×

NMB BANK
NIC ASIA

संसद् अधिवेशन अन्त्यका लागि सभामुखसँग भएन परामर्श, सोमवारका लागि लामै थियो कार्यसूची !

असार १८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

संसद्को अधिवेशन अन्त्य गर्नुअघि सभामुखसँग परामर्श गर्ने परम्परा रहेपनि सरकारले संसद्सँग परामर्श नै नगरी संसद्को अधिवेशन अन्त्य गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको उपस्थितिमा कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल गरेर अधिवेशन अन्त्य गर्ने विगतको प्रचलन रहेको सचिवालयका अधिकारीहरू बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुखसँगको परामर्शमा अधिवेशन अन्त्य गरिने र बैठकको अन्त्यमा सभामुखले अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने प्रचलन थियो । ‘सभामुखसँग परामर्श गरेर अधिवेशन अन्त्य गर्ने र अन्तिम दिनको बैठकमा सभामुखले अधिवेशन अवधिभर भएका गतिविधि पढेर सुनाउने प्रचलन थियो,’ सचिवालयका एक अधिकारीले भने । 


Advertisment
Nabil box
Kumari

बिहीवार सरकारले अधिवेशन अन्त्य गर्दा सभामुख अग्नि सापकोटासँग कुनै छलफल र परामर्श नभएको स्रोतले बतायो । 

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको थियो । 

२२ गतेको बैठकका लागि बुधवारका लागि तय भएकै कार्यसूची बनाउने सचिवालयको आन्तरिक तयारी थियो । बुधवारका लागि बनाएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेलगायत ७ वटा विषय थिए । 

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यको निर्णय गरिरहँदा संसद् भवनमा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो । संसद्को अधिवेशन वैशाख २६ गते शुरू भएको थियो ।

सरकारका नीति तथा कार्यक्रम पारित भएको संसद्को यही अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x