×

NMB BANK
NIC ASIA

चीनको चक्रव्यूहमा फस्यो भारत ?

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनको सीमामा भएको हिंस्रक भिडन्तपछि दुई देशबीचको सम्बन्ध चिसिएर सैन्य गतिरोधको स्थिति आएको छ । पछि हट्नका लागि कमान्डर स्तरमा कुराकानी भइरहेको छ तर परिस्थिति सामान्य हुन सकेको छैन । 

Muktinath Bank

केही विश्लेषकहरू यस तनावको कारण पेटी सडक पहल हो भनिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पहलअन्तर्गत चीनले एसिया र युरोपमा सडक तथा बन्दरगाहको सञ्जाल बनाउन खोजेको छ । ती सडक सञ्जालमार्फत आफ्नो सामान संसारका बजारहरूमा सजिलै पुर्‍याउने लक्ष्य चीनले लिएको छ । 


Advertisment
Nabil box
Kumari

संसारका धेरै देशले यसमा चीनलाई साथ दिएको भए पनि भारतले शुरूदेखि नै विरोध गर्दै आएको छ । चीनले पहलमा भारतलाई संलग्न गर्न कूटनीतिक प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । 

Vianet communication
Laxmi Bank

अमेरिकाको डेलावेयर विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मुक्तदर खान अहिले भारत र चीनबीचको तनावको एउटा कारण पेटी सडक पहल पनि भएको बताउँछन् । 

उनी भन्छन्, ‘गलवान उपत्यकामा भइरहेको तनावमा चीनको पेटी सडक पहल पनि एक कारण हुन सक्छ । भारतले लद्दाखमा चीनलाई चुनौती दिएको छ । भारतले त्यहाँ बनाइरहेको सडक सीधै वास्तविक नियन्त्रण रेखासम्म पुग्छ । भारतको यस रणनीतिक सडकले चीनको पेटी सडक पहललाई ठाडो चुनौती दिएको देखिन्छ ।’

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा चीन मामिलाका विशेषज्ञ स्वर्ण सिंह चीन कुनै पनि हालतमा आफ्नो लगानी सुरक्षित गर्न चाहेको र भारतले उसको पेटी सडक पहललाई चुनौती दिएको बताउँछन् । 

प्राध्यापक सिंह भन्छन्, ‘चीन विगत ४० वर्षमा अन्तर्राष्ट्रिय व्यापारको बलमा नै बलियो बनेको हो । ऊ संसारको सबभन्दा ठूलो व्यापारी हुनका साथै लगानीकर्ता पनि हो । त्यसैले ठूलो सोच राख्दै उसले पेटी सडक पहल शुरू गरेको हो ।’

‘पहलको उद्देश्य विदेशमा लगानी गर्ने र ठूलठूला परियोजना शुरू गर्ने नै हो । चीनको कम्युनिस्ट पार्टीले सत्तामा रहनका लागि विगत चार दशकमा आर्थिक विकासमा जोड दिइरहेको छ । त्यसैलाई अघि बढाउने पहलमा कुनै खतरा उत्पन्न भएमा उसले त्यसलाई गम्भीर रूपमा लिन्छ ।’

प्राध्यापक खान भन्छन्, ‘चीनको बीआरआई युरोपले अफ्रिकामा स्वेज नहर बनाए जस्तै हो । स्वेज नहर बन्नुअघि युरोपबाट एसिया आउँदा अफ्रिका भएर आउनुपर्ने बाध्यता थियो । तर स्वेज नहरले व्यापारिक र सैन्य आवागमनको समय स्वाट्टै घटाइदियो । बीआरआईको उद्देश्य पनि एसियालाई सीधै युरोपसँग जोड्नु हो ।’

उनी थप्छन्, ‘चीनको अर्र्को उद्देश्य आफ्नो विशाल जनसंख्यालाई रोजगारी दिनु पनि हो । चीनमा मध्यम वर्ग तीव्र गतिमा बढिरहेको छ र उच्चस्तरीय जीवन जिउने आकांक्षा राख्छ । चीनको उद्देश्य बीआरआईमार्फत व्यापारिक फाइदा लिने र जनसंख्यालाई खुशी बनाउने हो ।’

प्राध्यापक स्वर्ण सिंह चीनले यस योजनामार्फत विशाल स्तरमा रोजगारीको अवसर उत्पन्न गरेर जनतामा असन्तोषको स्थिति उत्पन्न हुन नदिन चाहेको बताउँछन् । 

प्राध्यापक खान भन्छन्, ‘भारतका रणनीतिकारहरू चीनले आर्थिक गतिविधिमार्फत भारतलाई घेरिरहेको देखेर चिन्ता व्यक्त गरेका छन् । यसरी घेराबन्दीमा परेको बुझेर भारतले चीनको चक्रव्यूहबाट निस्कन संघर्ष गरेको भनी गलवान घटनालाई बुझ्नुपर्ने हुन्छ ।’

प्राध्यापक सिंह चीनको बीआरआईको सफलताका लागि भारत आवश्यक रहेको बताउँछन् किनकि श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा ओर्लने ७० प्रतिशत सामान भारतलाई नै लक्षित गरेर आउँछ । अनि चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत बन्ने ग्वादर बन्दरगाह पनि भारतसँगको व्यापारका लागि नै हो ।’

उनी भन्छन्, ‘भारत नै चीनका लागि सबभन्दा ठूलो बजार हो र त्यहाँ उसले ठूलो लगानी गर्न सक्छ । चीनले पाकिस्तानमा लगभग ६० अर्ब डलर लगानी गर्ने कोशिश गरिरहेको छ भने भारतमा दुई सय अर्ब डलर लगानी गर्न चाहेको छ । चीनले भारतमा पहिले पनि लगानी गरेको छ र पछि पनि लगानी गर्नका लागि सम्भावना खोजिरहेको छ । तर अहिले भारतको कडा नजर त्यसमा छ ।’

लद्दाखमा संघर्ष गर्नुमा चीनको सामरिक चिन्ता जिम्मेवार रहेको प्राध्यापक सिंह बताउँछन् । उनी भन्छन्, ‘चीन अहिले भारतको एयरफील्ड दौलतबेग ओल्डीका विषयमा पनि असहज अनुभव गरिरहेको छ । त्यस एयरफील्डमार्फत भारतले चीनको तिब्बतमा अनि पाकिस्तान पुग्ने हाईवेमा खतरा उत्पन्न गराउन सक्ने चिन्ता चीनले लिएको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x