स्थायी कमिटी बैठकमा उपस्थित भएनन् प्रधानमन्त्री ओली

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान साढे ११ बजेदेखि शुरू बैठकमा ओली अनुपस्थित भएका हुन् । 


Advertisement

बुधवार शुरू बैठकमा ओलीले मन्तव्य राख्दै सरकारको काम कारवाहीको बचाउ गरेका थिए ।

उनले बैठकमा स्वस्थ आलोचनासहित रचनात्मक सुझाव दिन आग्रह गरेका थिए । ओली आवश्यकताअनुसार बैठकमा उपस्थित हुने बालुवाटार स्रोतले बतायो । 


Advertisement

शुक्रवारको बैठकमा ओली अनुपस्थित भएपछि बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

७ वटा एजेण्डा तय भएको स्थायी कमिटी बैठकमा सदस्यहरूले सरकारको काम कारवाहीबारे खुलेर कुरा राख्ने तयारी गरेका थिए । 

शुक्रवारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन् ।

नेकपा बैठकको एउटा एजेण्डा सीमा विवाद पनि रहेको छ ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्