×

NMB BANK
NIC ASIA

जिसस प्रमुखले ज्यान मार्ने धम्की दिएको आरोप, कर्मचारीमा त्रास

असार १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको खुलासा गर्ने कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

Muktinath Bank

सरकारी कर्मचारीलाई व्यक्तिगत काममा लगाउने, नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको रहस्य खुलाएका कर्मचारीलाई प्रमुख थापाले ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यक्तिगत काममा लगाउँदा पछिल्लो समय जिसस प्रमुख थापा र कर्मचारीबीच मनमुटाव चुलिएकै बेला त्यसको विरोध गर्ने कर्मचारीलाई ज्यान मार्ने धम्की दिइएको आरोप लागेको छ । 


Advertisment
Nabil box
Kumari

आफूले चाहे अनुसारको काम नगरेको भन्दै करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइदिएको तथा लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिल सागर जोशी र नायव सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएको भन्दै विभागीय कारवाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेपछि कर्मचारी र जिसस प्रमुख थापाबीच विवाद चुलिँदै गएको छ ।

Vianet communication
Laxmi Bank

जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवं कार्यालयका सूचना अधिकारी वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाएपछि उनले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । थापाले गरिरहेका काम र हर्कतबारे सञ्चारमाध्यममा समाचार आएपछि आफूलाई ७–८ जना कर्मचारीकै सामुन्ने थर्काउँदै ज्यान मार्ने धम्की दिएको ताम्राकारले बताए ।

‘मिडियामा आउट भएपछि मलाई बोलाइयो । ७–८ जना भेला भएका थिए । मलाई थर्काउँदै तलाई देखाउँछु, हेर्छु, म व्यापारी हुँ, ठूलो कम्पनीको मालिक हुँ, त जस्तालाई म के गरिदिन्छु, फटाहाहरूलाई ठीक पार्छु भनेर धम्कीपूर्ण अभिव्यक्ति दिएपछि असुरक्षित महसूस गरेको छु,’ सूचना अधिकारी समेत रहेका ताम्राकारले भने, ‘ठूला व्यापारीले ज्यान मार्छु भन्नेसम्मको धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको छ । आमसञ्चार जगतमा अनुरोध छ कि मेरो जीवन रक्षा गरिदिनु, मेरो जीवन बचाइदिनु ।’

पहुँच नभएका कर्मचारीको श्रमशोषण र पेटमा लात हान्ने काम हुँदै आएपछि आफूले त्यसको विरोध गर्दै आएको उनले बताए । आफूले लकडाउनमा काम गर्दागर्दै पनि कारवाही भोग्नुपर्ने अवस्था आएको सूचना अधिकारी ताम्राकारको गुनासो छ ।

‘कर्मचारीलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने के कारवाही गर्ने भनेर निजामती कर्मचारी ऐनमा लेखिएकै छ । त्यो अधिकार नाघेर कानून हातमा किन लिनुपर्‍यो ?’ उनले भने, ‘हामी काम गरिरहेकै छौं । उहाँले २ जनालाई विभागीय कारवाही गर्छु, अर्को मान्छे ल्याउँछु भनेर चलखेल र प्रोपोगान्डा बनाउनुभयो । हामीले त्यसको विरोध गर्दा हामीलाई अहिले काम नगर्ने भनेर आरोप लगाइँदैछ । यो सरासर गलत हो । जनताको आँखामा छारो हाल्ने काम हो । मैले काम गरे/नगरेको त प्रमाणले बोल्छ नि !’

तर जिसस कैलालीका प्रमुख सूर्यबहादुर थापाले कुनै पनि आरोपमा सत्यता नभएको बताए । आफूले धनगढीमा पत्रकार सम्मेलन गरेर पत्रकारहरूले भिडियो रेकर्ड गरेको दाबी गर्दै थापाले सबै कर्मचारीले ताम्राकारविरुद्ध बोलेको बताए । ‘मैले धम्की दिएको छैन । तपाईंले पनि भिडियो हेर्नुहोला,’ थापाले भने ।
 
प्रमुख थापाले कोरोनाका बेला आफू विभिन्न स्थानमा पुगेपनि ताम्राकार कतै नभएको र ३ महिनादेखि क्वारेन्टीनमा छु भनेर काम नगरेको आरोप लगाए । ‘३ महिनादेखि क्वारेन्टीनमा छु भने फोन नै नउठाउने, हाम्रा नम्बर ब्ल्याक लिस्टमा राख्ने अनेक कुराहरू गरिरहेको छ । मेरो लिनुदिनु केही पनि छैन । मैले चाहेको कुरा हरेक मान्छेले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘मैले कारवाहीका लागि लेखेर पठाएको हुँ । राज्यलाई ठगी खाने मान्छेलाई कारवाहीका लागि विभागलाई लेखिपठाएको छु ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x