×

NMB BANK
NIC ASIA

भारत र चीनले अमेरिकालाई बीचमा ल्याउन नहुने विज्ञको भनाइ

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनले राजनीतिक तथा सभ्यतागत प्रज्ञा उपयोग गरेर सीमाविवाद समाधान गर्नुपर्ने तथा सैन्य भिडन्तको तयारी गर्न नहुने भारतका पूर्वप्रधानमन्त्रीका एक वरिष्ठ सल्लाहकारले ग्लोबल टाइम्सलाई बताएका छन् । 

Muktinath Bank

मंगलवार ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै सुधीन्द्र कुलकर्णीले दुवै मुलुक सैन्य भिडन्तका लागि तयार नरहेको र तयार हुन पनि नहुने बताए । कुलकर्णी भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीका सल्लाहकार हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उग्रराष्ट्रवाद भारत र चीन दुवैका लागि हानिकारक छ, उनले भने । भारतले चिनियाँ सामान बहिष्कारको मूर्खतापूर्ण अभियान चलाएको उनी बताउँछन् । ‘विकासशील देश तथा दुई ठूला छिमेकीको नाताले हामी एकअर्कासँग


Advertisment
Nabil box
Kumari

सहकार्य गर्नुपर्छ र मुलुकको समृद्धिमा योगदान गर्नुपर्छ साथै विश्वको शान्ति र विकासमा पनि योगदान गर्नुपर्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

सीमामा दुर्भाग्यपूर्ण भिडन्त हुनुअघि अमेरिकाले चीनलाई घेराबन्दी गर्ने विशाल रणनीति अघि बढाइरहेको कुलकर्णीले बताए । अनि अमेरिकाले यो लक्ष्यप्राप्तिका लागि कथित क्वाड्रिल्याटरल मार्फत अन्य देशसँग सुरक्षा साझेदारी बढाउन खोजेको उनले बताए । 

‘दुर्भाग्यवश हाम्रै देशका केही मानिस अमेरिकासँग हातेमालो गरेर चीनलाई घेराबन्दी गर्नेमा विश्वास गर्छन् । यो गलत र खतरनाक सोच हो र यसले भारतको कदापि हित गर्दैन,’ उनले भने । 

अमेरिकाले भारतलाई कुनै पनि सैन्य भिडन्तमा साथ नदिने र उसले साथ दिने सोच्नु भ्रम हो, कुलकर्णीले दाबी गरे । ‘पहिलो त, सैन्य भिडन्त हुनै हुँदैन । मानौं सैन्य भिडन्त भएछ भने पनि अमेरिका त्यसमा संलग्न हुँदैन,’ उनले भने । 

अमेरिकासँग आफ्नै कैयौं समस्या रहेको अनि वर्षौंदेखि उसले विश्वका विभिन्न कुनामा औचित्य साबित नहुने युद्धहरू लडेकाले उसको रुचि यसमा नरहेको उनले बताए । 

अमेरिकाले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीतिको समीक्षा गर्नुपर्ने र सैन्य मानसिकता त्याग्नुपर्ने उनको भनाइ छ । त्यस्तो मनस्थितिले ऊ आफैंलाई चोट पुर्‍याउने र उसको पतन गराउने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x