मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
असार १०, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधवार काठमाडौंमा शुरू स्थायी कमिटी बैठकका लागि ७ वटा एजेन्डा तय भएका छन् ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार तय गरेर बुधवारको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेका ५ एजेण्डामा २ वटा थपिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकले ७ वटा एजेण्डा तय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
सदस्यहरूको सुझावका आधारमा २ वटा एजेण्डा थपिएको उनले बताए ।
पश्चिम रुकुममा भएको जातीय नरसंहारको घटना र नागरिकता विधेयकको विषय पनि नेकपाको बैठकका एजेण्डा बनेका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार पहिलो कार्यसूचीमा अध्यक्षद्वारा अहिलेको समसामयिक अवस्थाबारे बैठकको प्रारम्भमै मन्तव्य राख्ने र दोस्रोमा कोभिड– १९ रोकथाम नियन्त्रण र उपचारका लागि भइरहेका पहलबारे छलफल गर्ने छ ।
तेस्रोमा नेपालको सीमा समस्या समाधान, चौथोमा सरकारको कामको समग्र समीक्षा, पाँचौं पार्टीको कामको समीक्षा र संगठनको बाँकी काम तथा छैटौंमा एमसीसीबारे छलफल गर्नेगरी स्थायी कमिटी बैठकका एजेण्डा तय भएको छ ।
सातौं नम्बरमा विविध भनेर रुकुम घटनाका सन्दर्भ, नागरिकता विधेयक र कोभिड– १९ का कारण कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
एजेण्डा तय भएपछि बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी, सरकारको कार्यभारबारे सकारात्मक सुझाव दिनेगरी स्वच्छ, आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक छलफल गर्न तथा कमजोरीको समीक्षा गरी आत्मआलोचना गर्न आग्रह गरे ।
स्थायी कमिटीको अर्को बैठक पर्सि १२ गते बस्ने श्रेष्ठले बताए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...