×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेशको प्रदेश सभामा गत वर्ष प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा साना किसानको लागि नयाँ कार्यक्रम घोषणा गरियो – मुख्यमन्त्री किसान उत्थान आयोजना ।

Sagarmatha Cement
Muktinath Bank

तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मुख्यमन्त्री किसान उत्थान आयोजना’ कार्यक्रमको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका साना किसानको उत्थान तथा कृषिमा पहुँच बढाउने उद्देश्यले साना किसानलाई १० हजार रुपैयाँ बैंक खातामा प्रदेश सरकारबाट उपलब्ध गराउने घोषणा गरिएको थियो । आयोजना घोषणा हुँदा प्रदेश सभामा उपस्थित सबै सांसदले प्रशंसा गरेका थिए तर चालू आर्थिक वर्षको असार मसान्तभित्र कार्यान्वयन भइसक्नुपर्ने आयोजना घोषणामै सीमित भएको छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्दा समेत आयोजनाबारे उल्लेख गर्दै २० करोड रुपैयाँ छुट्याइएको जनाएका थिए । 

Vianet communication
Laxmi Bank

आयोजनाका लागि बजेट समेत विनियोजन हुँदा प्रदेशभरका किसान हर्षित भएका थिए तर आयोजना कार्यान्वयन नहुँदा किसानलाई धोका भएको छ । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा समेत आयोजना कार्यान्वयन हुन सकेको छैन । 

धनुषाको बिदेह नगरपालिका–४ ठाढीका किसान रामदयाल गोईत प्रदेश सरकारले आयोजनालाई बजेट भाषणमा राखेको कुरा स्थानीय रेडियोमा सुनेर खुशी भएका थिए तर हालसम्म पनि खातामा रकम नआएकोमा दुःख व्यक्त गर्छन् । ‘त्यतिबेला सरकारले बजेट भाषण गर्दा प्रत्येक साना किसानलाई बैंक खाता खोलाएर प्रत्येक वर्ष १० हजार रुपैयाँ सरकारले दिनेछ भनेर सुन्दा किसानहरू खुशी भएका थिए,’ किसान गोईतले भने, ‘तर हालसम्म प्रदेश सरकारले किसानको न त बैंक खाता खोलाएको छ, न त भने जस्तै पैसा नै पठाएको छ । कागजी घोडा मात्रै दौडाएको रहेछ ।’

मुख्यमन्त्रीको नाम जोडेर प्रदेश सरकारले घोषणा गरेको आयोजना कार्यान्वयन गर्ने जिम्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाएको थियो । मन्त्रालयलाई नै २० करोड रुपैयाँ बजेट छुट्याएर निकासा समेत पठाइएको थियो तर मन्त्रालयले आयोजनाका लागि बनाउनुपर्ने कार्यविधि समयमा बनाउन नसके पछि आयोजना कार्यान्वयन हुन सकेन । 

आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि बन्न नसकेका कारण समस्या भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. बिमलकुमार निर्मल बताउँछन् । ‘शुरूमा एक पटक हाम्रो मन्त्रालयले कार्यविधि बनाएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको थियो,’ सचिव  निर्मलले भने, ‘पछि कार्यविधि संशोधन गरेर ल्याउन भनिएको थियो, त्यतिकैमा कोरोना संक्रमणका कारण आयोजनाको रकमलाई रकमान्तर गरेर अन्य अनुदानमा खर्च गरिएको छ ।’

सरकारलाई नै अन्योल : अनुदान दिने कि ऋण ?

आयोजनाको घोषणा भएपछि मन्त्रालयले कार्यविधिको मस्यौदा बनाएको थियो तर मस्यौदा स्वीकृत हुन सकेन । कृषिलाई आर्थिक रूपान्तरणको एक प्रमुख क्षेत्र मानेर साना र सीमान्तकृत कृषकलाई आकर्षित गर्नुका साथै साना कृषक समूहलाई समेटेर सामूहिक खेती प्रणालीमा अभिप्रेरित गर्ने उद्देश्य कार्यविधिको मस्यौदामा उल्लेख थियो । बाली लगाउने समयमा साना कृषकलाई बीउपूँजी सुनिश्चित गरी उत्पादन बृद्धिमा टेवा पुर्‍याउने उद्देश्य लिइएको थियो ।

मस्यौदामा १० कट्ठा वा सोभन्दा कम जग्गाको स्वामित्व भएका कृषकलाई साना किसान भनेर सरकारले परिभाषित गरेको थियो । ‘त्यस्ता किसानको पहिचान गरेर कार्यक्रम सञ्चालनका लागि शर्तसहित बैंकहरूबाट प्रस्ताव आह्वान गरेर प्रतिस्पर्धाको आधारमा बैंकहरूको प्रस्ताव स्वीकृत गरेर सम्झौता गरिनेछ,’ कार्यविधिको मस्यौदामा उल्लेख थियो ।

किसानलाई खेतीको सिजन तथा पशुपालनको लागि आवश्यक पर्ने रकम खर्च जुटाउन तथा प्रविधि, बीउ, विरुवा, मल र उत्पादनपश्चात ‘पोस्ट हार्भेस्ट’ व्यवस्थापनका लागि शर्त बमोजिम १० हजार रुपैयाँ प्रतिवर्ष उपलब्ध गराइने मस्यौदा बनाइएको थियो । 

‘रकम उपलब्ध गराउँदा बैंक खातामार्फत उपलब्ध गराइने र कार्यपश्चात खेतीको विवरण पेश गरेपछि मात्रै अर्को सिजनमा समेत रकम उपलब्ध गराइने भनेर मस्यौदामा उल्लेख गरिएको थियो,’ मन्त्रालयका योजना अधिकृत रजनीश मिश्रले भने, ‘शुरूमा हामीले २५ करोड रुपैयाँको लागतमा प्रदेशका थुप्रै किसानहरू लाभान्वित हुने भनेर सोचेका थियौं तर प्रदेशमा साना किसानको संख्या धेरै हुने र रकम अपुग हुनसक्ने भनेर कार्यविधि लागू नै हुन सकेन ।’

त्यसपछि अनुदान रकम नदिएर प्रदेश सरकारले किसानको बैंक खातामा एकमुष्ठ २५ हजार रुपैयाँ ऋण स्वरूप जम्मा गरिदिने भनेर दोस्रो कार्यविधिको मस्यौदा समेत बनाइएको उनले बताए । ‘शुरूमा प्रदेशका प्रत्येक जिल्लाका ३ वटा स्थानीय तहका किसानका लागि आयोजना लागू गर्दै पछि बाँकी थप स्थानीय तहमा समेत लागू गर्ने लक्ष्यसहित कार्यविधि मस्यौदा बनाएका थियौं,’ योजना अधिकृत मिश्रले भने, ‘तर कार्यविधिको मस्यौदा आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत नगरेका कारण कार्यान्वयनमा आउन सकेन ।’

बालीवस्तु अनुसार ऋण स्वरूप पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा २५ प्रतिशत र तेस्रो किस्तामा ५० प्रतिशत रकम पाउने कार्यविधि मस्यौदामा उल्लेख छ । पहिलो किस्ताको ऋण प्रभावकारी रूपले सदुपयोग गरेको स्थानीय तहको सिफारिस आएमा मात्र दोस्रो किस्ताको रकम पाउने उल्लेख छ ।

ऋण रकमबापत कति रकम अनुदान वा ऋण मिनाहा हुने भन्ने कुराबारे कार्यविधिमा उल्लेख गरिएको थिएन । दोस्रो पटक बनाइएको कार्यविधि समेत प्रस्ट नभएका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले कार्यविधिको मस्यौदालाई पुनः परिमार्जन गर्न भनेर फिर्ता पठाएको छ । 

गत चैत्र २१ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मस्यौदा आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पेश गर्ने निर्णय गरेको थियो । चैत्र २४ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयले सहमति पठायो तर चैत्र २५ गते आर्थिक मामिला तथा योजना मन्त्रालयले कार्यविधिको मस्यौदा परिमार्जन गरेर प्रस्तुत गर्न भन्दै कार्यविधि सहितको पत्र कृषि मन्त्रालयमा फिर्ता पठायो । 
‘त्यसपछि मस्यौदा थप परिमार्जन गर्ने समय नै उपलब्ध भएन, त्यतिकैमा कोरोना महामारीको संक्रमणका कारण देशमा लकडाउन घोषणा भयो,’ योजना अधिकृत मिश्रले भने, ‘त्यसपछि आयोजनाको २० करोड रकममध्ये १८ करोड ७५ लाख रुपैयाँ कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्न राहत, ब्याज तथा अनुदान कार्यक्रम सञ्चालनका लागि रकमान्तर गरियो ।’

आगामी आर्थिक वर्षमा समेत आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् । रकम थोरै मात्र छुट्याइएकाले पनि आयोजना कार्यान्वयनमा नआएर फेरि पनि रकमान्तर भएर अन्य शीर्षकमा जाने संभावना बढेको छ । चालू वर्षमा रकम कम भएकै कारण देखाएर आयोजना कार्यान्वयन गरिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x