×

NMB BANK
NIC ASIA

हिजो दिनभर : लकडाउन सय दिन नाघ्यो, कोरोना संक्रमितको कूल संख्या १४ हजार नाघ्यो, एकैदिन १ हजारभन्दा बढी डिस्चार्ज

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनका सय दिन, काेराेना संक्रमितकाे संख्या १४ हजार नाघ्यो
नेपालमा काेराेना भाइरस संक्रमण राेकथामका लागि जारी गरिएकाे लकडाउन एक सय दिन पुगेकाे छ। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेकाेमा पछिल्लाे पटक बढाएर साउन ७ गतेसम्म लम्बयाएकाे छ।

Muktinath Bank

तर कोरोना संक्रमितकाे संख्या झनझन बढिरहेका छन्। बुधबारसम्म संक्रमितको संख्या १४ हजार ४६  पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisment
Nabil box
Kumari

संक्रमितमध्ये  ४ हजार ६५६ जना डिस्चार्ज भएको जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

डिस्चार्ज हुनेको संख्यामा एकैदिन १ हजार ४६२ थपियो, ४ हजार ६५६ जना घर फिर्ता
नेपालमा अस्तालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या एकैदिन १ हजार ४ सय ६२ थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएको जानकारी गराएको हो ।

डिस्चार्ज भएकामध्ये एक हजार जनाको विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितको कुल संख्या भने १४ हजार ०४६ पुगेको छ । बुधवार थप ४ सय ८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

मृतकको संख्या भने ३० पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।

नेपाल आयल निगमले मंगलबार मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको थियो।

बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

‘कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसंघले घोर भत्र्सना गरेको जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x