हाम्रा कमरेडहरूलाई दुईतिहाइ नपचेजस्तो छ– बाबुराम

फाइल फोटो

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपालाई करीब दुईतिहाइको सरकार नपचेको टिप्पणी गरेका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला बाबुरामले ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।


Advertisement

बाबुरामले ट्वीटमा लेखेका छन्–

'कुनै–कुनै प्रणीलाई घ्यु पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुईतिहाइ करीब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद् र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !'


Advertisement

हेर्नुहोस्, बाबुरामको ट्वीट :

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्