फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
असार १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि गहिरिएको राजनीतिक संकटसँगै देशविदेशमा विभिन्न अड्कलबाजी शुरू भएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीको राजीनामा मागे पनि ओलीले राजीनामा नदिए आगामी रणनीति के हुन्छ भन्ने स्पष्ट छैन ।
तर भारतीय मिडिया आजतकले ओलीले राजीनामा नदिए पूर्व माओवादी खेमाका मन्त्रीले सामूहिक राजीनामा दिनसक्नेसमाचार प्रकाशित गरेको छ । यसअघि मंगलवारको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको राजनीति र रणनीतिबारे भारतीय मिडियामा पहिल्यै खबर आउने गरेको भनेर आशंका व्यक्त गरेका थिए ।
आजतकले लेखेको छ, ‘प्रचण्डले ओलीको राजीनामा मागेका थिए, त्यसपछि राजनीतिक संकट गहिरिएको छ । अब खबर आएको छ कि ओलीले राजीनामा दिए माओवादी खेमाका केही मन्त्रीले सामूहिक राजीनामा दिनसक्छन् ।’ पार्टी स्थायी कमिटीमा ओलीसँग बहुमत नभएकाले संसदीय दलमा बहुमत पुर्याउने कोसिस भइरहेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अध्यक्ष पद बचाउन सक्ने समेत समाचारमा लेखिएको छ । नेपाल–भारत नक्सा विवाद शुरू भएपछि नेपालमा राजनीतिक संकट शुरू भएको भारतीय मिडियाको दाबी छ ।
राजीनामाको विषय चर्किएपछि प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीसँग बुधवार बिहान बैठक गरेको र माओवादी मन्त्रीलाई केही ढिला बोलाइएको आजतकको समाचारमा उल्लेख छ । समाचार अनुसार बैठकमा आगामी रणनीतिबारे छलफल भएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...