×

NMB BANK
NIC ASIA

ओलीको प्रतिप्रश्न : हाम्रो बैठकका कुरा दिल्लीका मिडियाबाट हुबहु कसरी आउँछन् ?

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन षड्यन्त्र भइरहेको दोहोर्‍याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले प्रधानमन्त्रीबाट दूतावास सक्रिय रहेको भन्ने अभिव्यक्ति सम्बन्धमा जवाफ मागेपछि ओलीले षड्यन्त्र भइरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियाबाट हुबहु कसरी आउँछन् ?’ ओलीले बैठकमा नेताहरूसँग प्रतिपश्न गरे । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले आफूलाई हटाउन दूतावास सक्रिय रहेको तथा होटलहरूमा गतिविधि भइरहेको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

ओलीको सो अभिव्यक्ति सम्बन्धमा नेताहरूले मंगलवारको बैठकको शुरूमै स्पष्टीकरण माग गरेका थिए । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले बोलेपछि ओलीले संक्षिप्त जवाफ फर्काएका थिए । 

Vianet communication
Laxmi Bank

ओलीले आफ्नो भनाइको बचाउ गर्दै सरकार ढाल्ने षड्यन्त्र तीब्र भइरहेको बताएका थिए । बैठकमा प्रचण्डले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले परराष्ट्र सम्बन्ध खल्बलिने बताएका थिए । 

‘राजीनामा भारतले होइन मैले मागेको हो, वैशाख १७ गते नै राजीनामा माग गरेको थिएँ,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो । 

स्थायी कमिटीको बैठकमा विरलै उपस्थित भएका ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेका थिए । असार १० गते शुरू भएको नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरू बोल्नेक्रम जारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x