×

NMB BANK
NIC ASIA

प्रदेश ५ को प्रदेश सभाबाट सवारी सुविधा पाएका पदाधिकारीहरूले बन्दाबन्दी (लकडाउन)को समयमा समेत इन्धन खर्च बुझेका छन् ।

Muktinath Bank

सत्तारुढ तथा विपक्षी दलका प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापतिहरू लगायतले साविक बमोजिम इन्धन सुविधा बुझेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ को प्रदेश सभामा ७ वटा विषयगत समिति छन् । लकडाउनको समयमा केही समितिको त बैठक नै बसेको छैन ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभामा अहिले विपक्षी दलका नेता भने छैनन् । संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनपछि कांग्रेसले अर्को नेता चुन्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

सवारी सुविधा पाएकाहरूले इन्धन सुविधा बुझिरहेको र कतिपयले बिल पेश गरी अतिरिक्त रकम पनि बुझेको प्रदेश सभा सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘माननीयहरूले ‘लकडाउन’को समयको इन्धन खर्च चाहिँदैन नभनेपछि उहाँहरूको बैंक खातामा रकम राखिदिएका हौंं । केहीले इन्धन राखेपछि बिल लिएर आउनुहुन्छ, उहाँहरूलाई बिल अनुसारको रकम पनि दिन्छौं ।’ 

सचिवालयले गाडी पाएका सभापतिलाई मासिक १५० लिटर डिजेलको बजार मूल्य अनुसारको रकम बैंक खातामा उपलब्ध गराउँदै आएको छ । सभामुख र उपसभामुखले भने मासिक २०० सय लिटर इन्धन सुविधा पाउँछन् ।
उनीहरूले चैत र वैशाखको इन्धन खर्च बुझिसकेका छन् । जबकि यो २ महिनामा प्रदेश सभा बैठक समेत (चैत ५ देखि जेठ ९ सम्म) बसेन ।

लकडाउन पूर्व चैत ५ गते प्रदेश सभाको बैठक बसेको थियो । त्यस बैठकमा चैत १५ गते अर्को बैठक बस्ने सूचना जारी गरिएपनि कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ‘लकडाउन’ भएपछि सूचना जारी गर्दै बैठक स्थगित गरियो ।

वैशाख ११ गते प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका थिए । प्रदेश ५ को बजेट अधिवेशन जेठ ९ गतेदेखि शुरू भएको थियो । 

प्रदेशसभाका अर्का कर्मचारीले भने, ‘कोरोना महामारीले राज्यलाई आर्थिक चाप थेग्न समस्या परेका बेलामा हामीलाई यस्तो बेलामा इन्धन खर्च चाहिँदैन भनेको भए हामीले दिने थिएनौं । तर, उहाँहरूले मन फुकाएर भन्न नसकेपछि त हामीले रोक्ने कुरा पनि भएन ।’

प्रदेश सभा सचिवालयका अनुसार इन्धनमा वार्षिक झण्डै २३ लाख रुपैयाँ खर्च हुुने गरेको छ । प्रदेशसभा ८७ सदस्यीय छ । 

विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले लकडाउनका बेलामा समितिको बैठक नबसेको बताए । उनले भने, ‘कोभिड कोषलाई भनेर हाम्रो १५ दिनको तलब काटेको छ । राज्यले आवश्यक परे सबै सुविधा रोकेपनि केही छैन । तर, इन्धन सुविधा त बैठक बस्दा लिने अन्य बेलामा नलिने भन्ने होइन ।’

लकडाउनमा समितिका धेरै बैठक नबसेको सार्वजनिक लेखा समितिका सदस्य गीता थापाले बताइन् । उनले भनिन्, ‘बैठक बसौं भनेर पटक–पटक सभापतिसँग पहल गर्दा पनि बैठक धेरैवटा बस्न नसकेको बताइन् । 

सार्वजनिक लेखा समितिको सभापति डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने, भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार छन् । 

प्रदेश मामिला तथा कानून समितिमा दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे, कृषि वन तथा वातावरण समितिमा विजयबहादुर यादव र विशेषाधिकार समितिमा कमलराज श्रेष्ठ छन् । 

लकडाउनको समयमा पनि राज्यको काम गरेकाले इन्धन सुविधा लिइएको यादवले बताए ।

‘मलाई डेढ सय लिटर इन्धन दिन्छ प्रदेश सभाले । म त नेपालगञ्ज बस्छु । बुटवलमा आउँदा नं एक पटकमा ५० लिटर तेल सकिन्छ । मितव्ययी हुनुपर्ने हो तर, इन्धनले पुगेन ।’ 

प्रदेश सभाका सभामुखको पारिश्रमिक ५३ हजार, उपसभामुखको ५० हजार, विपक्षी दलका नेताको ५० हजार र सचेतकको ४८ हजार र सदस्यहरूको ४ हजार रहेकोमा रहेको थियो ।

साउनदेखि सेवासुविधा १५ देखि १८ प्रतिशतसम्म बढाइएको छ । त्यस्तै संसद बैठक भत्ता १ हजार पाउँछन् ।

सांसदहरूलाई घरभाडाबापत १५ हजार समेत उपलब्ध गराइन्छ ।

बुटवल घर हुनेलाई ७ हजार ५ सय दिइन्छ । अहिले संसद्मा बजेटमाथि छलफल चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x