×

NMB BANK
NIC ASIA

मित्रतामा भारतीय मिडिया संकटपूर्ण : छिमेक सम्बन्धमा भड्कावपूर्ण हर्कत !

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालसँगै दिल्लीमा अभिमानको पारो बढेको छ । शासकमा दुर्योधनको झैं घमण्ड र कूटनीतिमा सकुनीको झैं कपटी पासाको अभ्यासले नयाँदिल्लीमाथि बिस्तारै संकटको बादलका धर्साहरू देखिन थालेका छन् ।

Muktinath Bank

नयाँदिल्ली माथिको भाबी संकटका लागि मूलतः भारतीय मिडियाहरू जिम्मेवार छन् । भारतीय मिडियाको प्रस्तुति, चेतना र विचार निर्माणको स्तर एवं सन्देश प्रवाहमा देखिने आत्मरति दिल्लीको राष्ट्रियता र लोकतान्त्रिक भविष्यका लागि गम्भीर खतरा बन्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय मिडियाले यस क्षेत्रका छिमेकीलाई स्टुडियोबाटै १ नम्बर सत्रु घोषणा गर्छन् । स्टुडियोबाटै आर्टिलरी र सेना मैदानमा उतार्छन् । स्टुडियोभित्रै भारत र अन्य छिमेकीको हात–हतियार र सेनाको संख्या गणना गर्छन्, तुलना गर्छन्, आफैं युद्धमा छिमेकीहरूविरुद्ध चक्रव्यूह निर्माणको कोरियोग्राफर बन्छन् । उनीहरू त्यत्तिमै रोकिँदैनन्, स्टुडियोलाई रणभूमि बनाएर हातमा लिएको बूमलाई शक्तिशाली एटम बम बनाउँछन्, शब्दहरूबाटै रिमोर्ट दबाउँछन् र सत्रुपक्षलाई तबाह बनाउँछन् । त्यतिञ्जेल वास्तविक सेना, परिपक्व कूटनीतिज्ञ र उच्च ओहोदाका राजनीतिज्ञहरू धेरै पछाडि हुन्छन् ।


Advertisment
Nabil box
Kumari

जब स्टुडियो भित्रको रणमैदानलाई पत्रकारले गोला बारुदमय बनाउँछन्, तेजस्, मिग र सुखोइ, राफेल जस्ता अत्याधुनिक लडाकू विमानबाट स्टुडियोभित्रै सत्रुपक्षमाथि बम वर्षाको अवस्था सिर्जना हुन्छ, टेलिभिजनका दर्शकहरू मुलुक युद्धबाट गुज्रिरहेको बुझाइ बनाउँछन् । प्रायः नागरिकको देशभक्तिको रगत उम्लिरहेको हुन्छ, फेरि मिडियाहरू स्टुडियोबाटै प्रतिपक्षीको देशभक्तिको डिग्री नाप्छन् र सत्ताविरुद्ध बोल्ने प्रतिपक्षी स्टुडियोबाटै चीन–नेपाल र पाकिस्तानको एजेन्ट घोषणा हुन्छ । प्रतिपक्षी सफाइ दिन खोज्छ, सफाइ पाउँदैन र अन्त्यमा मिडियाले उसलाई यसपछि सत्ताको विपक्षमा उभिएर चर्को आवाज नउठाउने कबुल नामा गराउँछन् ।

Vianet communication
Laxmi Bank

यतिका प्रक्रिया सकिएपछि अन्ध राष्ट्रवादका हिमायतीहरू टीभीको बहस कार्यक्रममा ल्याइन्छ । उनीहरूलाई छिमेकविरुद्ध कडा रुपमा प्रस्तुत हुने विषय दिएर प्रतियोगिता गराइन्छ । केही उग्र चिन्तनका रिटायर्ड जर्नेल र कर्णेलहरू पनि छिमेकी मुलुकविरुद्ध जहर ओकल्छन् । वास्तवमा रिटायर्डहरूको कुरा सुन्ने फुर्सद नाति–नातिनालाई नै हुँदैन, छिमेकले वास्ता गर्दैनन्, पत्नीलाई बुढाको गन्थनभन्दा सिरियल प्रिय लाग्छ । समय बिताउने उपाय खोज्दै रन्थनिएका रिटायर्डहरूलाई जब मिडियाले कल गर्छन्, त्यसपछि खुशीको सीमा रहने कुरै भएन ।

टीभीको बहसमै युद्ध अभ्यास गराएर आफ्नो देशभक्ति दर्शाउने मौका पाएका भारतीय पत्रकारले सोध्छन् – सर, के तपाई समय निकाल्न सक्नुहुन्छ ?

रिटायर्डहरू व्यस्तताको अभिनय गर्दै भन्छन् – मसँग त्यतिधेरै समय त छैन, काम धेरै छ तर पनि जीवनभर राष्ट्रको सेवा गरें, तपाईंको मिडियामा गरिने कुरा पनि देशकै लागि भएकाले १–२ घण्टा निकाल्नसक्छु ।

त्यसपछि मिडियाका जर्साब र रिटायर्ड जर्साब मिलेर टीभीको बहसलाई रणमैदानमा बदल्छन् । मिडियाको जर्साबले प्रश्न गर्छ – जर्नेल ..., भारतीय सेना हिमालयकी उँची चोटी मे लडाइँ लड््ने मे संसार के बहादुर सेना मानिजाती है, इसिलिए अब चीन घबराया दिखता है, आपको क्या लागता है ?

रिटायर्ड जर्साब निकै प्रशन्नताका साथ जवाफ दिन्छन् – आपने यह बात बिल्कुल सही कहा है, भारतीय सेना दुनियाँ की सबसे अद्भुत पराक्रमवाली सेना है, यह तो दुनियाँ को मानना ही पडेगा । १९६२ के लडाइँ मे हमारी ताकत क्या है, वह सबको पता चल गया, हम बहादुरी के साथ पिछे हट गय थे । हम ने कुछ चिनी सेनाऔं को भि मार गिराया था । लेकिन लडाइँ उन्होने बहुत चलाखी तरिके से जीते, बल से नही ।

मिडिया जर्नेल (पत्रकार) फेरि प्रश्न सोध्छ – लेकिन सर अब हम १९६२ का भारत नही है ना, यह वात तो चीन और पाकिस्तानको समझ मे आना चाहिए ना ?

रिटायर्ड जर्साब गर्जिन्छन्, किनकि अब उनले लडाइँ लड्नुपर्ने छैन, अरुलाई उत्तेजनामा ल्याउने त हो । जुँगा बटार्दै रिटायर्ड जर्नेल भन्छन् – हाँ अभी भारत बहुत ताकतवर बन चुका है । हम हिमालय से समुन्द्र तक और पाकिस्तान से चीन तक युद्ध लड्ने मे सक्षम है ।

पत्रकारले अर्को प्रश्न सोध्छन् – जर्नेल ..., अभी अभी सुत्रों से खबर आया है कि गलवान भ्याली मे जो हमारे २० जवान शहीद हुए है, लेकिन चीन के बहुत सैनिक या घायल हो गए या फिर मारे गए । अब आप ही बताइए क्या यह हमारी सेनाका पराक्रम नहीं है ?

रिटायर्ड जर्साब जवाफ दिन्छन् – हमारी स्रोत के अनुसार गलवान भ्याली मे ५० से ६० चिनी सैनिक मारे गए और चीनका एक कर्णेलको भारतीय सेना ने जिन्दा पकडा, बाद मे छोड दिया ।

टीभी (जर्नेल) पत्रकार रक्षा विशेषज्ञलाई सोध्छन् – सर, आप रक्षा मामिला के अच्छे जानकार है, गलवान भ्याली के हिंस्रक झडप के बाद वह पाकिस्तान भी गिदड भभकी दे रहा है, उसका तो कुछ करने का औकात हि नही है ना ? फिर क्यौं चिल्ला रहा है वह ?

रक्षा विशेषज्ञ भन्छन् – देखिए पुल्वामा अन्जाम और भारत के सर्जिकल स्ट्राइक के बाद पाकिस्तान बहुत घबरा गया है । वह भारतीय सेना के आगे कुछ कर नही पाएगा, लेकिन चीन के साथ जो कन्फ्रटेसन हो रहा है, इस मे वह मौके तलाश मे हो सकता है ।

पत्रकार भन्छन् – बहुत सही कहा सर आपने । हम यही बताने के कोशिस कर रहे थे, जो आप ने आसानी के साथ बता दिया ।

टीभी पत्रकार अर्को दिन फेरि नेपाल मामिलामा आइपुग्छन्, केही रिटायर्ड कूटनीतिज्ञ र प्रोफेसर लिएर ।

पत्रकार सोध्छन् – सर, कालापानी मे दावा करने कि नेपाल कि हिम्मत कैसे हुइ ? वह चीन के गोद मे चले गया लगता है ? नेपाल चीन कि इशारो मे यह सब कर रहा है ना ?

प्रोफेसर र रिटायर्ड कूटनीतिज्ञहरु केही सम्हालिएर जवाफ दिने कोशिस गर्छन् – सरकार ने नेपाल को बेवास्ता नही करना चाहिए था । वातचित से सब सुलझ सकते थे । कुछ देर हुइ । लेकिन यह सच है कि नेपाल अब चीन के तरफ झुकाब बढा रहा है । वहाँ के प्रधानमन्त्री ने सत्ता बरकरार रखने के लिए यह मुद्दा उठा लिया । वह कम्युनिस्ट पार्टी के तरफ से प्रधानमन्त्री चुने गए था । चीन कि कम्युनिस्ट पार्टी और सरकार के साथ उनका सम्बन्ध घनिष्ठ हो रहा है । 

पत्रकार फेरि जोड दिँदै सम्झाउँछन् – सर, लेकिन अब तो नेपाल चीन के हाथों मे चले गया ना ? कूटनीतिज्ञ भन्छन्, हाँ वही देखाइ दे रहा है ।

अब विचार गर्नुस्, यस्ता मसलेदार प्रश्नोत्तर कहानीले अहिलेसम्म त भारतका छिमेकी मुलुकलाई मनोरञ्जन दिएकै छन् तर अब बिस्तारै यस्ता कहानीले आसपासका छिमेकी बढी इरिटेड बन्दै गएका छन् । यस्ता बेतुकका मिडिया कहानीले कुन दिन छिमेकीलाई भारतविरुद्ध एकजुट हुन बाध्य पार्छ । रिटायर्ड फौजीहरू सैन्य जीवनमा नलडेका मोर्चाहरू लड्ने उपयुक्त प्लेटफर्म मिडियालाई बनाउँछन् । आफ्नो सैन्य जीवनभर हातबाट १ जना सत्रुको हतियार खोस्न सफल भए वा भएनन् थाह छैन तर मिडियामा उनीहरूको गर्जनले मात्रै इन्द्र धनुष भाँचिने सम्भावना देखिन्छ । यस्ता उग्र हर्कतले छिमेकीलाई आफ्नाविरुद्ध उत्तेजित बनाउनेबाहेक कुनै लाभ गर्दैन भन्ने कुरा दिल्लीले बेलैमा बुझे हुन्छ ।

राजनीतिज्ञहरू सैन्य शक्तिको व्याख्या गर्छन्, सैन्य एक्सपर्टहरू राजनीतिको व्याख्या गर्छन्, कूटनीतिज्ञहरू छिमेकीलाई कसरी तह लगाउन सकिन्छ भन्नेमा आर्थिक रायको लामो चर्चा गर्छन् र अर्थशास्त्रीहरू बढ्दो व्यापार घाटाबारे कूटनीतिक व्याख्या गर्छन्, ती मिडियाका कतिपय हर्कतहरू हेर्दा तिनका बहस र विषयवस्तु कपिल शर्मा शोभन्दा पनि अब्बल कमेडीझैं लाग्छन् । सूर न तालका विषयमा हंगामा मच्चाएर त्यसलाई आमनागरिकको धारणाको ब्याख्या गरिन्छ अनि राजनीतिज्ञ, कूटनीतिज्ञ र सुरक्षा निकायलाई घिर्सार्दै छिमेकीविरुद्ध सीमा क्षेत्रमा पुर्‍याइन्छ । त्यहाँ एउटा घटना हुन्छ र त्यसपछि छिमेकीविरुद्ध गाली गलौजको अर्को प्रहसन शुरू हुन्छ ।

भारतीय मिडियाको इतिहासमा एउटा अनौठो प्रचलन छ, देश युद्धमा घोषित रुपले जाओस/नजाओस् मिडियाहरू हमेशा छिमेकी विरुद्धको युद्धमै व्यस्त हुन्छन् । स्टुडियोबाटै युद्ध घोषणा गर्ने र स्टुडियोबाटै दिल्लीलाई विजयी घोषणा गर्ने कुरा अब भारतीय मिडियाको दिनचर्याको अनिवार्य हिस्सा बनेको छ ।

भारतका केही प्राधिकारपूर्ण मिडिया

संसारमा मिडियालाई चौथो अंगका रुपमा हेरिन्छ तर भारतमा मिडियाको भूमिका कार्यकारीभन्दा अघि बढेर प्राधिकारसम्पन्न जस्तो देखिन्छ । सत्ताको तावेदारी भारतीय मिडियाको मूल प्रवृत्ति हो । सत्ता विरुद्धको कुनै आवाजमा त्यहाँको मिडियाले विपक्षीलाई साथ दिँदैन । यो मिडियाको आमचरित्रभन्दा विपरीत हर्कत हो । हातमा बूम बोकेर प्रतिपक्षीमाथि दादागिरी गर्ने भारतीय मिडियाको निशानामा परेका राहुल गान्धी यतिबेला हैरान छन् । आदिवासी, अल्पसंख्यक र मुसलमानविरुद्ध भारतीय मिडियाको हर्कत खपी नसक्नु छ ।

लोकतन्त्रको व्याख्या गर्ने, संविधानको व्याख्या गर्ने, धार्मिक र सांस्कृतिक ब्याख्या गर्ने सम्पूर्ण अधिकार अघोषित रुपमा मिडियाकै हातमा छ । रातदिन सत्ताको भजन गाएर नथाक्ने त्यस्ता मिडियाले गरीबको भोको पेट, नागरिकको कष्टकर जीवन र सद्भाव एवं भाइचाराको वातावरण निर्माणका लागि कुनै भूमिका खेल्दैनन् । प्रतिपक्षी र अल्पसंख्यकलाई स्टुडियोमा ल्याएर आफ्नो धारणा बोल्न लगाउँछन् र ल्याइएको व्यक्तिले मिडियाको चाहना अनुसार नबोलिदिएपछि उसलाई त्यहीँ टोक्न थाल्छन् र धारणा राख्ने समयमा पनि भेदभाव गर्न भ्याउँछन् । एक प्रकारले शक्तिहीन व्यक्तिका लागि भारतीय मिडिया अत्यन्तै क्रूर, निर्मम र निर्दयी छन् । सभ्य भाषाको छनोट, तथ्यपरक सूचना र मिडिया तटस्थताको न्यूनतम मूल्यमा कहिल्यै हेक्का नराख्ने यी मिडियाको कार्यशैली आमसञ्चारको विश्वव्यापी मान्यता विपरीत छ ।

भारतीय मिडियाका आपत्तिजनक हर्कतहरू

खासमा कुनै मिडियालाई लाञ्छना लगाउनु मेरो अभिप्राय होइन तर भारतका कतिपय मिडियाले छिमेकीविरुद्ध गर्ने विष बमनको शृंखला लामो छ र यो अझ बढी सीमारेखा क्रस गर्दैछ । हरेकसँग देशभक्ति हुन्छ, आवेग हुन्छ, केही दायित्वहरू हुन्छन्, मान्यता हुन्छन् र सीमा रेखाहरू हुन्छन् । कसैविरुद्ध बेलगाम बकबास गर्नु सीमा क्रस गर्नु हो ।

नेपालबारे धारणा तय गर्ने काम भारतीय विदेश मन्त्रालयको हो । नेपाल–भारत सम्बन्ध सुदृढ होला वा उतारचढावपूर्ण होला, त्यसको जिम्मा र जवाफदेहीता २ विदेश मन्त्रालयको हो । त्यसको कारण खोजी गर्ने काम, सभ्य भाषामा तथ्यपरक ढंगले कमजोरी औंल्याउने काम र नीति एवं नियतमा देखिएका विषयलाई गहन ढंगले उजागर गर्ने काम मिडियाको हो । पछिल्लो विवादको विषय कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालका मिडियाले सयौं समाचार लेखे तर उनीहरू पूर्णरुपमा तथ्यमा आधारित भएर पत्रकारिताको भाषिक पक्ष, मर्यादा, तटस्थता र विश्वसनीयताबाट कहिल्यै विचलित भएनन् । चिनियाँ राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्रीका १८ वटा भेटवार्तालाई नेपाली मिडियाले कहिल्यै कुनै संशयको समाचार बनाएनन् । भारत चीनसँग परास्त भयो भनेर टिप्पणी गरेनन् ।

पछिल्ला २–४ महिनाको अन्तरालमा अमेरिकी राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्रीका अनवरत भेटवार्तालाई नेपाली मिडियाले कहिल्यै टिप्पणी गरेनन् । हिमालयमा तनाव बढाएर अस्ट्रेलियासँग सैन्य अभ्यास तथा दक्षिण चीन सागरमा अमेरिकासँग सहकार्य गर्दै क्षेत्रको शान्ति र स्थायित्वमाथि चुनौती थप्दा समेत नेपालका मिडियाले खासै टिप्पणी गरेनन् । भारत पश्चिम परस्त भयो भन्दै नेपालका मिडियाले कहिल्यै सिलसिलेवार दिल्लीविरुद्ध भड्कावपूर्ण हर्कत गरेनन् । त्यसकारण हामी चाहन्छौं कि हामी सन्तुलित र तथ्यसंगत बोल्छौं र हाम्रा छिमेकीबाट पनि हामी त्यही अपेक्षा गर्छौं ।

अन्त्यमा भारतीय मित्रहरूलाई आग्रह छ – ब्रिटीश एम्पायरले खडा गरिदिएको टेरोटोरीमा तपाईहरूको कहिल्यै केहि गुमेको छैन । कुनै लामो इतिहास र विरासत छैन । रगत र पसिना नबगेको भूगोलमा धेरै राष्ट्रभक्तिको दम्भ प्रदर्शन नगर्नुस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x