मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा चालू पाचौं स्थायी कमिटी बैठकको चौथो दिन अध्यक्ष प्रचण्डले पार्टी र सरकारको प्रतिष्ठा धुलिसात पारेको भन्दै ओलीको राजीनामा माग गरेका हुन् । प्रधानमन्त्री ओलीले २ दिन अघि सरकार ढाल्न भारतीय दूतावास सक्रिय रहेको भन्दै औपचारिक वक्तव्य दिएपछि शीर्ष नेताहरूले बैठकमा ओलीसँग स्पष्टिकरण माग गरेका थिए ।
'भारतले होइन, मैले तपाईंको राजीनामा मागेको हुँ,' प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'तपाईंको कार्यशैलीमा देखिएको समस्याले पार्टी र सरकारको प्रतिष्ठा गुमेको छ ।'
प्रचण्डले यसअघि गत वैशाख १७ गते बसेको सचिवालय बैठकमा पनि ओलीको राजीनामा मागेका थिए । त्यसपछि बसेको २० गतेको बैठकमा ओलीले आफू सच्चिएर जाने प्रतिबद्धता गर्दै आत्मालोचना गरेपछि विवाद केही समयका लागि साम्य भएको थियो ।
त्यतिबेला दल विभाजन खुकुलो गर्नेगरी विवादित अध्यादेश सरकारले ल्याएपछि नेकपाका नेताहरू सशंकित बनेका थिए । बालुवाटारले आफ्नो पक्षमा हस्ताक्षर अभियान नै संचालन गर्यो । स्रोतको दाबीअनुसार त्यतिबेला आफ्नो पक्षमा ६० जना मात्र सांसदको हस्ताक्षर देखेपछि ओली हच्किएका थिए ।
अहिले नेकपा वार या पारमा पुगेको छ । अध्यक्ष प्रचण्डनिकट स्रोतले लोकान्तरलाई भन्यो, 'अलि पहिलासम्म ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुईमध्ये कुनै एउटा पद छोडेको भए कुरा मिल्न सक्थ्यो, तर अहिले त्यसमा पनि कुरा मिल्दैन । ओलीले दुवै पद खाली गरेर नेकपालाई जनतामाझ लोकप्रिय र प्रतिष्ठित पार्टी बनाउन सहयोग गर्नुपर्छ ।'
मंगलवारको बैठकमा झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्न निवेदन दिएको विषयमा पनि कुरा उठेको थियो । उपाध्यक्ष वामदेव गौतमले ओलीकै निर्देशनमा एमाले दर्ता गर्न निवेदन दिइएको आरोप लगाए । जवाफमा ओलीले 'म यही पार्टीको अध्यक्ष हुँ' भनेका थिए ।
ओलीले स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बरू भारतीय स्वार्थका विरुद्ध अडिग रहने बताएका थिए ।
'ओलीको रणनीति सरकार ढाल्न खोज्नेहरू सबै भारतीय गोटी हुन् भन्ने स्थापित गर्न खोजेजस्तो देखिन्छ,' नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'तर त्यो ढिला भइसक्यो । सरकार र पार्टीको प्रतिष्ठामा आँच पुर्याउने हिसाबले अध्यक्ष कमरेडले जे जसरी काम गरिरहनुभएको छ, त्यो बेठिक छ । नेकपामा एकसे एक नेता प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न लायक हुनुहुन्छ । आफूमात्र सही, अरू गलत भन्ने अध्यक्ष ओलीको कुतर्कले अब काम गर्दैन ।'
नेकपाभित्र देखिएको वार कि पारको लडाईं कहाँ गएर टुंगिन्छ भन्ने थाहा छैन । 'विवाद पहिल्यैदेखि देखिएको थियो, अहिले क्लाइमेक्समा पुगेको छ,' स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले लोकान्तरसँग भने, 'हेर्दै जाउँ, परिस्थिति कसरी विकसित हुन्छ । क्लाइमेक्समा पुगेपछि ल्याण्ड त हुनैपर्यो ।'
उनले प्रधानमन्त्रीले सिधै भारतीय दूतावासमाथि सरकार ढाल्न खोजेको आरोप लगाउनुले सरकार भारतसँगको कूटनीतिक मोर्चामा असफल भइसकेको पुष्टि भएको बताए । उनले सरकार संचालनमा असफल भएका प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामा मागिनु अस्वाभाविक नहुने टिप्पणी गरे ।
स्थायी साढे ५ बजे बैठक सकिएपछि केही सदस्यहरू पुनः भेला भएका थिए । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका नेताहरू भेला भएको ठाउँ गोप्य राखिएको छ ।
भेलामा सहभागी एक स्थायी कमिटी नेताले भने, 'हामी बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भनेर रणनीति तय गर्न केही बसेका हौँ । त्यस्तो ठूलो बैठक या भेला होइन ।'
मंगलवार बोलेका १८ जना स्थायी कमिटी सदस्यहरूमध्ये १२ जनाले खुलेरै प्रधानमन्त्री ओलीको राजीनामा मागे । बाँकीले सरकारको आलोचना गरेपनि राजीनामा भने मागेनन् । बदलिँदो परिस्थितिलाइ प्रधानमन्त्री ओलीले कसरी सामना गर्छन् त्यो भने हेर्न बाँकी छ ।
मंगलवारको बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीनिवास पुगेका थिए । स्थायी कमिटी बैठकमा आफूविरुद्ध हुने मोर्चाबन्दीका बारेमा जानकार प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई पार्टीको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
राष्ट्रपतिसँग भेट गरेर ओलीले नेकपाभित्र जारी विवादका सन्दर्भमा शीतलनिवासको चासो रहेको सन्देश दिएका छन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...