँपको काठलाई प्राथमिकता दिने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आँपको मौसम भएका कारण पनि शहरबजारमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि आँपको व्यापार हुने गरेको पाइन्छ । आँपलाई मिथिला संस्कृतिको सर्वाधिक लोकप्रिय रुखका रुपमा मान्ने गरिएको स्थानीय जानकार उमाशङ्कर साहले बताए । शिव पार्वतीको विवाह आँपको रुखको छहारीमा भएको पुराणहरूमा उल्लेख गरिएको छ । यो रुखलाई स्वर्गको बगैँचाबाट नारदमुनिले धर्तीमा ल्याएका थिए । पुराणहरूका अनुसार पञ्चपुष्प अर्थात् पाँच फूलमध्ये चम्पा, समी, कमल, कनेरसँगै आँप पनि एक रहेको छ । विशेषतः पुसदेखि भदौ महिनासम्म आँपको मौसमको रुपमा मानिन्छ ।

Vianet communication
Laxmi Bank

बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया र गुलाबलगायतका आँप छिटो पाक्ने आँप हुन् भने मालदह, सिपीया, दशहरी, फजिलीलगायत जातका आँप मध्यम जातको रुपमा पर्दछन् । कलकतिया र भदैयालगायतका ढिलो पाक्ने आँप हुन् तर पछिल्लो समयमा कृषकले बढी मूल्य पाउने लोभमा विभिन्न किसिमका अखाद्य रसायनको प्रयोग गरेर आँपलाई चाँडो पकाउन थालेका छन् । त्यसै त अखाद्य रसायनको प्रयोग गरेर कुसमयमा पकाएको आँपको स्वाद त बिग्रन्छ नै त्यसले उपभोक्ताको स्वास्थ्यमा पनि हानी पुर्‍याउने गरेको चिकित्सकहरू बताउँछन् । प्रदेश नं २ का जिल्लामा आँपको बगैँचा आफ्नै नहुने गाउँ र कृषक बिरलैै होलान् । पहिला–पहिला आँपको बगैँचा, इनार र पोखरी नहुने घरमा आफ्नी छोरी दिन नमान्ने अर्का जानकार छोटेलाल साहले बताए ।

पछिल्लो समयमा आँपको व्यावसायिक खेती हुन थालेपछि कृषक आँपप्रति आर्कषितसमेत हुन थालेका छन् । यसैले पछिल्लो समय आँपखेती गर्ने क्षेत्रफल पनि बढेको कृषि ज्ञानकेन्द्र मलङ्गवाले जनाएको छ । कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवका अनुसार जिल्लामा अहिले करिब दुई हजार १८० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुने गरेको छ । तुलनात्मकरूपमा १० हजार ९०० मेट्रिक टन आँप उत्पादन हुनुपर्नेमा असिनापानी तथा हावाहुरीले गर्दा केही उत्पादन हुनुपर्नेभन्दा कम आँप उत्पादन भएको उनकाे भनाइ छ ।

आँप उत्पादनको प्रमुख समस्या ‘अल्टरनेट बियरिङ’

आँप उत्पादनको प्रमुख समस्या अल्टरनेट बियरिङ हो । कृषिविद्हरू एक वर्ष बिराएर बाली लगाउने प्रवृत्तिलाई अल्टरनेट बियरिङ भन्छन् । अल्टरनेट बियरिङको समस्याका कारण आँप हरेक वर्ष नफल्ने तथा कम फल्ने गरेको यादवको भनाइ छ । उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेका अनुसार पुराना आँपका जात तथा बोटहरू एक वर्ष बिराएर फल्ने गरेका छन् जसका कारण गत वर्षको तुलनामा यस वर्ष आँप कम फलेको किसानको पनि अनुमान छ ।

यस भेगमा बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया, गुलाव, मालदह, सिपीया, दशहरी, फजिली, कलकतिया र भदैया जातका आँपको बगैँचा देख्न सकिन्छ । किसानले फलसँगै सुकेका हाँगा दाउराका रूपमा प्रयोग गर्न पाउँदा यिनै जातका आँप लगाउने गर्दछन् तर पुराना जातका आँप वर्ष बिराएर फल्ने गरेका कारण किसान पछिल्लो समयमा आम्रपाली, मल्लिका, दशहरी, अलफान्सो, अनवरतौलजस्ता आँपखेतीमा लागेका छन् । आधुनिक जातका आँपमा अल्टरनेट बियरिङको समस्या कम हुने गरेको कृषिविज्ञहरूको बुझाइ छ । पुराना परम्परागतरूपमा लगाइने आँपको फल तयार हुन करिब आठ महिना लाग्ने गर्दछ तर आधुनिक जातका आँप छ महिनामै तयार हुने गरेका कारण पनि किसान पछिल्लो समयमा आधुनिक जातका आँपखेतीमा लागेका छन् ।

आयातित आँपको व्यापारले नेपाली कृषकले नेपालमै उत्पादन गरेको आँपको बजार मूल्य सस्तिएको किसानको गुनासो छ । नेपाली  किसानले आँपको फलमा विषादी कम प्रयोग गर्ने गरेका कारण पनि केही ढिलो पाक्ने गरेको र भारतीय बजारबाट नेपाली बजारमा आँप आउने गरेका कारण नेपाली कृषकले उत्पादन गरेको आँपको मूल्य सस्तिएको पाइएको छ । शङ्खर पहाडी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x