×

NMB BANK
NIC ASIA

भारतसँग वार्ता गर्न उपयुक्त समयको पर्खाइमा सरकार, मन्त्री ज्ञवाली भन्छन् – उत्तेजित बन्ने प्रयास नगरौं

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले सीमा समस्या समाधानको विषयमा भारतसँग सम्पर्कमा रहेको र वार्ताबाटै समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याको समाधान गरेर मात्र दुई देशबीच विश्वासमा आधारित सम्बन्ध स्थापित गर्न सकिने विश्वासमा सरकार रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मित्रराष्ट भारतसँग हामी सम्पर्कमै छौं, नेपाल सरकार यो समस्याको कूटनीतिक वार्तामार्फत हुन्छ गर्नुपर्छ, र गर्न सकिन्छ भन्ने तीन कुरामा विश्वस्त छ । मान्यता विश्वास र बाटो तीनवटै कुरामा सरकारमा द्विविधा छैन,’ नेपाली कांग्रेसका सांसद प्रकाश पन्थको एक प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘कहिलेकाहीँ समय लाग्छ, हामी उपयुक्त समयको पर्खाइमा पनि छौ ।'


Advertisment
Nabil box
Kumari

उनले बिनाकुनै आवेग बिनाकुनै उत्तेजना कहिलेकाहीँ बाहिर कहिलेकाहीँ विभिन्न कोणबाट वातवरण उत्तेजित बनाउने प्रयास हुने र ती कुराबाट प्रभावित हुन नहुने बताए । 'यो एउटा समस्या हिजोदेखि नै रहेको यता उताको सरकारले भन्दापनि इतिहासले गाठो नफुकाइदिएर कसेको विषय हो, जो हाम्रो काँधमा आइपरेको छ र समाधान गर्न सकिन्छ र गर्नुपर्छ । विश्वासमा आधारित घनिष्ठ सम्बन्ध स्थापित गर्न सकिन्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्री ज्ञवालीले वातावरणलाई तिक्त बनाउने काम नगर्न आग्रह गरे । ‘यो समस्याले समग्र आयामलाई अन्यत्र प्रभाव पार्नहुँदैन, नेपालको तर्फबाट दुई देशबीचको सम्बन्धका अन्य बहुआयाममा प्रभाव नपारोस् भन्नेमा सरकार विश्वस्त छ । सबैले योगदान गर्नुपर्ने आवश्यकता छ । वातावरण चर्काउन, तिक्त बनाउन र भ्रम फैलाउन सजिलो हुन्छ,’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले उत्तरी छिमेकी चीनसँग सीमामा समस्या नभएको स्पष्ट पारेका छन् । सगरमाथाको उचाइको यकिन गर्नेबाहेक सीमा विवाद नरहेको उनले बताए ।

चीनतफ सीमा विवाद रहेको भन्ने समाचार आएपछि मन्त्री ज्ञवालीले सदनमा सरकारको तर्फबाट जवाफ दिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x