माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रूपन्देही विभिन्न ठाउँमा शनिबार बिहान फाट्टफुट्ट देखिएको सलह दिउँसो बुटवलको आकाशमा एकाएक हुल नै देखियो । सलह कीराको बथानले रूपन्देहीका बालीनाली र आकाश ढाकेपछि सलह रहेको धेरैले आशंका गरे ।
रूपन्देहीको बुटवल, तिलोत्तमा र देवदह आसपासको क्षेत्रमा देखिएको फट्यांग्रा प्रजातिको कीरा सलह रहेको प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्टि गर्यो ।
बिहान १० बजे रूपन्देहीमा देखिएको सलह साँझ पाल्पाका विभिन्न ठाउँमा पुगेर बसेको मन्त्रालयले बताएको छ । रूपन्देहीमा सलह देखिएलगत्तै मन्त्रालयले आफू मातहत रहेका कृषि ज्ञान केन्द्रहरूबाट सलहको ट्र्याकिङका लागि प्राविधिक टोली खटाएको छ ।
खेती लगाउने मुख्य सिजनमै सलह भित्रिएपछि अहिले प्रदेश पाँचका किसानमा सन्त्रास छाएको छ । कृषि क्षेत्रमा ठूलो संकट निम्त्याउने सलह कीरा आएपछि सबै क्षेत्रमा सलहबाट बाली कसरी संरक्षण गर्ने भन्ने चिन्ता थपिएको हो । कीराले धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएको छ । सलह भारतको गोखरपुरबाट सुनौली हुँदै रूपन्देही प्रवेश गरेको थियो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले रूपन्देहीमा देखिको सलह साँझ उत्तरतर्फ पाल्पाको रामपुर, तानसेन र मदनपोखरा क्षेत्रमा पुगेर बसेको बताइन् ।
अधिकारीले लोकान्तरसँग भनिन्, ‘हामी सलहको ट्र्याकिङमा छौं । यो सलह ठूलो समूहमा छैन । सानो दुईचार लाख जति आएको छ । अहिलेसम्म फाट्टफुट्ट खाए पनि ठूलो क्षेत्रमा क्षति पुर्याएको पाएका छैनौं ।’
अधिकृत अधिकारीले थपिन्, ‘अहिले त्यति डराइहाल्नुपर्ने अवस्था छैन । किसानलाई झुल लगाएर भएपनि धानको ब्याड जोगाउन अनुरोध गरेका छौं ।’ प्रदेश ५ अन्न भण्डारको रूपमा पनि चिनिन्छ । मन्त्रालयले किसानलाई कोलोरोपाइफन्ट नामक विषादी प्रयोग गर्न निर्देशन समेत दिएको छ । मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले सलहले धेरै क्षति नगरेको बताए ।
घिमिरे भने, ‘भारत, पाकिस्तान र अफ्रिकी देश सूर्यको प्रकाश नै छेक्ने गरी करोडौं संख्यामा छैन । सानो झुण्ड मात्र छ ।’ प्रदेश सरकारले सलह कीरा समातेर ल्याए प्रतिकेजी २० रूपैयाँका दरले किनिदिने बताएको छ ।
‘किसानलाई प्रोत्साहनस्वरूप सलह ल्याए प्रतिकेजी २० रूपैयाँका दरले किनिदिन्छौं । यो कीरा नष्ट गर्न प्रोत्साहन स्वरूप दिइने रकम हो,’ उनले भने ।
कीरा समातेर नष्ट गर्नु वा हाँस, कुखुरा, माछा र सुंगुरको दानाको रूपमा प्रयोग गर्न पनि सकिने मन्त्रालयले बताएको छ ।
रूपन्देहीको सैनामैना– १ पर्रोहाका किसान दशरथ यादवले सलहबाट रोप्ने बेलाको धानको बिउ कसरी जोगाउने भनेर चिन्ता थपिएको बताए ।
‘शनिबार साँझ सैनामैनामा पनि सलह कीरा देखिएको थियो । धान रोप्न लागेका छौं । १ बिगाहा क्षेत्रमा ब्याड छ कसरी जोगाउने ? यो ठूलो ठाउँमा झुल टाँगेर जोगाउन पनि सम्भव छैन ।’
अर्का किसान नारदमुनि यादवले सलह आएसँगै आफू विषादी किन्न जुटेको बताए । ‘स्थानीय तहले वास्ता गर्दैनन्, आफैं किन्नुको विकल्प छैन । यो अनिकाल निम्त्याउने कीराबाट खेती जोगाउनु छ,’ यादवले भने ।
पानी परेको समयमा सलह कीरा उठ्न सक्दैन ।
सलह कीरा नियन्त्रणका लागि परम्परागत विधि खेतबारीमा धुवाँ उडाउने, आगो बाल्ने, तत्काल उपलब्ध हुने विभिन्न माध्यमबाट ठूलाठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतबारीको वारपार टाँगेर दुवैबाट बालीनालीका बोटहरू हल्लाइदिने गरेर पनि भगाउन सकिन्छ ।
त्यस्तै सलहलाई समाएर हाँस तथा चराहरूलाई कीरा खाने वातावरण तयार गर्ने, सलह उड्नु अघि सबेरै बिहान बाली खानुभन्दा पहिलै खेतबारीबाट सलहलाई धपाउने, प्रभावित क्षेत्रका कृषकहरूलाई सलह कीरा संकलन गरी पशुपंछी तथा मत्स्य दानाको रूपमा प्रयोग गर्न सकिन्छ । केही दिनको सतर्कता र सचेत पहलकदमीबाट सलहको प्रकोपबाट बालीनाली जोगाउन सकिने जानकारहरू बताउँछन् ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...