×

NMB BANK
NIC ASIA

अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ ।

Muktinath Bank

राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ । विधेयक संशोधन दर्ता भई सदनमा पेस गर्ने तयारी गरिएको छ । अब प्रतिनिधि सभामा दफाबार छलफलको प्रक्रियामा जानेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाले मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा इन्टरसेप्सनको अधिकार अनुसन्धान विभागलाई दिने गरी विधेयक पारित गरेको थियो । सञ्चार सञ्जालको अनुगमन वा निगरानी कार्यलाई विधेयकले इन्टरसेप्सनका रूपमा व्याख्या गरिएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभाबाट पारित विधेयकमा भनिएको छ, “यस ऐनबमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वा राष्ट्रिय सुरक्षाको निमित्त त्यससम्बन्धी सूचना सङ्कलन तथा प्रतिगुप्तचरी क्रियाकलापका क्रममा अन्य माध्यमबाट सूचना सङ्कलन गर्न सम्भव नभएमा मुख्य अनुसन्धान निर्देशकले कुनै संदिग्ध व्यक्ति, सङ्घ, संस्थाबाट, सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी श्रव्यदृश्य वा विद्युतीय सङ्केत वा विवरण निगरानी, अनुगमन वा इन्टरसेप्सन गरी अभिलेख गर्न सक्नेछ ।”

Vianet communication
Laxmi Bank

सरकारले ल्याएको मूल विधेयकमा भने आवश्यकता अनुसार सूचना प्राप्त गर्ने गरी इन्टरसेप्सन गर्न सकिने व्यवस्था थियो । अनुसन्धानमा खटिएका व्यक्तिले मुख्य अनुसन्धान निर्देशकको स्वीकृति सेवा प्रदायकलाई त्यस्तो सूचना उपलब्धका लागि अनुरोध गर्न सक्ने व्यवस्था थियो ।
 

इन्टरसेप्सन मुख्य अनुसन्धान निर्देशकको अनुमतिमै गर्न सकिने व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गरेका छन् । अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल अनुगमनको व्यवस्था गर्नुपर्ने पक्षमा प्रतिपक्ष दलका सांसदहरूको संशोधन छ । प्रतिपक्ष दल नेपाली काँंग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतले पारित व्यवस्था परिमार्जनका लागि संशोधन दर्ता गरेका हुन् ।

काँंग्रेस सांसदहरू दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, रङ्गमती शाही लगायतका सांसदहरूले मुख्य अनुसन्धान निर्देशकको सट्टा अदालतको अनुमतिको व्यवस्था राख्न संशोधन दर्ता गर्नुभएको छ । यस्तै सांसद गगनकुमार थापाले पनि अदालतको अनुमतिपछि मात्र इन्टरसेप्सनको व्यवस्था हुनुपर्नेमा संशोधन दर्ता गरेका छन् ।

सांसद सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी लगायतले नेपाली नागरिकको हकमा अदालतको पूर्वस्वीकृति नलिई इन्टरसेप्सनको व्यवस्था नगर्न संशोधन दर्ता गर्नुभएको छ । सांसद मीनेन्द्र रिजाल, मीन विश्वकर्मा लगायतले पनि अदालतको अनुमतिपछि मात्र इन्टरसेप्सनको व्यवस्था गर्ने पक्षमा संशोधन दर्ता गरेका छन् ।

यस्तै सांसद बिन्दा पाण्डे, बिनाकुमारी श्रेष्ठले इन्टरसेप्सन गरिएका सूचना अन्य प्रयोजनका लागि प्रयोग भएमा वा उपलब्ध गराएमा सम्बन्धित अधिकारी र आदेश दिने प्रमुखलाई कारबाही गर्नुपर्ने व्यवस्थाका लागि संशोधन दर्ता गर्नुभएको छ । यस्तै सांसदहरू लक्ष्मणलाल कर्ण, अमृतादेवी अग्रहरि र एकवाल मियाँले सूचना सङ्कलनसम्बन्धी विशेष व्यवस्था नै खारेज गर्न संशोधन दर्ता गर्नुभएको छ । विशेष व्यवस्थामा सार्वजनिक सञ्चार सञ्जालको इन्टरसेप्सनको व्यवस्था छ ।

यस्तै विपक्षी दलका सांसदहरूले गोप्य अभियान सञ्चालनका लागि सूूत्र परिचालनसम्बन्धी प्रस्तावित व्यवस्था हटाउन संशोधन दर्ता गरेका छन् ।

केन्द्रीय निर्देशन समिति प्रधानमन्त्रीको सट्टा गृहमन्त्रीको संयोजकत्वमा बनाउन सांसदहरू सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू, दुर्गा पौडेल लगायतको संशोधन छ । पदपूर्ति तथा अवकाशसम्बन्धी व्यवस्था निजामती सेवासरह हुनुपर्ने पक्षमा सांसदहरूको संशोधन छ ।  गोरखापत्र दैनिकमा नारायण काफ्लेले समाचार लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x