मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
नेपाल र भारतको सम्बन्ध सुमधुर नै रहिआएको छ । तर केही समययता दुई देशको सम्बन्ध सही छैन ।
कुरा बिग्रिँदै गएर अहिले केपी शर्मा ओली आफूलाई पलबाट हटाउन भारत र नेपालमा षड्यन्त्र भइरहेको बताइरहेका छन् ।
ओलीले सीधै भारतमाथि आरोप लगाएका छन् । तर ओली कुनै बेलामा भारतको एकदमै नजिक थिए । के कारणले गर्दा भारतप्रति उनको तिक्तता बढेको हो ?
संविधान बनेलगत्तै प्रधानमन्त्री बनेका ओलीलाई सन् २०१६ मा अन्य दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेर ओलीले राजीनामा दिनुपरेको थियो ।
त्यतिखेर ओलीले सरकार गिराउन भारत जिम्मेवार रहेको बताएका थिए ।
नेपालमा संविधान जारी हुनेबित्तिकै भारतले १३५ दिनसम्म लगाइएको नाकाबन्दीका कारण दुई देशको सम्बन्ध बिग्रेको थियो । अनि नेपालमा भारतविरोधी भावना बढेको थियो । त्यतिखेर नेपाल महाभूकम्पको प्रभावबाट रन्थनिरहेको थियो ।
ओलीले त्यतिखेर पद छोड्नुपरेको भए पनि सन् २०१७ मा फेरि प्रधानमन्त्री बन्न पाए । भारतविरोधी भावनाकै कारण उनी प्रधानमन्त्री बनेको बताइएको थियो ।
भारत र नेपालबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा ओलीको कडा दृष्टिकोण छ । यो सन्धि नेपालको हितमा नरहेको उनी बताउँछन् । सन्धिका विरुद्ध ओलीले चुनावी अभियानमा पनि बयान दिएका थिए ।
विश्लेषकहरूका अनुसार, ओली राष्ट्रवादको भावनाको सहायता लिएर देशको राजनीतिक परिस्थितिलाई डील गर्ने कोशिश गरिरहेका छन् । ओली अहिले पार्टीमा मज्जैले घेरिएका छन् । पार्टीको स्थायी कमिटीको बैठकमा उनको कडा आलोचना भयो र राजीनामा समेत मागियो ।
नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेर ओलीले प्रतिस्पर्धीहरू प्रचण्ड र माधव कुमार नेपाललाई आफ्नो साथ दिन बाध्य बनाए ।
ओलीले नेपाललाई चीनसँग नजिक बनाउन इच्छा देखाएको बताइन्छ । नेपालमा चीनको उपस्थिति पहिलेभन्दा बढेको छ । पहिलो कार्यकालमा पनि ओलीले चीनको भ्रमण गरेका थिए अनि पारवहन तथा व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।
ओली चीनले तिब्बतमा सडकको सञ्जाल बढाओस् र नेपाललाई पनि जोडोस् भन्ने इच्छा राखेका छन् । आर्थिक नाकाबन्दीपछि नेपालले भारतप्रतिको निर्भरता कम गराउनु महत्त्वपूर्ण भएको थियो । त्यतिखेर ओली सरकारले चीनसँग सहायता लिएको थियो ।
ओली चीनसँगको सम्बन्धलाई अघि बढाउन भारतको चिन्तालाई वास्ता गर्दैनन् ।
नेपालीहरू कहिले पनि उपनिवेश बन्नु नपरेको कुरामा गर्व गर्छन् । कसैले नेपालको सम्प्रभुताको अवमूल्यन गरेमा नेपालीहरू रिसाइहाल्छन् । भारतले सन् २००६ देखि नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको नेपालीहरूको धारणा छ ।
ओलीले नेपाल सम्प्रभुतासम्पन्न देश भएको कुरालाई बलियो गरी स्थापित गर्न चाहेका छन् । नेपालले आफ्नो परराष्ट्रनीति कुनै पनि देशको मातहत नरही सञ्चालन गर्न चाहेको कुरा ओलीले संसारलाई देखाउन खोजेका छन् ।
बीबीसी हिन्दीबाट
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...