×

NMB BANK
NIC ASIA

स्थायी कमिटीमा लीलामणिको प्रश्न - वर्ग थाहा नभएकालाई समाजवादी बजेट बनाउन दिएर हुन्छ ?

असार १७, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजीनामा माग्ने क्रम जारी राखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जारी पाचौं स्थायी कमिटी बैठकमा अहिलेसम्म २ दर्जन नेताहरूले ओलीको राजीनामाको विकल्प नरहेको भन्दै आफ्नो भनाइ राखिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको बैठकमा बोल्दै स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पनि सरकार अकर्मण्यतामा फँसेको भन्दै विकल्प सोच्नुपर्ने आवश्यकता रहेको बताए ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, 'हामीले संविधानमै समाजवाद उन्मुख भनेर उल्लेख गरेका छौं । समाजवादलाई प्रतिबिम्बित गर्ने कुरा बजेट हो । बजेटले आर्थिक विपन्नतालाई कसरी सम्बोधन गर्ने भन्ने हो । बजेटको जिम्मा हामीले नवउदारवादी अर्थतन्त्रका मानकीलाई दियौं जसलाई वर्ग भनेको के हो थाहा छैन । वर्गसंघर्ष थाहा छैन । त्यस्तालाई समाजवाद निर्माणको आर्थिक योजना बनाउने सारथी बनाएर कसरी समाजवाद आउँछ ?'

Vianet communication
Laxmi Bank

उनले बैठकमा आफूले पूँजीवादको अभ्यास गरेर समाजवाद नआउने स्पष्ट पारेको बताए ।

'सरकार अन्योलतामा फँस्यो, जनताका लागि काम गरेन,' उनले आफूले बैठकमा राखेको कुरा स्मरण गर्दै भने, 'यो कुरा तल गरिखाने वर्गले बुझिरहेको छ । प्राइभेट गाडीमा हिंड्नेलाई थाहा हुँदैन । उनीहरूको सामान्य जनतासँगको भेटघाट हुँदैन । जनता सन्तुष्ट नहुनुमा कसको जिम्मेवारी रहन्छ ? सरकारको नेतृत्व गर्ने व्यक्ति यसमा जवाफदेही हुनुपर्दैन ?'

पोखरेलले सरकार मात्र नभई पार्टी पनि अन्योलतामा फँसेको टिप्पणी गरे । उनले बैठकमा आफ्ना कुरा राख्दै भने, 'पार्टीभित्र अकर्मन्यता छ । म जस्ता मान्छेहरू ३ वर्ष कामको जिम्मेवारी नपाएर थन्किएका छौं । ८ लाख कार्यकर्ता पार्टीको जिम्मेवारी नपाएर बसेका छन् । त्यो दायित्व पनि नेतृत्वले लिनुपर्यो र निकास पनि दिनुपर्यो ।'

पोखरेलले स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न विदेशी दूतावास सक्रिय रहेको भन्दै अभिव्यक्ति दिनु गम्भीर भूल भएको टिप्पणी गरे ।

पोखरेलले स्थायी कमिटी बैठकमा भने, 'पहिलो कुरा त यो प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर छ । यदि प्रधानमन्त्रीले भनेको कुरा पुष्टि हुन्छ भने त्यो गम्भीर अपराध हो । कोही पार्टीको मान्छे पार्टीको सरकार ढाल्न भारतीय गोटी बनेको हो भने त्यो ठूलो अपराध हो । तर यसको पुष्टि हुनुपर्छ । प्रधानमन्त्रीले नेकपाकै नेताहरू भारतको इशारामा सरकार ढाल्न लागेको पुष्टि गर्नुपर्छ ।'

उनले पुष्टि नभएको कुरा किन उठाएको भनी अध्यक्ष ओलीलाई प्रश्न गरे । 'पुष्टि भएन भने किन उठाइयो ? प्रधानमन्त्रीको विश्वसनीयताको प्रश्न पनि हो यो,' उनले बैठकमा सम्बोधन गर्दै भने, 'एउटा कुरा त प्रधानमन्त्रीले त्यसरी बोल्न हुन्छ कि हुँदैन थाहा हुनुपर्ने हो । त्यो प्रधानमन्त्रीले बोल्ने भाषा होइन । दोस्रो यसले नेपाली जनताको आत्मसम्मानमा ठूलो चोट पुर्याउँछ । किनभने सरकार त नेपाली जनताले बनाउने हो । अहिलेसम्मको अभ्यास त्यही हो ।'

उनले ओलीको भनाइले सरकार बनाउने, अड्याउने र ढलाउने दिल्लीले हो भन्ने सन्देश दिएको भन्दै रोष प्रकट गरे । 'नेपाली जनताको अपमान भएको छ,' उनले भने, 'नेपालको राष्ट्रिय सार्वभौमसत्तामाथि आँच आएको छ । हामी औपनिवेशिक छौं भन्ने कुरा प्रधानमन्त्रीले स्वीकारेको जस्तो देखिन्छ ।'

उनले थपे - 'पार्टीको गरिमा र प्रतिष्ठा पनि त्यसले सिध्याउँछ । अस्तिको कुराले माथिका ३ वटा गम्भीर विषयमा प्रश्न उठाएको छ ।'

पोखरेलले यदि प्रधानमन्त्रीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो भने त्यो पनि गम्भीर अपराध रहेको कुरा बैठकमा उठाएका थिए ।

'पार्टी दर्ताको विषय अर्को छ, नेकपा एमालेको दर्तामा प्रधानमन्त्रीको संलग्नता हो भने यो पनि अपराध नै हो,' पोखरेलले भने, 'माओवादी केन्द्र पनि दर्ता छ नि भन्ने विषय प्रधानमन्त्रीले उठाउनु भएको थियो । माओवादी केन्द्र त एकीकरण प्रक्रियामा नआएको गोपाल किराँतीले प्रचण्डलाई जनयुद्धको स्पिरिट मार्यौ भनेर पुनर्गठन गरेको हो । उनी पार्टीको नेतै थिए । उनीहरूले खुलेआम पार्टी खोले, त्यो प्रसंग अहिले जोड्न मिल्दैन ।'

उनले नेकपा एमाले निर्वाचनमा दर्ता हुनुलाई अध्यादेशसँग जोडेर हेर्न मिल्ने समेत बताए । 'यो कतै अध्यादेशसँग जोडिएको छ कि भन्ने प्रश्न हुन्छ यसमा धेरै व्याख्या नगरौं । यस्तो हुनुको पछाडि पार्टीको विचारधारात्मक अन्योलताकै प्रश्न हो । विचारकै समस्या छ । पार्टीमा मात्र समस्या होइन, अध्यक्षको नै विचारधारात्मक स्पष्टता छैन,' स्थायी कमिटी बैठकमा पोखरेलले यसरी धारणा राखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x