×

NMB BANK
NIC ASIA

ओलीविरुद्ध बोल्दै अधिकांशले मागे राजीनामा, बैठकमा कसले के भने ?

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलवार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीको दोस्रो पटकको सत्तारोहणपछि पार्टीभित्रबाट सबै मुख्य नेताहरूले संगठित रूपमै उनलाई एकैस्वरमा पदबाट हट्न भनेको यो पहिलो पटक हो । यसअघिसमेत उनीहरूले राजीनामा मागेका भए पनि यो स्तरको संगठित शैलीमा ओलीविरुद्ध प्रस्तुत भएका थिएनन् । भारतको योजनामा सत्ताच्युत गर्न खोजिएको र त्यसमा पार्टी नेताहरूको समेत संलग्नता रहेको भन्ने केही दिनअघिको ओलीको अभिव्यक्तिबाट झनै चिढिएका नेताहरूले ओली अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्न अयोग्य रहेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

मंगलवारको स्थायी कमिटी बैठकबाट पनि ओली सत्तामाथि आफ्नै पार्टीभित्रबाट संकटको बादल मडारिएको देखिएको छ ।

Vianet communication
Laxmi Bank

गत १० गतेदेखि जारी बैठकमा सरकारको कामको समीक्षा गर्ने एजेन्डा राखिएको भए पनि गत आइतवार ओलीले आफ्नो पदीय मर्यादा प्रतिकूल हुने गरी सरकार ढाल्न भारतीय चलखेल भएको र त्यसमा आफ्नै पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने खालका अभिव्यक्ति दिए । त्यही अभिव्यक्तिपछि उनको राजीनामाको विषय संगठित रूपमा उठेको हो ।

यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै गत वैशाख १७ गतेको पार्टी सचिवालय बैठकमा अध्यक्ष दाहालसहित केही नेताहरूले उनको राजीनामा मागेको भए पनि यसरी कमिटीमा ओलीले सरकार र पार्टी दुवै छोड्नुपर्ने विषय सामूहिक रूपमा आउन सकेको थिएन । त्यसबेला पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धतापछि ओली सच्चिने आशा नेताहरूले गरेका थिए तर ओलीले योबीचमा आफूलाई सुधारेनन् । आफ्नै पार्टीको बलमा प्रधानमन्त्री बनेका ओलीले उनका कार्यशैलीमाथि प्रश्न उठ्नेबित्तिकै दलका नेतालाई समेत भारतीय चलखेलमा जोडिने पात्रका रूपमा चित्रण गर्न थालेपछि शीर्षनेताहरू उनको अहंकारले सीमा नाघेको निष्कर्षमा पुगेका थिए । त्यही आक्रोशको प्रतिबिम्ब मंगलवारको बैठकमा देखा परेको हो ।

बैठक शुरू गर्दै अध्यक्ष दाहालले नियमित एजेन्डा सीमा समस्या समाधान र कोभिड–१९ भए पनि त्यसलाई थाती राख्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । ‘कमरेडहरू, पार्टीको नियमित एजेन्डा सीमा र कोभिड–१९ नियन्त्रणमा सरकारले खेलेको भूमिकाबारे समीक्षा थियो, आज स्वाभाविक रूपमा त्यो विषयमा छलफल गर्ने परिस्थिति बनेको छैन,’ दाहालले भने, ‘मदन भण्डारी स्मृति दिवसमा ओलीजीले सरकार ढाल्न भारत सक्रिय रहेको र त्यसमा पार्टीभित्रकै साथीहरू संलग्न छन् भनेर दिनुभएको अभिव्यक्ति कुन आधारमा दिनुभएको हो, प्रस्ट पार्नुपर्‍यो ।’

उनले अहिले पनि देश र पार्टी भारतबाट सञ्चालन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नै पार्टी र नेताहरूको अपमान भएको बताए । ‘एक त तपाईंको अभिव्यक्ति सामान्य कूटनीतिक मर्यादासमेत नराखेर आएको छ, अर्को नेपालको स्वाधीनता, स्वाभिमान, आत्मनिर्णयको अधिकार र संविधानको मर्ममाथिसमेत प्रहार गरेर गम्भीर आरोप लगाउनुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि त कहाँ–कहाँ के–के चलखेल भयो पुष्टि गर्नुस्, छानबिन गरौं, नत्र अब तपाईंलाई पार्टी र सरकारमा बस्ने नैतिक आधार छैन, दुवै पद त्याग्नुस् ।’ दाहालले भारतको इसारामा नभई नक्सा नै नछापिँदै पहिले पनि प्रधानमन्त्रीको राजीनामा मागिसकिएको स्मरण पनि गराए । ‘तपाईंले नक्सा जारी भएपछि भारतको इसारामा राजीनामा मागियो भन्नुभयो, गत वैशाख १७ गतेको सचिवालय बैठकमै मैले तपाईंको राजीनामा मागेको थिएँ,’ दाहालले भने, ‘त्यतिखेर नक्सा जारी भएकै थिएन ।’

दाहालले प्रधानमन्त्री ओलीबाट पूर्वसहमति पालना नभएको र अब होला भनेर विश्वास गर्ने आधार पनि नरहेको बताए । ‘प्रधानमन्त्रीजीले पाँच वर्ष नै सरकारले राम्रो काम गर्न पनि सक्छ, स्थिरताको सन्देश पनि जान्छ भनेर त्यहीअनुसारको सहमति गरियो, तर सहमति भएकै भोलिपल्टदेखि मै पार्टीको पहिलो नम्बर अध्यक्ष हुँ, मै कार्यकारी हुँ भन्दै हिँड्नुभयो,’ दाहालले भने, ‘न पुराना सहमति पालना गर्नुभयो, न निर्णयहरू लागू गर्न दिनुभयो, यो तरिकाले त पार्टी पनि विघटन हुन्छ, कम्युनिस्ट आन्दोलनका उपलब्धि पनि बाँकी रहन्न ।’

अध्यक्ष दाहाललगत्तै बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतको विरोध गर्दा पार्टीभित्रकै नेताहरूको मन दुखेको देखेर अचम्ममा परेको बताए । ‘पार्टी बैठकमा नेताहरूले उठाएका एजेन्डा र भारतीय सञ्चारमाध्यमहरूले उठाएका एजेन्डा ठ्याक्कै मिल्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘म अचम्ममा पर्छु, भारतको विरोध गर्दा हाम्रो पार्टीका साथीहरूलाई किन चित्त दुख्यो ?’ उनले पार्टी बैठक एजेन्डाभन्दा बाहिर गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘नन इस्युलाई इस्यु बनाएर बैठक किन अलमलाइरहनुभएको छ ?’ ओलीले दाहालसँग सोधेका थिए । सरकारले राम्रो काम गर्दागर्दै पनि पदका आकांक्षीहरूको कुण्ठाका कारण आलोचना मात्रै भइरहेको ओलीको भनाइ थियो ।

‘सरकारले राम्रो काम गरिरहेको छ, कसलाई कुन पद चाहिएको छ, कसलाई कहाँ पुग्नु छ, त्यसैले खालि विरोध मात्रै भइराख्या छ, तपाईंहरूले पार्टीको कुरा गर्न सक्नुहुन्न ? खालि गुटको मात्रै कुरा गरेर बस्ने, गुटको मात्रै भेला गर्ने ?’ ओलीले प्रश्न गरे । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई आफ्नाबाहेक अरू कसैका बारेमा सोच्नै नसक्ने आक्षेप पनि लगाए । ‘जहिले पनि आफ्नै पद आफ्नै भूमिका, आफ्नै जिम्मेवारीमा मात्रै केन्द्रित भएर के कुरा गरिराखेको ? कति आत्मकेन्द्रित हुन सकेको ?’ ओलीले बैठकमा भने, ‘यत्रो ३२ वर्षदेखि पार्टीको अध्यक्ष भएर पनि पुगेन ? फेरि आफ्नै कुरा गर्ने ?’

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली नै पार्टीलाई सिध्याउने अभियानमा लागेको बताए । ‘ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो,’ नेपालले भने, ‘७० वर्षको इतिहास बोकेको कम्युनिस्ट आन्दोलन तपाईंको चाहनामा ढल्दैन चेतना भया ।’ उनले आफू मालिक बनेर अरूलाई दास ठान्ने प्रवृत्ति ओलीमा रहेको भन्दै उनी जहिले पनि गुटको नेतामात्रै बन्न सक्ने र कहिल्यै पार्टीको नेता बन्न नसक्ने टिप्पणी गरे । नेपालले पनि सरकार र पार्टी नेतृत्वबाट राजीनामा दिन ओलीलाई सुझाए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीमा गम्भीर कूटनीतिक विचलन आएको टिप्पणी गरे । उनले मदन भण्डारी स्मृति दिवसका दिन दिएको अभिव्यक्तिका कारण ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको बताए । ‘सरकार ढाल्न भारतले खोजेको र पार्टीभित्रैका नेताको साथ रहेको भनेर के प्रमाणित गर्न खोज्नुभएको हो ?’ खनालले सोधे, ‘के हामी भारतका एजेन्ट हौं ?’ उनले ओलीबाट अब सरकार र पार्टी दुवै चल्न नसक्ने बताउँदै लिखित प्रस्ताव ल्याएरै दुवै जिम्मेवारीबाट मुक्त गर्नुपर्ने धारणा राखे ।

उपाध्यक्ष वामदेव गौतमले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले बोलेको कुरा गम्भीर र मर्यादाविपरीत भएकाले अब जिम्मेवारी त्याग्नुपर्ने बताए । ‘पहिलो कुरा त ओलीजीको त्यो अभिव्यक्तिकै कारण उहाँ नेतृत्वमा बस्नै मिलेन,’ गौतमले भने, ‘दोस्रो तपाईंबाट पार्टी पनि चलेन, सरकार पनि चलेन भन्ने थाहा भइसक्यो । चलेन भन्ने थाहा पाउँदापाउँदै किन बस्नु, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो राजनीतिक स्वार्थलाई केन्द्रमा राखेर मुलुकको कूटनीति र परराष्ट्र नीतिमाथि खेलबाड गर्ने काम भएको भन्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको बताए ।

‘यदि भारतीय दूतावास सरकार ढाल्ने खेलमा लागेको तथ्य छ भने भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिन र निष्कासन गर्न सक्नुहुन्थ्यो, किन सक्नुभएन ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतीय पक्षले आफ्ना नेतालाई चलाउँछन् भनेर अपमान गर्ने ?’ प्रवक्ता श्रेष्ठले ओलीको व्यक्तिवादी सर्वसत्तावादका कारण पार्टीको विचार पद्धति, दस्तावेज र निर्णयको अपमान भएको बताए ।

‘म ब्रह्मज्ञानी हुँ, संसार सबै मलाई थाहा छ, अरूलाई थाहा छैन भन्ने सोच प्रधानमन्त्रीजीमा छ, उहाँले मतभेद राख्ने सबैलाई बैरी कित्तामा पार्नुहुन्छ,’ श्रेष्ठले भने, ‘कहिले माधव नेपाललाई भेटेर यी माओवादी जंगलीहरूसँग नमिलौं भन्नुहुन्छ, कहिले प्रचण्डलाई भेटेर नेपालमा समस्या छ, छोडिदिउँ भन्नुहुन्छ । तपाईंको यो समस्याले पार्टी र सरकार चल्न कठिन भयो, निकास दिनुस् ।’

सचिवालयका यी सदस्यहरूसहित आफ्ना धारणा राख्ने बाँकी स्थायी कमिटी सदस्यहरूले पनि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने मत व्यक्त गरेका छन् । मंगलबार सचिवालयका पाँच सदस्यसहित स्थायी कमिटी सदस्यहरू बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भीम आचार्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ओली पक्षीय नेताहरूले बुधवार आफ्ना भनाइ राख्ने बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे बुधबार पनि छलफल हुने र अध्यक्षहरूबीच कुराकानी भएपछि सचिवालय बैठक बसेर पार्टीले त्यसबारे थप निर्णय गर्ने श्रेष्ठले जनाए ।

एमाले दर्ताको निवेदनबारे जानकारी माग

नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको भन्दै अध्यक्ष दाहालले त्यसको जानकारी दिन अर्का अध्यक्ष ओलीसँग माग गरेका छन् । ‘निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको र त्यसमा प्रधानमन्त्री कार्यालयका साथीहरूको पनि संलग्नता छ भन्ने खबर आएको छ,’ दाहालले भने, ‘कसले के स्वार्थमा दल दर्ताको निवेदन गराएको हो, जानकारी चाहियो ।’ जवाफमा प्रधानमन्त्री ओलीले नागरिकले कता–कता के–के गर्छन् आफूलाई थाहा नहुने बताए । ‘होलान् कोही नागरिक, सबै कुरा त मलाई कहाँ थाहा हुन्छ र ?,’ ओलीले भने, ‘गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्र दर्ता गराएका छन्, मैले त केही भनेको छैन त ।’ कान्तिपुर दैनिकमा खबर छ ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता–कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनुभयो र त्यसबारे छलफल भयो,’ बैठकपछि श्रेष्ठले भने । बैठकमा उपाध्यक्ष गौतमले आयोगमा एमाले नामको दल दर्ता गराउन निवेदन दिने काम प्रधानमन्त्रीकै निर्देशनमा भएको हो भन्नेमा आफू विश्वस्त रहेको बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x