×

NMB BANK
NIC ASIA

कोरोना औषधिबारे बाबा रामदेवको दाबी कानूनको गम्भीर उल्लंघन, १–७ वर्ष जेल हुनसक्ने

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीले उत्पन्न विपद्सँग विश्व नै जुधिरहेका बेला पतंजलि योगपीठका योगगुरु बाबा रामदेवले त्यसको औषधिबारे गरेको दाबी भारतीय कानूनको गम्भीर उल्लंघन भएको पाइएको छ ।

Muktinath Bank

मंगलवार पत्रकार सम्मेलन गर्दै योगगुरु रामदेवले कोरोनिल औषधिले कोरोना शतप्रतिशत निको हुने दाबी गरेका थिए । उनले कोरोनाका बिरामी ७ दिनभित्र शतप्रतिशत निको हुने दाबी गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारै भारतको आयुष मन्त्रालयले भने पतंजलिको दाबीलाई आधिकारिक नभएको स्पष्ट पारेको छ । मन्त्रालयले अनाधिकृत रुपमा गरिएको दाबी र प्रचारप्रसार रोक्न निर्देशन समेत दिएको छ ।


Advertisment
Nabil box
Kumari

बाबा रामदेवको दाबीलाई भारत सरकारले इन्कार गरेसँगै भारतीय कानूनको गम्भीर उल्लंघन भएको चर्चा समेत शुरू भएको छ । भारतीय सञ्चारमाध्यम आजतक अनुसार विपद्का बेला कुनै व्यक्तिले गलत दाबी गर्नु डिजास्टर म्यानेजमेन्ट अथरिटी एक्ट २००५ अनुसार दण्डनीय अपराध हो । कोरोनिल औषधिबारे बाबा रामदेवले गरेको दाबीले कानूनी प्रावधानको उल्लंघन गरेको समेत जनाइएको छ ।

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय अपराध अदालतका ड्युटी काउन्सिल दीपक आनन्द मसीहले कानूनले औषधि बनाउने लाइसेन्स दिने गरे पनि दाबी गर्न लाइसेन्स नदिने बताए । ‘कोरोना शतप्रतिशत निको हुने भनेर गरिएको दाबी विश्वव्यापी महामारीसँग सम्बन्धित भएकाले यसबारे विदेशमा समेत मुद्दा दर्ता हुनसक्छ,’ उनले भने, ‘डिजास्टर म्यानेजमेन्ट अथरिटी एक्ट २००५ अनुसार झूटा दाबी गर्नेलाई १–७ वर्ष जेल सजाय हुनसक्ने व्यवस्था छ ।’

भारतको आयुष मन्त्रालयले पतंजलिले गरेको दाबी आधिकारिक नभएको स्पष्ट पारेको छ । कोरोनाको शतप्रतिशत औषधि भनेर गरिएको दाबी आपत्तिजनक विज्ञापन कानून १९५४ को समेत उल्लंघन भएको आजतकले लेखेको छ ।

आयुष मन्त्रालयको विज्ञप्तिपछि बाबा रामदेवले ‘कम्युनिकेसन ग्याप’ भएको भनेर सफाइ दिएका छन् । उनले पतंजलिले औषधि प्रमाणीकरणका सबै जानकारी आयुष मन्त्रालयले दिइसकेको दाबी समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x