मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
भारतको उत्तराखण्डमा रहेको मुनस्यारीमा बोर्डर रोड अर्गनाइजेसनले जम्मा ६ दिनमा नयाँ पुल बनाएको छ ।
उक्त क्षेत्रमा भएको झोलुंगे पुल जुन २२ मा भत्किएपछि बाटो बन्द भएको थियो । तर ६ दिनमै पुल बनाइएको छ ।
चीन र भारतबीच उत्पन्न विवादका बीच यस पुलको निर्माणलाई सामरिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
मुनस्यारीबाट मिलम जाने बाटोमा धापा नजिक सेनर खोल्सोमा बनेको पुल भत्किनुमा ठूलो ट्रक जिम्मेवार छ । ट्रकले पोकल्यान्ड मशिन लिएर गइरहेको थियो ।
दुर्घटनामा दुईजना गम्भीर घाइते भएका थिए । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
मिलमबाट चीनसम्मको सीमामा ६५ किलोमिटर सडक तीव्र गतिमा चलिरहेको छ । सडक निर्माणका लागि पहाड काट्ने र ढुंगा हटाउने काम भइरहेको छ । त्यसका लागि भारी तौल भएका यन्त्रलाई मिलम लग्ने काम भइरहेको छ । सामान लग्न झोलुंगे पुल आवश्यक हुन्छ ।
जुन २२ मा पुल भाँचिदा सडक काट्ने काम प्रभावित भयो तर बीआरओले ६ दिनभित्र पुल तयार पारेको छ । झोलुंगे पुल तयार भएपछि भारतीय सेना र आईटीबीपीका जवानहरूलाई चीन सीमामा पुग्न सहज हुनेछ । सैन्य आवश्यकताका सामान पनि सजिलै मिलम पुग्नेछ ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...